धरानमा लागू औषध क्याप्सुल र नगदसहित तीन जना पक्राउ

धरान । धरान उपमहानगरपालिका–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिक लक्ष्मण परियारको घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागू औषध र नगद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार राति करिब ९ः२० बजे गरेको खानतलासीमा घरभित्रबाट लागू औषध ट्रामाडोल २१० थान क्याप्सुल र नगद १ लाख ३ हजार फेला पारेको हो ।

लागू औषध र नगदसहित प्रहरीले घरधनी २२ वर्षीय लक्ष्मण परियार, सोही ठाउँका २६ वर्षीय सन्दिप राई, र १९ वर्षीय सन्देश गुरुङलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ

तपाईको प्रतिक्रिया