स्वदेशी तथा विदेशी ब्राण्डका न्याना लुगाका लागि गोरखामा अत्याधिक भीड

धरान । पौष तेस्रो सातादेखि कोशी प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा बढेको अत्याधिक चीसोसँगै तराईको दिनभरिको शितलहरबाट जोगिन यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा स्देशी तथा विदेशी ब्राण्डका न्याना लुगा खरिद गर्नेहरुको भीड लागेको छ ।
इटहररीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा भर्खर जन्मिएका बालबालिकादेखि १५ बर्ष मुनिका नानीहरुका लागि बाह«ै महिना भीड
रहने गरेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ विगतको तुलनामा यसपटक जाडो ढिलो शुरु भयो । पौषको तेस्रो सातादेखि अचानक मौसममा परिवर्तन आयो । तराइमा दिनभरिको शित लहर तथा पहाडी जिलहरुमा बढेको चिसोकै कारण न्याना लुगा खरिद गर्नेहरुको भीड लागेको हुनुपर्छ । चिसोका
कारण बृद्धबृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकोले ग्राहकहरुले पनि त्यसै अनुरुप न्याना कपडा खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार कपडा तथा इलेक्ट्रोनिक्स समानमा ग्राहकहरुका भीड देखिएको छ । उदयपुरको ठोक्सिलाबाट आएकी कमला दनुवारले भनिन् गोरखा डिपार्टमेन्ट स्टोरमा आएपछि म त अल्मलिन्छु । तीन बर्ष मलेसिया बसेर आएका सुशिल दनुवार श्रीमानसँगै आएका उनी पाँचै तलामा कपडा छान्नमै व्यस्त थिइन् । बजार मूल्य भन्दा धेरै सस्तोमा कपडाहरु पाइँदो रहेछ, दनुवारले भनिन् । घरमा चार बर्षको छोरीको लागि, आफ्नो लागि र श्रीमानको लागि विदेशी ब्राण्डका जम्पर, शुरुवाल, आफ्ना लागि लङकोट र छोराछोरीका लागि न्याना ज्याकेट गरिद गरिसकेको उनले सुनाइन् । पछिल्ला दिनहरुमा बजारमा मन्दी आउँदा साना व्यवसायीहरु पलायनको श्रृंखला नै चलेको छ । इटहरीमा मात्र दर्जनौ सटरहरु बन्द गरेर बर्षौदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु धमाधम वैदेशिक रोजगारमा जान थालेका छन् । व्यवसायको अवस्था हाल कस्तो छ त भन्ने सवालमा स्टोरका प्रबन्ध निर्देशक बालराम आचार्य भन्नुहुन्छ जुन रुपमा व्यवसायले गति लिनुपर्ने थियो अझ सम्म लिन सकेको छैन । तर केही आशा जागेको छ । कोभिड १९ पश्चात व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका थिए । फेरि कोरोनाको नयाँ भेरियन्ट देखिको छ नि भन्ने सवालमा उहाँले भन्नुभयो अब राज्यले विगतमा जस्तै लकडाउन गरे पनि कोही टेर्देनन् । विगतको जस्तै अब पनि लकडाउन गर्ने हो भने स्थिति भयावह हुन्छ ।

डिपार्टमेन्ट स्टोरमा गत शुक्रबार धनकुटा मुर्तिढुंगाबाट कपडासँगै घरायसी अन्य सामान खरिद गर्न आएका विवेक श्रेष्ठले भने गोरखामा समान खरिद गर्दा आफू नठगिने कुरामा विश्वस्छ छु । यहाँबाट खरिद गरेर लगेको सामान अन्यत्र बजारमा खरिद गर्दा मूल्यमा निकै अन्तर पर्छ । बाहिरी बजारमा बार्गेनिङ्ग गरेर सामान खरिद गर्दा पनि गोरखाकै मूल्य सस्तो पर्न जान्छ । उनले आफूले खरिद गरेको सानो हिटर देखाउँदै भने यो हिटरको मूल्य विराटनगर इलेक्ट्रोनिक्स पसलहरुमा चार सयदेखि पाँच सय बढी छ । आफू विराटनगर पुगेर पनि गोरखामै आएर सामान खरिद गर्नुको मुख्य उद्देश्य सामानको गुणस्तर र मूल्यमा कमी नै उनले सुनाए । विवेक जस्ता दैनिक सयौले हिटर लगायतका सिजनल सामानहरु दैनिक खरिद गर्ने गरेको इलेक्ट्रोनिक्स डिपार्टमेन्टमा सेल्समेनको कथन छ ।
गोरखा होटलको सुविधाबाट नेपाली पाहुनामात्र नभएर भारतीय पाहुना समेत औधी सन्तुष्ट

इटहरी । पूर्वाञ्चलका ग्राहकहरुका लागि पहिलो रोजाइमा रहेको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोरले तीन बर्ष अगाडि ४२ करोडको लगानीमा सञ्चालनमा ल्याएको गोरखा होटल यतिबेला नेपाली पाहुनाका लागि मात्र नभएर भारतीय पाहुनाका लागि समेत पहिलो रोजाईमा परेको छ । तारे होटलले प्रदान गर्ने सेवा सुविधाका कारण पाहुनाहरु गोरखा होटलप्रति आकर्षित भएको गोरखा होटलका म्यानेजर राजेन्द्र आचार्यको कथन छ । होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्नुभएका आचार्यले काठमाण्डौका तारे होटल, भरतपुर, बारा लगायतका स्थानमा रहेका ख्याति प्राप्त होटलहरुमा काम गरिसक्नु भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल देशका अन्यत्र रहेका तारे होटल भन्दा कम नभएको आचार्यको कथन छ । खासगरि नेपालका दुरदराज, पहाडी जिल्लाहरु, भारतको विहार, पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, उत्तरप्रदेशका पाहुनाहरुको पहिलो रोजाइ नै गोरखा होटल बन्ने गरेको छ । अधिकांश पाहुनाहरुले फोन,इमलेबाटै कोठाहरु बुक गर्ने गरेको भ्यानेजर आचार्य बताउनुहुन्छ । उहाँका अनुसार यतिबेला असाध्यै राम्रो चलेको छ होटल । एभरेजमा ७० प्रतिशत होटलका रुमहरु बुक हुने गरेका छन् । ४२ वटा कोठमा स्टान्डर्ड, डिलक्स सुपर डिलक्स र एजुकेटिव क्लब रहेका छन् । अक्सर गरेर नेपाल र भारतकै पाहुनाहरु आउने गरेका छन् । दिल्लीका पाहुनाहरु जो यहाँ भएका औद्योगिक क्षेत्रमा काम विशेषले आउनेहरु पनि धेरै छन् । घुम्न आउने टुरिष्ट प्रकारका पाहुनाहरु ३० प्रतिशत होलान् । अधिकांश कामको सिलसिलामा आउनेहरु छन् । इलाम, पाथिभरा, भेडेटार जानेहरु अधिकांश नेपाली हुन्छन् । भारतीय र नेपाली पाहुनाहरुले नेपाली थाली खाना नै खाने गरेका छन् । यसका अलावा इन्डियन खाना, चिकेनकरी, चिकेन मटन मसला, नान रोटी, विर्यानीहरु लिने गरेका छन् । खासगरि नेपाली थाली र इण्डियन खाना बढी रहेको छ । नर्मल्ली खाजाको रुपमा खानेले मम, चाउमिन लगायत लिन्छन् । उहाँ भन्नुहुन्छ होटल उत्साह जनक ढंगले चलेको छ । विगतमा कोभिडका कारण निराशजनक थियो । सात आठ वटा कोठा बुक हुन पनि गाह«ो थियो । कोभिडको प्रकोप कम भएपछि यतिबेला व्यवसाय राम्रोसँग चलेको छ । म्यानेजर आचार्यका अनुसार अलिकति यो क्षेत्रमा जनशक्तिको अभाव हुने गरेको छ । काठमाण्डौ वा व्यवस्थित सहरको जस्तो मेनपावर पाउन गाह«ो छ । काठमाण्डौमा छानी छानी मान्छे पाइन्छ । यहाँचाहिँ अलि गाह«ो छ । होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु दुई चार महिना काम गर्छन् त्यसपछि विदेश जान्छन् । यद्यपि, हामीसँग जनशक्तिको अभाव छैन । पाँचतारे होटलमा काम गरेका कुक, वेटरहरु गोरखा होटलमा काम गरिरहेका छन् । हामीले खाजा, खाना, रुममा क्वालटी एकदम हाइजेनिक र सर्भिस स्ट्याण्डर दिएका छौं । पहिलो पटक बाहिरबाट आउनेहरुले सामान्य होटलका रुपमा बुझ्नुहुन्छ तर जब उहाँहरु आएर बस्नुहुन्छ त्यसपछि गोरखा होटल कस्तो रहेछ भन्ने कुरा थाहा पाउनुहुन्छ । एकपटक गोरखा होटलमा आएर बस्नु हुने अर्को पटक आउँदा अन्यत्र जानुहुन्न । राम्रो सर्भिस, क्वालिटी, सेवासुविधा पाएपछि उहाँहरु अत्यन्तै खुशी हुनुहुन्छ । उहाँहरु अर्थात पाहुनाहरु आएर बसेपछि भन्नुहुन्छ यतिको स्तरीय होटल पाइएला भन्ने सोचेको पनि थिइन ।
किचेनको बसाइको मज्जा नै बेग्लै : टाढाटाढाबाट स्वादिष्ट खाना, खाजा खान आउने गरेका छन्
पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ । २०८० साल जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए ।

गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ । दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।

तपाईको प्रतिक्रिया