भ्रष्ट खड्का विदेश पलायन

धरान । नेपाली काँग्रेस संखुवासभाका नेता तथा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का जेनजी आन्दोलन पश्चात् विदेश पलायन भएका छन् । जेनजी आन्दोलन पश्चात् नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अन्तरिम मन्त्री मण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नु र निजको बुढानिलकण्ठस्थित घरमा आन्दोलनका क्रममा अकूत रकम भेटिएपछि भूमिगत जस्तै भएका खड्का परिवारसहित विदेश पलायन भएको उनी निकट संखुवासभाका काँग्रेस कार्यकर्ताले बताएका छन् ।

संखुवासभामा सामान्य परिवारका खड्काको काठमाण्डौको बुढानिलकण्ठमा आलिशान महल, करोडौँको गाडी, जलविद्युतमा लगानी, अरबौँको स्रोत के हो भन्ने प्रश्न उठिरहेको बेलामा सम्भावित कारवाहीबाट बच्नका लागि उनी परिवारसहित विदेश पलायन भएको आशंका गरिएको छ । राजनीतिक आडमा निजले काठमाण्डौस्थित नेपाल स्काउटको सयौँ रोपनी जग्गा अनधिकृत रुपमा कब्जा गरी लिजमा लगाएर भाडा असुल्दै आएका थिए । कुलमान घिसिङ रहँदासम्म प्राधिकरणमा दोहन गर्ने सम्भावना नदेखेपछि निजले घिसिङलाई हटाएका थिए । निज हवाई मार्गबाट भाग्न सम्भव नभएपछि स्थलमार्ग भएर रक्सौल हुँदै भागेको निकट कार्यकर्ताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया