धरान । सुनसरी उद्योग वाणिज्य संघको आषाढ ३० गते सोमबार हुने निर्वाचनमा प्यानलवाइज अध्यक्ष लगायत सदस्यका पदका लागि द्विपक्ष बीचमा तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको यस पटकको निर्वाचन विगतको भन्दा पृथक हुने मतदाता व्यवसायीहरु बताउँछन् । विगत २० बर्षदेखि उद्योग वणिज्य संघको निर्वाचनमा चल्दै आएको सिण्डिेकेट विरुद्ध व्यवसायीहरु आन्तरिक रुपमा देखिएका छन् भने अध्यक्ष पदका दुवै प्रत्यासी शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठ आÏनो जीतप्रति विश्वस्त छन् । सुनसरी उद्योग वाणिज्य संघमा कुल मतादाता संख्या २ हजार ९ सय ७ रहेका छन् । जसमा वाणिज्यतर्फ सबैभन्दा ज्यादा १ हजार ७ सय ८४, उद्योग तर्फ ९६२, एसोसिएटतर्फ १४० जना र वस्तुगततर्फ २१ जना रहेका छन् । संघको विधानत ः वाणिज्यतर्फबाट ८ जना खुल्ला र महिला आरक्षित एक जना निर्वाचित हुनेछन् । यसैगरि उद्योगतर्फबाट ४ जना खुल्ला र १ जना महिला आरक्षित, एसोसिएट तर्फ तीन जना खुल्ला र वस्तुगततर्फ २ जना खुल्लाबाट निर्वाचित हुने प्रावधान रहेको छ । निर्वाचन आयुक्त राजेन्द्र शर्माका अनुसार वाणिज्यतर्फ १५ जना प्रत्यासी रहनु भएको छ । जसमा राजेश कुमार अग्रवाल, किशन मास्के, शशी साह, जयप्रकाश शर्मा, विवेक अग्रवाल, अमित अग्रहरि, नविन राज राजभण्डारी, शैलेशकुमार आचार्य प्रमोद, रामस्वरुप शर्मा, अर्जुन श्रेष्ठ, सागर प्रसाई, उपेन्द्र चाम्लिङ्ग, सीताराम आचार्य, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी र महिला आरक्षणतर्फ ममता शाक्य, बर्षा अग्रवाल चुनावी प्रतिष्पर्धा
रहनु भएको छ । उद्योगतर्फको महिला आरक्षणमा मिना राई यस भन्दा अगाडि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने सहमतिका आधारमा उद्योगतर्फ नारायण लिम्बु, नविन कुमार तामाङ र राजेश श्रेष्ठ समेत निर्विरोध निर्वाचित हुनु भएको छ । उता एसोसएटतर्फको तीन सदस्यका लागि ५ जना चुनावी प्रतिष्पर्र्धामा रहनु भएको छ । जसमा ललितकुमार अग्रवाल, मनिष अग्रवाल, अशोक जैन, राजु साह र राजेश अग्रवालबीचमा प्रतिष्पर्धा हुने देखिएको छ । यसैगरि उद्योगतर्फको खुल्ला चार प्रतिष्पर्धीमा ७ जनाले उमेद्वारी दिनु भएको छ । जसमा शिवानन्द साह, उमेशकुमार अग्रवाल, खड्गबहादुर बस्नेत, कृष्णप्रसाद पाठक, महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल रहनु भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको पूर्व सन्ध्यामा धरान साप्ताहिकले संघका साधारण सदस्य एवम् मतदाताहरुसँग प्रतिक्रिया लिएको थियो । व्यवसायी एवम् मतदाता विजय अग्रवाल भन्नुहुन्छ यस पटक सिण्डिकेट तोड्न व्यवसायीहरु सक्रिय भएका छन् । विगतमा सिण्डिकेट कार्यसमितिले व्यवसायीको हितका निम्ति कुनै काम नगरेको उहाँको धारणा थियो । उहाँले भन्नुभयो इलाका प्रहरी कार्यालयमा को डिएसपी आयो, सुनसरीमा को सिडियो आयो, को एसपी आयो, प्रदेश प्रहरी प्रमुखमा को आयो उनीहरुलाई स्वागतका निम्ति बोलायो, भोज खायो, सँगै बसेर फोटो सुट ग¥यो अनि सामाजिक सञ्जालमा पोष्ट्यायो । यो के पहुँच देखाउन खोेजेको हो ? यतिमात्र होइन आÏनै विशेष कामले बाहिर जाँदा होटलमा बसेको, प्लेन टिकटको रकम संघबाट लिने सम्मका कामले व्यवसायिको हित गर्छ ?


यसैगरि संघका पूर्व कर संयोजक समेत रहिसक्नु भएका मानिकचन्द सुराणा भन्नुहुन्छ अब सिण्डिकेटे नेतृत्व व्यवसायीको हितका लागि परिवर्तन गर्नुको विकल्प छैन । उद्योग वाणिज्य संघ कसैको बपौति होइन । यसपटक म अध्यक्ष, अर्काे पटक तँ भन्ने नै हुँदैन । संस्था चलाउन सक्ने दक्ष, अनुभवि व्यक्ति आउनुपर्छ जसले व्यवसायीलाई अप्ठेरो पर्दा हरतरहले सहयोग गर्न सकोस् । यी त प्रतिनिधि पात्रमात्र हुन् । विगतका उद्योग वाणिज्य संघको नेतृत्वबाट धरानका व्यवसायीहरु सन्तुष्ट देखिदैनन् । अधिकांशको एउटै मत छ अब नेतृत्व परिवर्तन गर्ने बेला भयो ।
