इटहरी । पूर्वेली उपभोक्ताहरूका लागि किनमेलको सर्वाधिक रोजाइमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा उनीहरूको मागअनुसार सामान उपलब्ध गराउन धौधौ परेको छ ।मुलुकमा देखिएको आर्थिक मन्दी र विषम परिस्थितिका बाबजुद पनि गोरखा डिपार्टमेन्ट स्टोरमा उपभोक्ताहरूको भीडले गोरखाले पु¥याउँदै आएको सेवामा ग्राहकहरू सन्तुष्ट रहेको प्रबन्ध निर्देशक बलराम आचार्यको बुझाइ छ ।उहाँ भन्नुहुन्छ, ‘ग्राहकहरूको भीडमा कुनै कमी आएको छैन । विगत २७ वर्षदेखि पूर्वेली ग्राहकहरूले स्टोरमा जसरी आफ्नो आवश्यकताका सामानहरू खरिद गर्दै आउनु भएको छ, गोरखाको सेवाबाट सन्तुष्ट भएर नै उहाँहरू निरन्तर आउनु भएको मेरो बुझाइ छ ।’ उहाँले भन्नुभयो, ‘लकडाउन पश्चात् थलिएको व्यापारले अझै दिशा समात्न सकेको छैन । त्यस समयमा बैंकहरूको सावा–ब्याजले व्यवसायीलाई पलायन गराउने अवस्था आएको थियो । तर विस्तारै त्यसलाई सुधार गर्दै गएका छौं । अहिले पनि लकडाउनपूर्वको अवस्था फर्किएको छैन । मुलुकमा स्थायित्व कायम भएमा व्यवसायमा सहजता आउने थियो । यद्यपि अहिले केही सहज भएको महसुस गरेका छौं ।’ गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको कथन पनि प्रबन्ध निर्देशक आचार्यको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ, ‘गोरखाका चारवटै स्टोर यतिबेला राम्रोसँग सञ्चालन भएका छन् । मुख्य स्टोर इटहरी र अन्य शाखाहरू मोरङको विराटचोक, पथरी र झापाको दमकमा रहेका छन्, जहाँ उपभोक्ताहरूको खरिदमा उल्लेख्य भीड रहेको छ ।’

म्यानेजर गौतम भन्नुहुन्छ, ‘गोरखाका कुनै पनि शाखामा पुगेका उपभोक्ताहरू घुमफिर गर्ने, रमाइलो गर्ने वा समय व्यतीत गर्ने उद्देश्यले गएर फर्किँदैनन् । सामान खरिद गर्नकै लागि उनीहरू स्टोरमा पुग्ने गरेका छन् ।’ उहाँले भन्नुभयो, ‘गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ७ लाखभन्दा बढी सामानहरू रहेका छन् । खाद्यान्नदेखि स्वदेश तथा विदेशका हरेक सामान उपलब्ध छन् ।’ म्यानेजर गौतमका अनुसार, “गोरखा डिपार्टमेन्ट स्टोरमा आएका कुनै पनि ग्राहकले आजसम्म खाली हात फर्कनु परेको छैन । नेपालका अन्य स्थानमा समेत नपाइने सामान गोरखामा उपलब्ध हुने भएकाले पनि उपभोक्ताको आकर्षणमा कुनै कमी आएको छैन । यसै कारणले हुन सक्छ, गोरखामा नेपालका पूर्वेली ग्राहक मात्र नभई देशका दुर्गम क्षेत्रका ग्राहकहरू समेत आउने गरेका छन् ।
उहाँका अनुसार, यतिमात्र नभई भारतको बिहार, पश्चिम बंगालको सिलिगुडी, दार्जिलिङ, मिरिक, सिक्किमको गान्तोक, आसामको डिमापुर र पूर्वोत्तर राज्य मणिपुरसम्मका ग्राहकहरू पनि आउने गरेका छन् । ‘एक पटक गोरखामा सामान खरिद गरेका ग्राहकहरू बारम्बार आउनुले उनीहरू सन्तुष्ट भएर नै आएको हुनसक्छ,’ म्यानेजर गौतमको अनुमान छ । अर्कोतर्फ, गोरखामा हरेक सामानको मूल्यमा पनि बाहिरी बजारको तुलनामा फरक रहेको छ । ‘एउटै सामानमा मूल्य अन्तर परेपछि उपभोक्ताहरू गोरखातर्फ आकर्षित भएका हुनसक्छन्,’ उहाँको बुझाइ छ ।
दूधजन्य सम्पूर्ण उत्पादन आफ्नै
गोरखा डिपार्टमेन्ट स्टोरले विगत केही बर्षदेखि दूधजन्य सम्पूर्ण उत्पादन आफै गर्दै आएको छ । सुद्ध दूधजन्य परिकारका लागि ग्राहकहरु टाढाटाढाबाट आउने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमले बताउनुभयो ।म्यानेजर गौतमले भन्नुभयो स्टोरको आफ्नै कृषि फर्म इटहरी १७ स्थित एकम्बामा रहेको छ । घ्यू, पनिर , चिज, दही सबै गाईको दूधबाट उत्पादन हुँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा यतिबेला उन्नत जातका एक सय गाईहरु रहेका छन् । केही समय अगाडि स्थानीय र बाहिरकालाई गरी १५० वटा गाईहरु विक्री गरेको थियो । आफ्नै दूधजन्य पदार्थबाट स्टोरले स्वादिष्ट मिठाई, बेकरीका आइटम उत्पादन गर्दै आएको छ ।स्टोरको कृषि फर्ममा झण्डै २ सय ५० वटा बाख्रा, खसी, बोका, रहेका छन । बोयर जातको बोकाबाट क्रस गराएर उत्पादन भएका पाठापाठीहरु यतिबेला झण्डै २ सय ५० भन्दा बढी भइसकेका छन् । उहाँले भन्नुभयो भारतको जमुना पारिका बाख्राबाट बोयरबाट क्रस गरेर उत्पादन भएका पाठापाठी हालसम्म विक्री गरिएको छैन । जबसम्म पाठापाठीको संख्या एक हजार भन्दा बढी हुँदैन तबसम्म विक्री वितरण गर्ने योजना नरहेको म्यानेजर गौतमले बताउनुभयो ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
स्वदेशी तथा विदेशी ब्राण्डका न्याना लुगाका लागि गोरखामा अत्याधिक भीड

इटहररीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा भर्खर जन्मिएका बालबालिकादेखि १५ बर्ष मुनिका नानीहरुका लागि बाह«ै महिना भीड रहने गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ चिसोका कारण बृद्धबृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकोले ग्राहकहरुले पनि त्यसै अनुरुप न्याना कपडा खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार कपडा तथा इलेक्ट्रोनिक्स समानमा ग्राहकहरुका भीड देखिएको
छ । उदयपुरको ठोक्सिलाबाट आएकी कमला दनुवारले भनिन् गोरखा डिपार्टमेन्ट स्टोरमा आएपछि म त अल्मलिन्छु । तीन बर्ष मलेसिया बसेर आएका सुशिल दनुवार श्रीमानसँगै आएका उनी पाँचै तलामा कपडा छान्नमै व्यस्त थिइन् । बजार मूल्य भन्दा धेरै सस्तोमा कपडाहरु पाइँदो रहेछ, दनुवारले भनिन् । घरमा चार बर्षको छोरीको लागि, आफ्नो लागि र श्रीमानको लागि विदेशी ब्राण्डका जम्पर, शुरुवाल, आफ्ना लागि लङकोट र छोराछोरीका लागि न्याना ज्याकेट गरिद गरिसकेको उनले सुनाइन् । पछिल्ला दिनहरुमा बजारमा मन्दी आउँदा साना व्यवसायीहरु पलायनको श्रृंखला नै चलेको छ । इटहरीमा मात्र दर्जनौ सटरहरु बन्द गरेर बर्षौदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु धमाधम वैदेशिक रोजगारमा जान थालेका छन् । व्यवसायको अवस्था हाल कस्तो छ त भन्ने सवालमा स्टोरका प्रबन्ध निर्देशक बालराम आचार्य भन्नुहुन्छ जुन रुपमा व्यवसायले गति लिनुपर्ने थियो अझ सम्म लिन सकेको छैन । तर केही आशा जागेको छ । कोभिड १९ पश्चात व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेका थिए । फेरि कोरोनाको नयाँ भेरियन्ट देखिको छ नि भन्ने सवालमा उहाँले भन्नुभयो अब राज्यले विगतमा जस्तै लकडाउन गरे पनि कोही टेर्देनन् । विगतको जस्तै अब पनि लकडाउन गर्ने हो भने स्थिति भयावह हुन्छ । डिपार्टमेन्ट स्टोरमा गत शुक्रबार धनकुटा मुर्तिढुंगाबाट कपडासँगै घरायसी अन्य सामान खरिद गर्न आएका विवेक श्रेष्ठले भने गोरखामा समान खरिद गर्दा आफू नठगिने कुरामा विश्वस्छ छु । यहाँबाट खरिद गरेर लगेको सामान अन्यत्र बजारमा खरिद गर्दा मूल्यमा निकै अन्तर पर्छ । बाहिरी बजारमा बार्गेनिङ्ग गरेर सामान खरिद गर्दा पनि गोरखाकै मूल्य सस्तो पर्न जान्छ । उनले आफूले खरिद गरेको सानो हिटर देखाउँदै भने यो हिटरको मूल्य विराटनगर इलेक्ट्रोनिक्स पसलहरुमा चार सयदेखि पाँच सय बढी छ । आफू विराटनगर पुगेर पनि गोरखामै आएर सामान खरिद गर्नुको मुख्य उद्देश्य सामानको गुणस्तर र मूल्यमा कमी नै उनले सुनाए । विवेक जस्ता दैनिक सयौले हिटर लगायतका सिजनल सामानहरु दैनिक खरिद गर्ने गरेको इलेक्ट्रोनिक्स डिपार्टमेन्टमा सेल्समेनको कथन छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ झुका,दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
