धरानमा राष्ट्रिय झण्डा दिवस

धरान । हिजो पौष १ गते देशका विभिन्न स्थानमा झैँ धरानमा पनि राष्ट्रिय झण्डा दिवस भव्यताका साथ मनाइएको छ । लोकतन्त्रको स्थापना पश्चात् राजनीतिक दलहरूले पौष १ गतेलाई कालो दिनको रूपमा व्याख्या गरी आम जनमानसमा भ्रम सिर्जना गर्दै सत्ता आरोहण र अकुत अर्थको माध्यम बनाउँदै आएपछि यतिबेला उक्त भ्रमबाट नेपाली जनतामा वास्तविकता बोध भएको आयोजकले बताएका छन् ।

धरान उपमहानगरपालिकाको गेट अगाडिबाट राष्ट्रिय झण्डासहित सुरु भएको प्रभातफेरिमा सहभागीहरूले हात–हातमा राष्ट्रिय झण्डा बोकी मौलिक पहिचान झल्कने पहिरन लगाएका थिए । प्रभातफेरिमा नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका कार्यकर्ताको सहभागिता रहेको थियो । शाक्यमुनी युवा समूह धरानको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन र एकता समाज धरानको सहकार्यमा सम्पन्न प्रभातफेरि छाताचौक हुँदै भानुचौक पुगेको थियो ।

तपाईको प्रतिक्रिया