झ्याप कि झ्याप
मुलुकाँ विजुली झ्याप कि झ्याप जान थाल्या छ । उखाने, गुखाने र सिनो खाने तैचूप मैचूप छन् । झ्याप कि झ्याप विजुली जान थालेसी’ एकथरिले कुलमानलाई सम्झन थाल्या छन् । अर्काथरिले माने उखाने,, गुखाने र सिनो खानेका झालेहरु एक तमासले उफ्रन थाल्या छन् जसले विजुली जाँदा पनि क्यै बोल्दैनन ती सच्चा गणतत्रवादी हुन् । जसले गयो भन्छ ती राजसंस्थावादी हुन् । हैट झोलेहरुलाई टाँगाको घोडाजस्तै बनाइएको रै’छ । बत्ती झ्याप कि झ्याप जान थालेसी’ उखानलले मुख खोलेछन । धेरै दिन स्विचअनमा राख्दा खिया लाग्ने डर हुन्छ त्यसैले घरि घरि स्वीच अफ ग¥या रे । नेपाल विद्युत प्राधिकरणको ठेक्का पाएका उखानेका सालो अहितेन्द्र बेग्लै चुनौति दिन्छन् लोड सेडिङ कहाँ छ र ? हैन हौ सालो अहितेन्द्रका टोड्का कामै नलाग्ने भा’ हुन् कि भेनाको आदेशलाई तामिल ग¥या हुन् ? साराले बत्ती गा’को देख्दा तर अहितेन्द्र आइरा’ देख्छन् । जे होस् प्राधिकरणमा साला भेनाको जोडीचाहिँ मिलेको छ । भगवान ने बनाया जोडी एक काना एक कोडी भन्या यही हो ।
सर्पनाथको बर्बराहट
झालमालेबाट खप्रओले जोरलात्ती बजाएपछि दुन्मुनिदै ललिता निवासे कित्ता माकुनेको शरणमा पुगेका सर्पनाथ आच्या झल्लाझलुको हिजोआज घरी घरी बर्बराहट सुन्न पाइन्छ । अकबरे ओठे झल्लाझलुले अस्तिका दिन खै त्यो के जाति भन्ने ठाममा गएर भनेछन् राजावादीहरुले संविधान कुल्चेर हिँड्या छन् रे । गाँडतन्त्रवादीरुले संविधान पूजा गरेर आजसम्म हिड्या देखिएन । संविधानका कुन धारा अन्तर्गत झलुले जनताले तिरेको करबाट ७० करोड सर्प पाल्न लिएका हुन् ? तिनको अण्डकोष सुनिनने वित्तिकैै विदेशमा उपचार गर्ने खर्च कुन संविधान अन्तर्गत लिएका हुन् ? इलामको नामसालिङ्गमा प्रसस्त कादो मकै खान नपुग्नेले राजधानीमा आलिसान महल कताबाट जोडेका हुन् ? यी सबै गणेहरुले संविधान मानेर ग¥या हुन् ? सडकमा राजसंस्था चाहियो भन्दाचाहिँ संविधानको उल्लंघन, कुल्चेको हुने । २०४७ को संविधान तिमीहरुले आफै बनाएर आफै कुल्चेका हैनौं ? वात करता है ?
व्यापारीका दिन खुले

कुलमान नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक छँदा व्यापारीहरुको कन्तविजोग भाथ्यो । कुलमानले २४ औं घण्टा बत्ती दिँदा विचराहरुको इन्भर्टर, व्याँट्री, सोलार विक्री नभएर चिउँडोमा हात राखेर बस्नु परेको थियो । तर यतबेला व्यापारीहरुको दिन खुलेको छ । ऊर्जा मन्त्री कमिशन खड्काले लोडसेडिङ हुन्छ हुन्छ भनेर संसदको रेष्ट्रममा घाँटीमा प्वाँल परुन्जेल बोलेपछि अब एकपटक व्यापारीहरुले कुस्त रुपमा व्याट्री, इन्भर्टर, सोलारबाट कमाउने भा’छन् । ऊर्जा मन्त्री कमिशन खड्काले यसको चाँजोपाँजो मिलाइसक्या छन् । व्यापारीहरुले डङ कि डङ आयात गरिरहेका छन् । बाँच र बाँच्न देउ भन्ने कुराका राम्रो अध्यन ग¥या रै’छन् कमिशन खड्काले । बत्तीमा लोडसेडिङ गरेपछि अन्धकारमै बस्नु भएन । ऋण पान, साहु, महाजन गुहारेर पनि व्याट्री, सोलार त किन्नै प¥यो । यसबाट एकातिर व्यापारीले राहत पाए अर्कोतर्फ कमिशन खड्का मन्त्रीले दह«ो कमिशन पनि बजाउने भए । जे होस् मुलुक समृद्धितर्फ अगाडि बढ्ने् भयो ।
प्राणै जाला जस्तो भयो
कथित जनयुद्धममा सर्वसाधारणले ५० रुपैयाँको घरचुहा रक्सी खाँदा भाटे कारबाही गर्ने तर आफूचाहिँ लाखौ पर्ने रक्सी खाएर महंगो रिसोर्टमा नाकको डाँडी भाँचिन्ज्याल पछारिने माओवादीका सुप्रमो प्रचण्डाउको हिजोआज प्राणै जाला जस्तो भा’छ । जनतालाई उल्लु बनाउन कहिले हुलाकी मार्ग जागरण त कहिले मध्यध पहाडी लोकमार्ग जारणको नामका हिडेका उनले अस्ति त भनेछन् झालेमालेका केपी ओलीले थांग्नामा सुताइदिए, नराम्रोसँग धोका दिए । लाउरेस र झालेमालेलाई पालैपालो खेलाएर सिहंदरबारको कुर्सीमा घुमेर वाल्वाटारमा पुगी आराम गरेर झल्झली याद आइरहेको छ । खेलाउन पनि दुई वटालाई ख्याल मज्जाले खेलाएनन् । कहिले लाउरेससँग विवाह गरेर झालेमालेसँग हनिमुन मनाएको छ, कहिले झालेमालेसँग विवाह गरेर लाउरेसँग हनिमुन मनाएको छ । एउटैलाई स्वीकारेर त बस्नै नसक्ने । लाउरेस र झालेमाले दुवै मिलेर बारीको पाटामा पुग्ने गरी जोर लात्ती बजाएसी’ यतिबेला विचरा सडकमा भट्किएका छन् । केपी ओलीले नराम्रोसँग धोका दियो भन्दै सुनाउँदैै हिडेका छन् । औकात भन्दा ठूलो पगरी गुथेका थिए आफ्नै चरित्रले चिप्लिए ।
किस्तिमा राखेर दिने रे
अस्तिका दिन नेपालका पर्धानमनमन्तरी खप्रओले बडो गज्जबको गफ हान्देछन् । अबको १४ महिनापछि पर्धानमन्तरी पद र्याले्काजीलाई किस्तिमा राखेर दिने रे । नेपालमा पर्धानमन्तरी पद साह«ै नै सस्तो भएछ । किस्तिमा राखेर दिने र लिनेले नि खप्परामा लेखेर ल्याएका रै’छन् । जाबो एउटा पियन, खरिदारको जागिर खान पनि लिखित, अन्तरवार्ता, नजराना बुझाउनुपर्छ । एसएलसी भन्दा माथिको योग्यता हुनुपर्छ । तर पर्धानमन्तरीका लागि चाहिँ केही नपर्ने रहेछ । न योग्यता चाहिने, न अन्तरवार्ता, लिखित दिनुपर्ने । औँठा छाप भए पनि हुने, गोडा आठेक पास गरको वा फेल भएको भए नि चल्ने । आलोपालो गरी खाएका छन् । आफ्ना केही थान झोलेहरुलाई अगाडि पछाडि लगाएका छन् । विरोध गर्नेलाई धम्क्याएका छन्, झुठा मुद्धा लगाएर जेल पठाएका छन् अनि गाँडतन्त्रको दुहाई दिएका छन् । खैर १४ महिनापछि खप्रओले किस्तिमा राखेर दिन्छु भन्या छन् । तर १४ महिना टिक्ने नटिक्ने उनकै टुंगो छैन । रात रहे अग्राठ पलाए भन्छन्, हेरम ।
