धनकुटा । धनकुटाका साहित्यकारहरुले गत फागुनदेखि शुरु गरेको चियासँग कविता वाचनको १३ औं सृंखला गत शनिवार सम्पन्न भएको छ । धनकुटाको सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा भएको चियाँसँग कविता वाचनको तेह«ौ सृंखलामा दर्जनभन्दा बढी सर्जकहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । त्यसरी सिर्जना वाचन गर्नेहरुमा घनश्याम बराल, मुकुन्द प्रयास, भीम राई, रमेशचन्द्र अधिकारी, बद्रीनाथ अधिकारी, डिल्लीराम फुयाँल, कृष्ण लुइटेल, सन्देश विहानी, रञ्जिता खड्का, रेखा क्षेत्री, नेहा राई लगायत रहेका थिए भने चन्द्रकला धमला र ललित विश्वकर्माले सुमधुर संगीत पस्किएर कार्यक्रमलाई आकर्षक बनाउनु भएको थियो ।

सिर्जनामार्फत समाजलाई सुसभ्य एवम् परिवर्तित गराउने उद्देश्यका साथ धनकुटामा चियासँग कविता श्रृंखला आयोजना हुन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । चियासँग कविता श्रृंखला सुन्दा सामान्य लागे पनि यसले धनकुटाको साहित्य सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको आफूले महसुस गरेकोले साहित्यको उत्थान र विकासमा साँगुरीगढी गाउँपालिकाले हरसम्भव सहयोग गर्दै आएको र गर्ने प्रतिबद्धता व्यक्त गर्र्नुभएको थियो । सो अवसरमा रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, संघका सचिव हरिबहादुर लम्जेल, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, सहीद सरोकार समाजका अध्यक्ष तिलकप्रसाद
राईले चियाँसँग कविता कार्यक्रमले सर्जकहरुलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने चौतारी बनेको धारणा व्यक्त गर्नुभएको थियो ।
