हिमाली देशहरुसित अन्तर्राष्ट्रिय विग क्याट्स एलायन्स अन्तर्गत सहयोग गर्न आग्रह

धरान । भारतका केन्द्रीय पर्यवारण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवले सीमापार संरक्षण प्रयासहरुलाई बढाउने विषयमा जोड दिँदै सबै हिमाली देशहरुसित अन्तर्राष्ट्रय विग क्याट्स एलायन्स अन्तर्गत सहयोग गर्न आवहान गर्नुभएको छ । मन्त्री यादवले नेपालले काठमाण्डौमा आयोजना गरेको प्रथम सगरमाथा सम्वादको जेठ २ गतेको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कमजोर पर्वतीय पारिस्थितिक प्रणालीको सरक्षणका लागि वैश्रिक कारबाहीको लागि पाँचबुँदे् आवहान रुपरेखा प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो । सगरमाथा सम्बाद कार्यक्रममा भारत सरकारको प्रतिनिधित्व गर्नु भएका मन्त्री यादवले उद्घाटन सत्रलाई सम्बोेधन गर्दै भन्नुभयो वैश्रिक जलवायु कारबाहीप्रति भारतको अटल प्रतिबद्धता, हिमाल र अन्य पर्र्वतीय परिस्थितिक प्रणालीहरुको सुरक्षाका लागि सहयोग प्रयासहरुको आवश्यकतामा जोड दिनुभयो । उहाँले वैश्रिक जलवायु संकटलाई सम्बोधन गर्न भारत समिर्पित छ । यस ऐतिहासिक भेलामा भारतका तर्फबाट प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो । सगरमाथा नाम जसको अर्थ आकाशको शीर हो, यसले हाम्रो ग्रहको जीवनरक्त बनाउने हिमालहरुको संरक्षणमा हामी वहन गर्ने महिमा र जिम्मेवारीलाई उचित रुपमा समेटे्छ । मन्त्री यादवले सम्बाद अयाोजना गरेकोमा नेपालको प्रशंसा गर्दै भन्नुभयो भारत, आफ्नो विशाल हिमालयी क्षेत्रको साथ आफ्ना पहाडी छिमेकीहरुसँग साझा पारिस्थितिक र साँस्कृतिक सम्बन्ध साझा गर्दछ । उहाँले जोड दिँदै भन्नुभयो दक्षिण एसियाले वैश्रिक आवादीको लगभग २५ प्रतिशत भाग भए तापनि ऐतिहासिक वैश्रिक सिओन उत्सर्जनको ४ प्रतिशतमात्र ओगेटेका छ । जलबायु सकटको बोझ विकासशील राष्ट्रहरुमा असमान रुपमा परिरहेको छ, जबकि विकसित देशहरु जलबायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता निर्माणप्रति आफ्नो प्रतिबद्धता पूरा गर्नबाट टाढा छन् । उहाँले भन्नुभयो भारत र नेपाल जस्ता उच्च उचाइका पारिस्थिक प्रणालीहरुको अपार जैव विविधता मूल्य भएका छन् । सिमसार संरक्षण प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै सबै हिमाली राष्ट्रहरुलाई हिऊ चितुवा, बाघ र चितुवावस्ता प्रजातिहरुको संयुक्त
संरक्षण पहलहरुलाई समर्थन गर्न अन्तर्राष्ट्रिय विग क्याट्स एलायन्स अन्र्गत सहकार्य गर्न उहाँले आवहान गर्नुभयो । गठबन्धनले संरक्षण विशेषतालाई बढावा दिने, महत्वपूर्ण पहलहरुलाई कोष दिने र यी प्रतिष्ठित प्रजातिहरुको संरक्षणका लागि ज्ञान भण्डार सिर्जना गर्ने लक्ष्य राखेको छ ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको परियोजना हिउँ चितुवाको महत्वलाई प्रतिविम्बित गर्दै मन्त्री यादवले फरवरी २०२० मा प्रवासी प्रजातिहरुको महासन्धीको १३ औं सिओपीमा प्रधानमन्त्री नरेन्द्र मोदीले माथिल्लो हिमालयमा हिउँ चितुवा र यसको वासस्थानको संरक्षणको महत्वलाई प्रकाश पार्नु भएको थियो । सोही दृष्टिकोण अनुरुप भारतले २०१९, र २०२३ बीचमा गरिएको आफ्नो पहिलो व्यापक हिउँ चितुवा आवादी मूल्यांकन सञ्चालन गरेको छ, जसले भारतभरि कुल ७१८ हिउँ चितुवा फेला परेको छ । जसको वैश्रिक आवादीको लगभग १०–१५ प्रतिशत प्रतिनिधित्व गर्दछ । उहाँले पहाडी क्षेत्रहरुको साझा पारिस्थितिक चुनौतिहरुलाई सम्बोधन गर्न वैश्रिक कार्यको लागि पाँचबुँदे आवहान पनि गर्नुभयो । जसमा वैज्ञानिक सहयोगमा बृद्धि, अनुसन्धान सहयोगलाई सुदृढ पार्न तथा क्रियोस्फेरिकमा हुने परिवर्तन, जल विज्ञान चक्र र जैव विविधताको अनुगमन गर्ने । दोस्रोमा जलवायु लचिलोपन निर्माण गर्न ः जलवायु अनुकुलन उपाहरमा लगानी गर्ने, हिम नदीयुक्त ताल विस्फोट बाढी (जिएलओएफ) जस्ता प्रकोपहरुको लागि प्रारम्भिक चेतावनी प्रणाली तथा पहाडी क्षेत्रहरुमा जजलवायु लचिलोपन पूर्वाधारको निर्माण गर्ने । तेस्रो पहाडी समुदायहरुलाई सशक्त बनाउने ः स्थानीय समुदायहरुको कल्याण, आवश्यकता र आकांक्षा नीति निर्माणका केन्द्रमा छन् र हरियो जीवकोपार्जन र दीगो पर्यटनबाट उनीहरुले लाभ लिन सक्ने सुनिश्चित गर्ने । उनीहरुको परम्परागत ज्ञान अमूल्य स्रोत हुन् । चौथो हरियो वित्त प्रदान गर्ने ः अनुकुलन र न्यूनिकरणमा रणनीतिहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न युएनएफसीसीसी र पहाडी राष्ट्रहरुका लागि यसका पेरिस सम्झौता अनुसार पर्याप्त र अनुमानित जलवायु वित्त उपलब्ध गराउने । पाँचौ पर्वतीय दृुष्टिकोण परिचान गर्ने ः वैश्रिक जलवायु वार्ता र दीगो विकास एजेण्डामा पहाडी पारिस्थितिक प्रणालीको अद्वितीय जोखिम र योगदान उपयुक्त रुपमा प्रस्तुत गरिएको सुनिश्चित गर्ने । मन्त्री यादवले भन्नुभयो भारत आफ्नो साझा पारिस्थितिक सम्पदाको रक्षा गर्नका लागि नेपाल र सबै पर्वतीय राष्ट्रहरुसँग साझेदारी गर्नका लागि तयार छ । वसुदैव कुटुम्बकम–विश्व एक
परिवार हो । यही भावना हामीले हाम्रा पवित्र पर्वतहरु आशा र दीगोपनको प्रकाश स्तम्भको रुपमा अग्लो रहिरहने कुरा सुनिश्चित गर्नुपर्छ । उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नुभएको थियो भने कार्यक्रममा विदेशमन्त्री आरजु राणा, चीनका नेशनल पिपुल्स काँग्रेसका उपाध्यक्ष सियाओजी र सिओपी २९ का अध्यक्ष तथा अजरवैजानका पारिस्थितिक मन्त्री मुख्तार वावायेभ लगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया