सुनसरीमा भन्सार छली ल्याइएको लाखौँको कपडा बरामद

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा प्रहरीले भन्सार छली गरी ल्याइएको लाखौँ रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । देवानगंज गाउँपालिका–४, मुसहरी टोल क्षेत्रमा प्रहरी चौकी कप्तानगंज बाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ एक व्यक्ति भारतबाट अवैध रूपमा सामान ल्याउँदै गर्दा बोरा फालेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद अवस्थामा फालिएको बोरा खोली जाँच गर्दा अन्दाजी रु. ४६ हजार ४ सय बराबरको लत्ताकपडा फेला परेको हो । उक्त सामान नियन्त्रणमा लिई हाल प्रहरी चौकी कप्तानगंजमा राखिएको छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया