समाजको अध्यक्षमा सञ्जिव निर्वाचित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार भएको कर्मचारी कल्याण समाजको निर्वाचनको अध्यक्षमा सञ्जिवकुमार कर्ण निर्वाचित हुनुभएको छ । कर्मचारीहरूको पेशागत संगठनको रूपमा रहेको समाजको अध्यक्षमा निर्वाचित कर्णले ६५४ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्वन्द्वी अविरमान राईले ६२२ मत प्राप्त गर्नु भएको थियो । समाजको १३ सदस्यीय कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा श्याम सुन्दर मेहताले ५ सय मत ल्याई विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी हेमबहादुर बस्नेतले २६०, रमेश कुमार खतिवडाले ४७० र पूर्ण बहादुर श्रेष्ठले ७८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा पञ्चमाया ताम्लीले ४७० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी प्रशासनिक कर्मचारीका प्रत्यासी केदरबहादुर सुअली मगरले २२८, युवराज बजगाईले ३८० मत, नन्दकिशोर मण्डलले १६२ मत प्राप्त गर्नुभएको थियो । उता परामेडिसिन कर्मचारीतर्फबाट उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठले ५८६ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी उदय सिंहले ३६४, कुसेश्वर दासले २२८ मत प्राप्त गर्नुभएको थियो ।

कुल १ हजार ५ सय ५४ मतमध्ये १ हजार ३ सय ८ मत खसेको थियो । यसैगरी महासचिवमा संगीता कुमारी चौधरीले ६१८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी युनिसा सुवेदीले ५१४, कोषाध्यक्षमा समा बस्नेतले ७ सय मत ल्याउँदा अजय कुमार साहले ५१२ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी प्रशासनिक कर्मचारीका तर्फबाट सदस्यका प्रत्यासी ३ जनामा मालती देवी उराउले ९०६, पेशलकुमार वाग्लेले ९६३, भुपध्वज बुढाथोलीले ९९० मत ल्याई विजयी हुनु भएको छ भने आमोट चन्द्र झाले ४९० मत ल्याएर पराजित हुनु भएको थियो । पारामेडिसिन कर्मचारीका तर्फबाट सदस्यका ४ जना प्रत्यासीमा तुलानाथ चौधरीले ९१६, रोहितानन्द झाले ८२३, सुनिता राईले ८५० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने सुरेन्द्रकुमार यादवले ६२१ मत ल्याई पराजित हुनु भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधान अनुसार समाजका अध्यक्ष स्वतः सिनेट सदस्य हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया