विश्व शान्ति तथा हवन पूजा सम्पन्न

धरान । बौद्ध दाहसंस्कार स्थल बौद्ध समन्वय समिति धरानको आयोजनामा तेस्रो माने मोलम छोक्पा पूर्वाञ्चलको सहजकर्ता खेरिम्पादे तेन्जिङ्ग वाइवाको अध्यक्षतामा चौथो अवतारी लामा ठुचुला रिम्पोछेको प्रमुख आतिथ्यमा चार दिने विश्व शान्तिपूजा तथा हवन सम्पन्न भएको छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि नेपालको शान्तिप्रेमी बौद्ध धर्मालम्बी तथा धर्मदर्शनप्रेमीहरूको भव्य उपस्थिति तथा सहभागितामा शान्ति पूजन तथा भवनमा रहेको थियो ।


चैत्र १ देखि ४ गतेसम्म भएको उक्त धार्मिक कार्यक्रममा वाङ अभिषेक (आशीर्वाद आदान–प्रदान) गर्नुका साथै बौद्ध गुरुहरूले बौद्ध दर्शनका प्रतिपादक बुद्ध शान्तिका अग्रदूत हुनुका साथै नेपाललाई विश्वभरि चिनाएको बताउनु भएको थियो । मुलुकलाई धार्मिक द्वन्द्वतिर धकेल्ने प्रयास भइरहेको भन्दै सहभागीहरूले बौद्ध धर्मलाई राज्यको मूल धर्म ठहर गरी सूचीकृत गर्नुपर्ने कुरामा उनीहरूले जोड दिएका थिए । कार्यक्रम व्यवस्थापन समिति मने मोलम छोक्पा पूर्वाञ्चलका संयोजक कणृ तमु (गुरुङ)का अनुसार नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भनी संविधानमा उल्लेख भएकोले विश्वशान्तिका लागि नेपाल आधारभूमि बनाउन नेपाल सरकारलाई सोही अनुरूप धार्मिक, सांस्कृतिक नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया