धरान । विगत तीन महिनादेखि रिक्त पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा आवदन दिएका ५४ जना एघारौ तहका योग्य प्राध्यापकहरु मध्ये १० जनाको नाम सर्ट लिष्टमा परेको छ । स्वास्य मन्त्रालय स्रोतका अनुसार भिसी नियुक्तिका लागि असार ४ गते सात दिनको समय सीमा तोकेर आवहान गरिएको आवेदनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्र १४ जनाको आवेदन परेको थियो । त्यसरी ओवेदन दिनेहरुमा प्रतिष्ठानको स्थापनाकालदेखि नै सेवारत पूर्व निमित्त उपकुलपति हाल सेवा निवृत्त बरिष्ट काडिायोलाजिष्ट प्रा.डा प्रहलाद कार्की, प्रा.डा विक्रम श्रेष्ठ, प्रा.डा संगीता भण्डारी, केही समय अगाडि स्वस्थ्य मन्त्रालयको सचिवबाट सेवा निवृत्त डा. रोशन पोख्रेल, प्रा.डा गौरीशंकर साह, बरिष्ट अर्थोपेडिक्स प्रा.डा. पशुपति चौधरी, डा. ज्ञानेन्द्र गिरी, प्रा.डा. कृष्णकुमार राई, प्रा.डा रोहित प्रसाद यादव, प्रा.डा विष्णु प्रसाद शर्मा, प्रा.डा. सञ्जिव कुमार शर्मा, डा. रमेशराज कोइराला, डा. लक्ष्मी नारायण सिंह र डा. अरुणकुमार सिंह रहनु भएको छ । यसरी आवेदन दिएकामध्ये प्रतिष्ठानको उपकुलपतिकालागि तीन जनाको नाम सर्टलिष्टमा परेको मन्त्रालय स्रोतले जनाए पनि को को रहेका छन् भन्ने सम्बन्धमा उल्लेख गर्न चाहेन ।



उपकुलपतिको नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड्यालको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको छ । जसका सदस्यमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य शाखा हेर्नु हुने डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा रहनु भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्री प्रदिप पौड्याल अस्वस्थ भई बीर उपचार गराई रहनु भएकोले केही ढिलाई भएको हो । प्रतिष्ठानको सर्टलिष्टमा परेका तीन जनामध्ये एक जनाको नियुक्ति सम्भवत यसै साताभित्र हुन सक्ने बताइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेसँगै आवेदनकर्ताहरुसँग केही राजनैतिक विचौलयाहरु आफ्नो पहुँचको दुहाई दिँदै बार्गेनिङ्गमा लागेको उपकुलपतिमा आवेदन दिनुभएका एक प्राध्यापकले जानकारी दिनुभयो । विगतमा समत यस प्रकारको धन्दा भने नभएको होइन, अझ प्रतिष्ठानका विवादित एवम् नक्कली प्राध्यापक डा. ज्ञानेन्द्र गिरी प्रतिष्ठानको उपकुलपति आफू नै बन्ने यसका लाग आर्थिक स्रोत जुटाउनु पर्ने भएको भन्दै मेडिकल माफियाहरुबाट रकम संकलन गर्दै गरेको औषधि सप्लायर्सका एक अधिकृुत व्यवसायीले धरान साप्ताहिकललाई नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् । उनले भने यसपटक पनि विगतकै प्रक्रिया दोहोरिने देखिदैछ । विगतमा प्रतिष्ठानको हितमा काम गर्ने भन्दा पनि रकम बोलकबोलबाट उपकुलपति नियुक्ति हुने गरेको थियो । उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाको आवेदन परेको छ । असार ४ गते सूचना प्रकाशित भएपछि तोकिएको समयसीमाभित्र आवेदकले आवेदन खाम, खामबन्दीमा आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा डा.दिपक थापा मगर, डा. दिपेन्द्र रमण सिंह, डा. लक्ष्मी नारायण सिंह, डा. सिर्जना श्रेष्ठ, प्रा.डा गहनाथ बराल, प्रा.डा पवनकुमार शर्मा, प्रा.डा प्रहलाद कार्की, प्राडा. विष्णुप्रसाद शर्मा, प्रा.डा. बुद्धिप्रसाद पौड्याल, प्रा.डा. संगीता सिह भण्डारी रहनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानामा समेत तीन जनाको नाम सर्ट लिष्टमा परेको मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १४ जनाले आवेदन दिनु भएको छ । त्यसरी आवेदन दिनेहरुमा डा. उत्सव चापागाई, डा. एलिना श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवनजंग रायमाझी, डा. लक्ष्मीनारायण सिंह, डा. श्रीकृष्ण गिरी, डा. सूर्यमान मेन्याङ्बो, डा. प्रमोदकुमार यादव, प्रा.डा. प्रमोदकुमार खर्राफ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. विजय अर्याल, प्रा.डा. शेषनन्द सञ्जेल, सह प्रा.डा. डबलबहादुर धामी रहनु भएको छ । यसैगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. कालु शर्मा सुवेदी, डा. प्रदीप घिमिरे, डा. रमेशराज कोइराला, डा. लक्ष्मी नारायण सिह, डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा. विषुप्रसाद शर्मा, प्रा.डा. अर्जुन आचार्य, प्रा.डा. इश्वर शर्मा प्रा.डा चण्डिका पण्डित, प्रा.डा. दिपकराज पौड्याल, प्रा.डा. विधान निधि पौड्याल, प्रा.डा. राकेशकुमार बर्मा, प्रा.डा. राजेश अधिकारी रहनु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवदेन दिएकाहरु मध्ये दुई दुई जना सर्टलिष्टटमा परेको स्वास्थ्य मन्त्रालयल स्रातले जानकारी दिएको छ ।
