इरानले इराकलाई २३ वर्षपछि अमेरिकी र नाटो सेनाबाट स्वतन्त्र बनाएको छ संसारबाट अमेरिकी वर्चस्व समाप्तः इरान बन्यो ट्रम्पको काल, विश्व नयाँ युगमा प्रवेश

एजेन्सी । साम्राज्यवादी राष्ट्र अमेरिकाको संसारबाट वर्चस्व समाप्त भएको छ । अमेरिकाका सन्की राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसमक्ष घुँडा टेकेका छन् । आणविक हतियार निर्माण गरेको आरोपमा अमेरिका र इजरायलले चार हप्ता अघि इरानमाथि एकतर्फी हवाई आक्रमण गरेपछि प्रत्युत्तरमा इरानले दिएको जवाफले इजरायल विश्व नक्साबाटै गायब हुने अवस्थामा पुगेको छ भने अमेरिकाले नसोचेको परिणाम भोगेको छ । इरानको प्रत्याक्रमणबाट हताहत बनेका ट्रम्पले सोमबार इरानसँग घुँडा टेक्दै युद्ध अन्त्यको घोषणा वा सिजफायर गरे तापनि इरानका तर्फबाट त्यसलाई अस्वीकार गरिएको छ । इरानसँगको युद्ध पाँच दिनमा समाप्त गर्ने उद्घोष गरेका अमेरिकी राष्ट्रपति ट्रम्प इरानी मिसाइल आक्रमणबाट इजरायल र खाडी मुलुकमा रहेका आफ्ना बेस क्याम्प ध्वस्त भएपछि नाटो देशहरूलाई युद्धमा साथ दिन आह्वान गरे । तर कुनै पनि नाटो देशहरूले उनलाई त्यस युद्धमा साथ दिन अस्वीकार गरेपछि उनले नाटो देशहरूलाई कातरको संज्ञा दिए । इरानसँगको युद्ध अमेरिका र इजरायलको भएकाले आफूहरू साथ दिन नसक्ने घोषणा गरेपछि ट्रम्प विक्षिप्त बने । त्यसपछि ट्रम्पले होर्मुज जलडमरु बन्दरगाहलाई मुद्दा बनाए । होर्मुज जलडमरु बन्दरगाह इरानको आफ्नो बन्दरगाह हो, जहाँबाट खाडी देशका इन्धन, ग्यास एसिया, युरोप, अमेरिका लगायतका देशमा २० प्रतिशत आपूर्ति हुन्छ । ट्रम्प कहिले जापानलाई गुहार्छन्, कहिले चीनलाई गुहार्छन् त कहिले बेलायत, फ्रान्स लगायतका देशलाई गुहार्छन् । पछिल्लो पटक उनले होर्मुज जलडमरु बन्दरगाह अमेरिकालाई चाहिँदैन, चाहिनेले त्यसको सुरक्षा गर्नुपर्छ भन्नसम्म भ्याए । जबकि उक्त जलडमरुबाट अमेरिकाले सबैभन्दा बढी तेल आपूर्ति गरिरहेको छ र तेल बेचेर उसले खरबौँ आर्जन गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पको हावादारी वक्तव्य


यतिबेला राष्ट्रपति डोनाल्ड ट्रम्प नराम्रोसँग नाङ्गिएका छन् । खाडी देशहरूमा भएका अमेरिकी सैन्य बेसहरू इरानले ध्वस्त बनाएको मात्र होइन, हजारौँ अमेरिकी सैनिकहरू मारिएका छन् । सैन्य फाइटर जेटहरू ध्वस्त भएका छन् । मारिएका अमेरिकी सैनिकहरूको लास दैनिक सयौँको संख्यामा
अमेरिका पु¥याइँदा उनीहरूका आफन्तहरू शोकमा डुबेका छन् । ट्रम्पको आफ्नै देशमा चौतर्फी विरोध भएको छ । नागरिकहरू ट्रम्पका विरुद्धमा सडकमा उत्रिएका छन्, मन्त्री तथा सांसदहरूले ट्रम्पको तीखो आलोचना गरेका छन् । आफ्नै प्रमुख सल्लाहकारले ट्रम्पको नीतिको विरोध गर्दै राजीनामा दिएका छन् भने संसदमा ट्रम्पका विरुद्ध महाअभियोग लगाउनेसम्मको तयारी भएको छ । पछिल्लो पटक इरानी आक्रमणबाट आत्तिएका ट्रम्पले इरानसँगको युद्ध पूर्ण रूपमा अन्त्य गर्ने विषयमा इरानी पक्षसँग सकारात्मक बाटो खुलेको भन्दै हावादारी वक्तव्य समेत दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वको तनाव पूर्ण रूपमा समाधान गर्ने विषयमा निकै राम्रो र सकारात्मक वार्ता भएको जानकारी गराउन पाउँदा आफू खुशी भएको बताएका छन् । त्यसअघि जलडमरु बन्दरगाह खोल्न उनले २४ घण्टाको अल्टिमेटम दिएका थिए । उक्त क्षेत्र नखोले इरानका मुख्य विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए । जवाफमा इरानले युद्धको सुरुवात तिमीहरूले गरेका हौ, अन्त्य हामी गर्छौँ भन्दै विद्युत केन्द्रमा आक्रमण भए होर्मुज पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएपछि अमेरिका पछि हटेको छ ।
इराक पूर्ण रूपमा स्वतन्त्र
आजभन्दा २३ वर्ष अघि रासायनिक हतियार निर्माण गरेको भन्दै अमेरिका लगायत नाटो देशहरूले इराकका राष्ट्रपति सद्दाम हुसैनलाई फाँसी दिएपछि नाटो र अमेरिकी सेनाको बेस क्याम्प इराकमा राखिएको थियो । इराकका वर्तमान शासकहरू नाममात्रका थिए । तेल, उद्योगधन्दा, खनिज पदार्थहरूमा अमेरिकी र नाटो देशकै कब्जा थियो । तर इरानले इराकमा रहेका अमेरिकी र नाटो सैनिक बेसमा आक्रमण गरेर ध्वस्त बनाएपछि हाल इराकबाट अमेरिकी र नाटो सैनिकहरू भागेका छन् । अब इराकमा अमेरिकी र नाटो सेनाको कुनै अस्तित्व छैन । २३ वर्षपछि इराक वास्तवमै स्वतन्त्र भएको छ । यसको श्रेय इरानलाई जान्छ ।
राफेल ग्रोसीको बयान
विश्व शक्तिको पगरी गुथेको अमेरिका इरानसँगको युद्धपछि पूर्ण रूपमा नाङ्गिएको छ । अमेरिकाले आजसम्म जति पनि मुलुकमा आक्रमण गरेको छ, उसले आफ्नो भूमिबाट कहिल्यै गरेको छैन र एक्लै लडेको पनि छैन । विगतमा इराक, लिबिया, सिरिया, कम्बोडिया, अफगानिस्तानका युद्धमा उसले सधैँ अरूकै भूमि प्रयोग गरेको र नाटो देशहरूको सहयोग लिएको थियो । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का डाइरेक्टर राफेल ग्रोसीले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका छन्– कुनै पनि युद्धले इरानको परमाणु महत््वाकांक्षालाई पूर्ण रूपमा नष्ट गर्न सक्दैन । हुन सक्छ, सैन्य कारबाहीले इरानको परमाणु ढाँचामा केही नोक्सान पु¥यायो होला, तर उसका परमाणु क्षमता र लक्ष्यमा कुनै आँच आउँदैन । वर्तमानको युद्धले उसका परमाणु कार्यक्रमलाई केही पछाडि धकेल्यो होला । उनले चेतावनी दिँदै भनेका छन्– यो मुद्दाको दीर्घकालीन समाधान कूटनीतिक वार्ता नै हो । इरानसँग ६० प्रतिशत समृद्ध युरेनियम भण्डार छ, जसबाट परमाणु हतियार बनाउन सकिन्छ । युद्धपछि पनि यी संवेदनशील सामग्री इरानसँगै रहनेछन् ।
विश्व नेताहरूलाई आह्वान
प्यालेस्टिनीहरूको भूमि हडपेर मध्यपूर्वका देशलाई नियन्त्रण गर्न खडा गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायललाई साथ दिन विश्वका नेताहरूलाई आह्वान गरेका छन् । तर उनलाई साथ दिन कोही अगाडि सरेका छैनन् । यो इजरायलको मामिला हो । विगतमा लाखौँ प्यालेस्टिनी बालबालिका र वृद्धहरूको क्रूरतापूर्वक हत्या गरेको परिणामस्वरूप आज इजरायलले भोगिरहेको छ । आज उसको राजधानी जेरुसेलम, हाइफा, तेल अभिभ जलेका मात्र छैनन्, सैन्य संरचना, आणविक भट्टी, रिफाइनरी सेन्टर सबै ध्वस्त भएका छन् ।

तपाईको प्रतिक्रिया