धरानं । नेपालमा तेक्वान्दो खेल पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ । आत्मरक्षा, अनुशासन र अन्तर्राष्टिूय प्रतिस्पर्धामा सहभागिताको अवसरका कारण विशेषगरी बालबालिका र युवामाझ यो खेलप्रति आकर्षण बढ्दो देखिएको हो । नेपालमा तेक्वान्दोको औपचारिक सुरुवात सन् १९८३ बाट भएको मानिन्छ । त्यसयता नेपाल तेक्वान्दो संघको अगुवाइमा यो खेल देशभर फैलिँदै आएको छ । अहिले जिल्ला(जिल्लामा डोजाङ (प्रशिक्षण केन्द्र) सञ्चालनमा छन् भने राष्टिूय तथा अन्तर्राष्टिूय प्रतियोगितामा नेपाली खेलाडीहरूले उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन् । तेक्वान्दोको विकासमा संघ(संस्थाको सक्रियता महत्वपूर्ण देखिएको छ । नेपाल तेक्वान्दो संघ लगायतका संस्थाले नियमित रूपमा प्रतियोगिता आयोजना, प्रशिक्षक तथा रेफ्री उत्पादन र खेलाडीलाई अन्तर्राष्टिूय प्रतियोगितामा सहभागिता गराउँदै आएका छन् । साथै, निजी क्षेत्रबाट सञ्चालनमा आएका डोजाङहरूले स्थानीय तहसम्म खेल विस्तारमा टेवा पु¥याएका छन् ।

विद्यालयस्तरमा समेत तेक्वान्दो खेलप्रतिको चासो बढ्दै गएको छ । केही विद्यालयहरूले यसलाई अतिरिक्त क्रियाकलापका रूपमा समावेश गर्दै नियमित प्रशिक्षण सञ्चालन गरिरहेका छन् भने अन्तरविद्यालय प्रतियोगिताहरू पनि बढ्न थालेका छन् । अन्तर्राष्टिूय सहकार्यअन्तर्गत केही विद्यालयमा विशेष प्रशिक्षण कार्यक्रमसमेत सञ्चालनमा छन्, विद्यार्थीलाई सानैदेखि खेलप्रति आकर्षित गर्ने उद्देश्य भएपनि धरानमा भने विद्यार्थीहरुको यस खेलप्रति रुची बढ्दै गएको प्रशिक्षकहरु बताउँछन् । तेक्वान्दोको विकासमा सरकारी तथा गैरसरकारी दुवै निकायको भूमिका रहेको छ । राष्टिूय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले नीति तथा बजेटमार्फत सहयोग गरिरहेका छन् भने प्रत्यक्ष रूपमा प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा भने खेल संघहरू अग्रसर छन् ।
यद्यपि, सबै विद्यालयमा समान रूपमा पहुँच नपुग्नु, पूर्वाधारको अभाव र ग्रामीण क्षेत्रमा सीमित विस्तारजस्ता चुनौती अझै कायम छन् । सरोकारवालाहरूका अनुसार यी चुनौती समाधान गर्न सकेमा तेक्वान्दो खेललाई अझ व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्न सकिने सम्भवना धेरै रहेको छ ।
