सक्षम महिला समूहका महिलाहरु ठगिएको भन्दै कारबाहीको माग गरे

धरान । ऋण लिएको रकम पटक पटक तिर्दा पनि नसकिएको र बाउन्स चेकको नाममा आफूहरुलाई कानुनी कारबाहीको धम्की दिने गिरोहलाई कारबाही गर्ने माग सक्ष्मा महिला समूह धरान ११ का महिलाहरुले सामुहिक रुपमा राखेका छन् । उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरी लिएको ऋण तिरिसक्दा पनि अझै ऋण देखाउनेमात्र हैन महिलाहरुलाई ललाइफकाई विभिन्न वैंकबाट चेक बनाउन लगाएर उल्टै बाउन्ड चेकमा फँसाएको दुखेसो पोखेका छन् । शुक्रबार महिलाहरुले सामुहिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु ठगिएको र उल्टै कानुनी झमेलामा फँसाएको विषयमा दुःखेसो पोखे । रिता श्रेष्ठ नाम गरेकी महिलाले आफ्नो पार्टनर सुधिर श्रेष्ठ (हाल निधन भइसकँेको) को भिलिभगनमा विगत आठ÷दश बर्ष अगाडि लिएको ऋण पटक पटक गरी किस्ताबन्दी तिर्दा समेत अझै ऋण बाँकी रहेको र बंैक खाता खोल्न लगाई रिता श्रेष्ठ आफैले चेक हस्ताक्षर गर्न लगाएर मनोमनी रकम निकासाका लागि रकम उल्लेख गरेर वाउन्डचेकमा फँसाएको आरोप उनीहरुको छ । उनीहरुले ३६ प्रतिशत भन्दा बढी व्याज असुल गर्ने, एक लाख रुपैया ऋण माग्दा ६० हजार रुपैया उपलब्ध गराउने, ऋण लिएको ६० हजार १० लाख रकम पुगेको भन्दै हैरानी बनाउने, बैंक खाता खोल्दा लिएको चेक क्याप्चर गर्ने लगायतका कामहरु रिता श्रेष्ठ र सुधिर श्रेष्ठको मिलेमतोमा हुदा आफूहरुले हैरानी व्यहोर्नुपरेको उनीहरुको भनाई छ । सुधिर श्रेष्ठको निधन भए पछि पनि अहिले उहाँकी साझेदार भनिने बबिता भनिने रीता श्रेष्ठले महिलाहरुलाई धैरै ठगेर फर्जी वाउन्स चेक बनाएर दुःख दिने काम गरिरहेको उनीहरुको भनाई छ ।

२०७५ सालदेखि नै यो धन्दामा श्रेष्ठद्वय लागेको र आफ्नो घरजग्गा धितो राखेर दिएको पैसा समेत खाइदिएको गुनासो उनीहरुको छ । सयकडा ३ रुपैया व्याजले दिने भनेपछि आफूले राजेन्द्र गोले भन्ने व्यक्तिसँग ७ लाख रुपैया दिए पनि एक बर्षसम्म ३ रुपैया व्याजले २१ ह्जार रुपैया तिरे पनि नतिरेको पीडित पदमकुमारी लिम्बुले बताउनुभयो । उहाँले त्यतिमात्र हैन सुन राखेर दिएको पैसा समेत अहिलेसम्म फिर्ता नदिएको बताउनुभयो । यतिमात्र हैन बैंक खाता आफै खोल्न लगाई बंैंकबाट ऋण झिक्न लगाएको तीन वटा बैंकको रकम अहिलेसम्म नतिरेर आफूलाई फसाएको बताउनुभयो । यस विषयमा कुरा गर्दा म तिर्दिन, जे गर्छस् गर भन्दै उल्टै धम्क्याउने गरेको पीडित लिम्बुले बताउनुभयो । उहाँहरुमात्र हेन सुनौलो सक्षमा महिला समूहमा आबद्ध सबै महिलाहरुलाई यसरी रकम लिएर नतिर्ने गरेको र उल्टै वाउन्स चेक बनाएर फसाउने गरेको उनीहरुले आरोप लगाएका छन् । यस्तै अर्की पीडित कुसुम विश्वकर्माले रीता श्रेष्ठ र सुधिर श्रेष्ठसँग ४ लाख रुपैया ऋण लिँदा १ लाखको १५ हजारले काटेर २ लाख ५० हजार दिएपनि पछि व्याज जोडेर उल्टै ६ लाख २० हजारको कागज गरेको पीडित विश्वकर्माले गुनासो पोख्नुभयो । उनीहरुले मात्र हैन समूहमा आवद्ध ठगिने महिला अर्पणा श्रेष्ठ, समीक्षा बस्नेत, शिला प्रधान, कौशिला लिम्बु, अम्बिका श्रेष्ठ लगायतले साझेदार सुधिर श्रेष्ठको निधन भइसक्दा पनि रीता श्रेष्ठले अहिले पनि आफूहरुलाई दुःख दिने गरेको बताएका छन् । उनीहरुले बर्षौदेखि यसरी ठगिदै आएको र रकम फिर्ता माग्दा वा ऋण लिएको रकम तिरिसक्दा पनि तिरिसकेको छैन भन्दै अनावश्यक दुःख दिने गरेको गुनासो पोख्दै आफूहरु कानुनी उपचारमा जानुपर्नेम उल्टै रिता श्रेष्ठले आफूहरुलाई वाउन्डस चेकमा फँसाएको गुनासो गरे । समक्ष महिला समूहका महिलाहरुले सामुहिक रुपमा कानुनी उपचारमा जाने समेत बताएका छन् । बबिता भनिने रीता श्रेष्ठलाई ठगीको मुद्धामा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया