यतिबेला मुलुकमा लोकतन्त्र गणतन्त्रको मलामीको संख्या कूल जनसंख्याको ९५ प्रतिशत देखिएको छ । विगत ३५ बर्षदेखि लोकतन्त्र र १८ बर्षदेखि गणतन्त्रको नाममा आलोपालो लुट मच्चाउनेहरुहरुको अवसान निकट भएरै होला उनीहरुको अन्तिम बर्बराहट गुञ्जिन थालेको छ । छलकपट, ढाँट, छलछाम, झुट, लुट, हत्या, आतंक, निषेध, आस्थाको आधारमा चरम निरंकुशता चरित्र देखाउने, म नै राज्य हुँ भन्ने मनोगत भास्य स्थापित गर्ने प्रवृत्ति नेपाली जनताले यत्तिका बर्ष झेल्दै र सहँदै आएका थिए । अब यस्ता प्रवृत्तिको विरुद्धमा नेपाली जनता जागिसकेका छन् । अति गर्नु अत्याचार नगर्नु भन्ने लोक मान्यताको वर्तमान कथित शासकहरुले कहिल्यै बुझ्न सकेनन् । कुनै पनि देशको शासन व्यवस्था नागरिकको सन्तुष्टिमा टिकाउ र दीगो हुन्छ । नागरिकले राज्यलाई कर तिरेका हुन्छन् । राज्यले व्यवस्थित ढंगले उनीहरुलाई आधारभूत आवश्यकता गाँस, बास, कपास, रोजगार, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ । तर वर्तमान शासक नागरिकका यी यावत आधारभूत आवश्यकता पूरा गनुको सट्टा दबाउन, झुटा मुद्धा लगाएर जेल हाल्ने, आफ्ना पालित पोषित मुसदण्डेहरुबाट आतंक मच्चाउने गतिविधिसँगै परिवारको व्यवस्थानका लागि लुट धन्दामा संलग्न भयो । यसको ज्वलन्त उदाहरण एनसेल काण्ड, टेरामक्स काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, स्काउट जग्गा काण्ड, बाइडबडी काण्ड, ३३ केजी सुन काण्ड, गिरिबन्धु काण्ड, ललिता निवास काण्ड, गोकर्ण रिसार्ट काण्ड, पतञ्जली योग जग्गा काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, चेजएयर काण्ड, धनगडी जग्गा प्रकरण काण्ड लगायत दर्जनौ काण्डबाट खरबौ लुट मच्चाएका छन् । विगतमा एउटा चुरोट र चप्पल किन्न नसक्ने हैसियत भएकाहरु यो अवधिमा खर्बपति बनेका छन् । सैयोको संख्यामा आफ्ना लागि मुसदण्ड पालेका छन् । आखिरी यो सबै कहाँबाट अयोा ? न तिनका व्यापार छ्, न कुनै उद्यम गरेका छन्, न तिनको पुर्र्खाैली जायजेथा थियो । यतिमात्र होइन यता अन्य कैयौ काण्डहरुमा यिनीहरु संलग्न रहेका छन् । आफ्ना नागरिकहरुले रोजगारका लागि विदेशिनु नपरोस भनेर खोलेका (राजाहरुले) दर्जनौ उद्योगहरु नीजिकरणको नाममा खरबौको सम्पत्ति बेचेर कुम्ल्याएका छन् । बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, कृषि सामाग्री संस्थान, वीरगञ्ज चिनी उद्योग, हेटौडा सिमेण्ट उद्योग, हेटौडा कपडा उद्योग, हिमाल सिमेण्ट कारखाना, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग, ट्रली बस, विराटनगर जुटमिल, चुनढुंगा कारखाना, हेटौडा काठमाण्डौ रोपवे लगायत बेचेर र बन्द गराएर युवाहरुलाई परिवार पाल्न विदेशिन बाध्य बनाएका छन् । लोकतन्त्र र गणतन्त्रमा यिनीहरुले स्मरणीयोग्य कुनै काम गर्न सकेनन् । आजको आम नागरिकको आक्रोस यो पनि हो । अब असहय आएको छ । आपराधिक गतिविधि गरेर वा नागरिकको हत्या, लुटपाट, आतंक मच्चाएर त्यसलाई राजनैतिक आवरणको खोल ओढाएर सुरक्षित रहँदै आएका शासकहरु प्रहरी प्रशासनको संरक्षणमा धेरै दिन सुरक्षित रहन सक्दैनन् । बेलैमा सुरक्षित अवतरणका लागि सद्बुद्धि नआए अवशान निश्चित छ । जनता जागिसकेका छन् । युग परिवर्तनको आवाज मुलुकभरि गुञ्जिएको छ । प्रारम्भिक दिनहरुमा सम्मानित भएकाहरु आज सर्वत्र अपमानित भएका छन् । जहाँ गयो त्यही चोरको नारा लाग्न थालेको छ । एक्लै कहीँ हिड्न सक्ने अवस्था छैन । हुन त जस्तो कर्म ग¥यो यसको फल त्यस्तै पाइने हो । सत्ताको उन्मादमा सुकर्म गर्न यिनीहरुले कहिल्यै जानेनन् । आज सडकमा यिनीहरुका विरुद्ध आएका लाखौ नागरिकलाई अझ पनि आफ्ना भिजिलान्ते प्रयोग गरेर, प्रहरी परिचलन गरेर धम्क्याउने, तर्साउने, आक्रमण गर्ने कुचेष्टा गरिरहेका छन् । नागरिकको सामान्य असहमति रहँदा ११ पुस्ताको वैभव जनचाहना अनुरुप सरक्क छोडेर हिड्ने राजाको पुर्नस्थापनाका लागि सडकमा आएका नागरिकले आफ्नो विगतको गल्ति महसुस गरिसकेका छन् । धर्म, सँस्कृति, संस्कार, आफ्नोपन सबै निमिट्यान्न बनाउने वर्तमान शासकहलाई सत्ता छोड्न बडो कठिन भएको छ । घरको मायाँ त्यसलाई ुहुन्छ जसले वा जसका पूर्खाले दुःख गरेर बनाएको हुन्छ। निर्माण गरेको हुन्छ । भाडामा बस्नेलाई अर्काका दुःखले सिर्जना गरेको घरको मायाँ हुँदैन । वर्तमान शासक र राजसंस्थाबीचमा यही फरक छ ।
