बौद्धिक अपांंगता भएकाहरुलाई सहयोग

धरान । बौद्धिक अपांगता भएका बालबालिकाको छात्रावासमा सहयोग पुगोस् भन्ने उद्देश्यले हाल अस्ट्रेलियामा बसोबास गर्दे आएकी धरान ३ निवासी रुसीका साहीले १० वटा डस्ना र १० वटा ब्लांंकेट प्रदान गर्नुभएको छ । धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालयमा अध्ययनरत छात्रा तथा छात्रा बस्दै आएको छात्रावासमा थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले ४० हजार बराबरको सो सामाग्री वितरण गर्नुभएको हो । क्लोथ फाउन्डेशन धरानको सहयोगमा शाहीले ओढ्ने र ओछ्याउने सामाग्री वितरण गर्नुभएको हो । बौद्धिक अपागता भएकाहरुलाई लक्षित गरी यो विद्यालय ३७ बर्ष अगाडिदेखि सञ्चालनमा आएको छ । राज्यको सहयोग न्यून रहे पनि नीजि क्षेत्रबाट सहयोग निरन्तर प्राप्त हुने क्रम जारी रहेको छ । यो विद्यालयमा अहिले ७० जना विद्यार्थी अध्ययनरत छन् । दरबन्दी अनुसारको शिक्षक समेत नभएको अवस्थामा दाताहरुकै सहयोगमा शैक्षिक गतिविधि समेत हुने गरेको छ । बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई अन्य विद्यार्थी बढी हेरचाह र अध्ययनमा समेत समस्या हुने गरे पनि अन्य विद्यालयको तुलनामा यो विद्यालयलाई खासै प्राथमिकतामा राखेको पाइदैन ।

सहयोग कार्यक्रममा सहभागी धरान उपमहानगरपालिका १६ नंं वडा समितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले सुस्त मनस्थिति भएका बालबालिकालाई अन्य बालबालिकाभन्दा बढी हेरचाहका साथै पठन पाठन गर्न कठिनाईसँगै आर्थिक समस्या भएको बेला रुसीका शाही जस्ता दाताले दिएको सहयोगले ठूलो मद्धत पुग्ने बताउनुभयो । उहाँले शाहीले जन्मदिनको अवसर पारेर गरेको सहयोगले अन्यलाई पनि प्रेरणाा मिल्ने बताउदै शाहीलाई जन्मदिनको शुभकामना समेत व्यक्त गर्नुभयो । यस्तै पूर्व विद्यालयका शिक्षक तथा शिक्षाप्रेमी अर्जुन बस्नेतले रुसीका जस्ता सहयोगी मनकै कारण यो विद्यालय सञ्चालन गर्न सहयोग पुगेको बताउदै उहाँ लगायत उहाँका परिवारलाई धन्यवाद दिनुभयो । यो विद्यालय २०४४ सालमा स्थापना भएको हो । यो विद्यालयले स्थापना भएसँगै हजारौ लाखौ बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएका छन् । धरान १६ को यो विद्यालयमा लक्षित वर्गलाई सम्मानजनक शिक्षा प्रदान गर्न र शिक्षाको पहुचबाट बौद्धिक अपांगता भएकाहरु बञ्चित हुनु नपरोस् भन्ने अभिपायले सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा तीन तहका सरकारको सहयोग न्यून भएपनि नीजि क्षेत्रबाट भएको सहयोगले विद्यालय सञ्चालन गर्न सहज भएको विद्यालय सञ्चालक समितिले जनाएको छ । आगामी दिनमा समेत यस्ता सहयोगको अपेक्षा समितिले गरेको छ ।

तपाईको प्रतिक्रिया