धरानको स्मार्ट बसपार्क निर्माणको अन्तिम चरणमा

धरान । धरानको मुटु भानुचौकमा रहेको बसपार्क अत्यन्तै सागुरो हुदा दुर्घटनाको बजार क्षेत्र अस्तव्यस्तमात्र हैन, दुर्घटनाको जोखिम समेत बढ्दै जाँदा नगर गौरव आयोजना अन्तर्गत धरान ८ सुन्दर बस्तीमा बनेको स्मार्ट बसपार्कले सहजता प्रदान गर्ने भएको छ । धरानका बस पार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान ८ सुन्दर बस्तीमा बस पार्क सार्ने योजनाले अब भने मूर्त रुप लिएको छ । करिब एब विगाह सात कट्टा ओगेको सो बसपार्क अन्तिम चरणमा पुगेको छ । बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको भएको निर्माणकर्ताहरुले बताएका छन् ।

धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार संघीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो । ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ले २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताउनुभयो । ०७८ सालदेखि काम शुरु भएको यो बस पार्ककोको काम अन्तिम चरणमा पुगेको इन्जिनियर शर्माले जानकारी दिनुभयो । इन्जिनियर शर्माका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहने जानकारी दिनुभयो । हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभयो । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन् । सम्पूर्ण काम सम्पन्न गरेर आउँदो जेष्ठभित्र भवन हस्तान्तरण गरिने इन्जिनियर शर्माले बताउनुभयो । धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा बजार क्षेत्र अस्तव्यस्तसँगै दुर्घटनाको जोखिम अत्यन्तै धेरै थियो । सवारी चापका कारण टूाफिक प्रहरीलाई समेत टूाफिक व्यवस्थापनमा हुँदैआएको थियो । साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क निर्माण थालेको हो । बस पार्क सो स्थानाम स्थान्ततरण भएपछि सवारी चालक, धरानका सर्वसाधारण, यात्रु, ट्राफिक प्रहरीलाई सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया