बीपीमा विश्व प्याथोलोजी डे मनाइयो

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस मनाएको छ । प्याथोलोजी विभागको आयोजनामा विश्वभर मनाइने ‘प्याथोलोजी डे’ यस वर्ष विविध कार्यक्रमका माध्यमबाट मनाएको हो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले स्वास्थ्य क्षेत्रको मेरुदण्डकै रूपमा प्याथोलोजीको भूमिका रहेको बताउनुभयो । उहाँले रोगको सही पहिचान र उपचारका लागि प्याथोलोजी अत्यावश्यक विषय भएको बताउनुभयो ।
यस विना रोग निदान सम्भव नहुने र चिकित्सकको भूमिका अधुरो रहने प्रतिष्ठानको प्यालोलोजी विभागकी प्रमुख डा.स्मृति कार्कीले बताउनुभयो । उहाँले प्याथोलोजी विभागलाई अझ प्रभावकारी र आधुनिक बनाउन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा विभागीय कार्यक्षमता, सेवा र गुणस्तर सुधारका लागि विभाग सधै क्रियाशील रहेको जनाइएको थियो । प्याथोलोजी विभागले गर्ने विभिन्न अनुसन्धानात्मक र जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तर अगाडि बढाइएको विभागीय प्रमुख डा.कार्कीको भनाई थियो । स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्याथोलोजीको योगदान निर्णायक रहेकोले प्याथोलोजी डेको इतिहास, उद्देश्य र यसको महत्वबारे विस्तृत प्रस्तुति दिइएको थियो ।

तपाईको प्रतिक्रिया