बाँदर आतंकले धरानेहरु आजित : समस्या समाधान हुन सकेन

धरान । धरानमा बादर आतंंक चरम उत्कर्षमा पुगेको छ । बादरले सर्वसाधारणलाई दुःख दिने मात्र हैन आक्रमण समेत गरेर घाइते बनाएपछि धरानबासी अहिले बादरबाट त्रसित छन् । बाँदरको समस्याको धरानका केही वडाका स्थानीयहरु बसाइसर्ने मनसायमा समेत पुगिसकेका छन् ।
यो समस्या धरान उपमहानगरपालिकामा भएको दल र उपमहानगरपालिकाबीच भएको छलफलमा समेत मुख्य एजेण्डामा छलफल भएको थियो । सो बेला बांदर आतंकले धरानेहरु आजीत भएकोले समस्या समाधानमा सबै मिलेर पहल गर्नुपर्नेमा नेपाली काग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले जोडदार कुरा उठाउनु भएको थियो ।

बादरको उप्रदो नौलो होइन तर बाँदरले टोक्ने र झम्झिने गरेपछि अहिले बाँदरको त्रास धरानमा बढ्दै गएको छ । विशेष गरी यो आतंकबाट धरान १, २, ३, १२ वडाका बासिन्दा बढी प्रभावित बनेका छन् । धरान १ की गंगा राईले भान्सामै आएर आफूलाई बाँदरले टोकेको बताउनुभयो । घरमा आएर आक्रमण गर्ने मात्र हैन बाँदरले विहान मर्निङवाक गर्नेहरुलाई समेत आक्रमण गर्ने गर्छ । विजुलीको तार चुडाउने, पकाएको खाना खाइदिने, भाडा फालिदिनेदेखि लिएरे विहान मर्निङ वाक हिड्नेहरु माथि समेत आक्रमण हुने गरेको धरान ३ का अनिल मास्के बताउनुहुन्छ । यस विषयमा उपमहानगरपालिकामा व्यापक छलफल भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बाँदर व्यवस्थापनका बाँदरलाई बजार पस्नबाट रोक्न वन जंगलमा फलफूल रोप्ने कामलाई अगाडि बढाए पनि व्यवस्थापन नभएको भन्दै बाँदरको व्यवस्थानमा उपमहानगरपालिकाको गम्भीर ध्यानाकषर्कण भएको बताउनुभयो । हुन त बाँदरको समस्या समाधानका निम्ति ०७२ सालमै बादर पीडित संघर्ष समिति समेत गठन भएको थियो । बाँदर व्यवस्थापनका लागि सो संघर्ष समितिले स्थानीय तह, कोशी प्रदेश सरकार तथा सघीय सरकारलाई पटक पटक ज्ञापनपत्र समेत बुझाइसकेको छ । त्यस्तै वन विभागलाई समेत ध्यानाकर्षण गराइसकेको छ भने कोशी प्रदेशकी पूर्व सांसद सावित्री श्रेष्ठले धरानको बादर आतंकको समस्याका विषयमा संसदमै कुरा उठाउनु भएको थियो । तर जति कुरा उठाए पनि पनि अहिले धरानमा बादरको संख्या झन झन बढदै गएको छ । यसले धरानेहरुको निन्द्राहराम नै गरिदिएको छ ।

तपाईको प्रतिक्रिया