१४ अर्बमा हान्नेदेछन्
बुढानिलकण्ठे काजी र कजिनीका छोरा जयबीरले १४ अर्बमा काठमाण्डौको हिल्टन होटल हान्देछन् । त्यत्रो विधि पैैसा तिनले कहाँबाट ल्याए भन्ने कुराको खोजविन किन कसैले नग¥या होला ? दलका झोलेहरुले गर्ने कुरै भएन । अख्तियार, सम्पत्ति सुद्धिकरण अयाोग सबै आँखा चिम्म गरेर बसेका छन् । विचरी आमाले घर बनाउन काठ सम्म पाइनन्, महंगो पर्दो रै’छ, मलेसियाबाट मगाउनु पर्दोरैछ भनेर सामाजिक सञ्जालमा दुःखेसो बुझ्या रै’छ केटाले । आखिरी आमा किसाननकी छोरी न परिन् । किसानको कोटाबाबाट संसदमा तनुवा सांसद बनेकी छन् । केटाको विरोध गर्ने धेरै झोलेहरुको मुनसुवा भएपनि विचराहरुले मुख खोल्न सक्या छैनन् । काजी कजिनीको कोपभाजनको शिकार बन्नुपर्ला भन्ने त्रास छ विचराहरुलाई । जेहोस् केटाले् कुनै व्यापार, जागिर, पुर्खौली सम्पत्ति नभए पनि १४ अर्बमा हान्देछ । छोरो होस् त जयवीर जस्तो कि कसो हौ झोलेहरु ।
मुलुक समृद्धितर्फ जादै छ रे
लाउरेसका सभापति र्याले काजीले अस्तिका दिन भन्या मुलुक समृद्धितर्फ जाँदैछ रे । र्याले काजीले मुलुक नभनेर आफ्नो परिवारचाहिँ समृद्धितर्फ जाँदै गरेको तै बरु तै पत्याइन्थ्यो । तर देशै समृद्धितर्फ जाँदैछ भनेपछि पत्याउन गाह«ै भयो । छोरा जयबीरले अरबौको जग्गा हानी रा’छन्, अरबौका होटल हानी रा’छ्न्, तनुवा श्रीमतिले अकुत आर्जन गरिराछिन् अनि र्याले काजीचाहिँ चौधमहिनापछि साँढेको राजकानी झर्ला र सिंहदबार छिरुम्ला भनेर जोखाना हेरेर बस्या छन् । काजीको परिवारमा चौतर्फी समृद्धि आको आइ छ । जनताका छोराछोरी बाँच्नकै लागि खाँडीतरि लस्कर लाग्या छन् । तै पनि काजीले मुलुक समृद्धितर्फ गा’को देखेछन् । गाँडतन्त्रमा मुलुकले कोल्टे फेर्ला भन्या त उत्तानै पो प¥यो । हुन त काजीले भनेसी’ सिद्धियो । झोलेहरुले सत्य बोल्ने आँट गुमाइसेका छन् । रुख त बाँगो छ या त मेरो गर्धन चिल्यायो या त जंगेको आँखा फुट्या हो भनेजस्तै हो र्याले काजीको मुलुक समृद्धि । कि कसो हौ ?
अन्तेमा
सबै जना भन्थे ०८२ सालमा देशमा कही कुछ हुन्छ । हुन्छ कि क्या हो ? केही कुछ हुने लक्षण त सबैतिरबाट देखिन थाल्या छ । अब हरम न गणे नेताहरु जताततै लखेटिन थाल्या छन् । अस्तिका दिन हावा गफ जोत्न माओवादीका सुप्रिमो पश्चिमतिर गाथे । जनताले चोर देश छोड भनेर नारा लगाउदै जाइ लागेछन् । धन्न प्रहरीले तिनलाई सकुशल दौडाएछन् । धर्म बेचेर मन्दिर भत्काउने, पूजारी सिध्याउने, पण्डित सफाया गर्ने, प्रचण्डाउलले डँडेलधुराको मन्दिर छिरेर पूजा गर्न खोजेछन् । त्यसपछि त के चाहिँयो ? डँडेलधुरेहरु उफ्रन्दै सडकमा आइहालेछन् । जनताले लखेटेसी हातले थुतुनो छोप्दै ्रहिडेछन् । अब कुनै पनि दलका गणेहरु निर्धक्क भएर हिड्न नसक्ने भा’छ् । जानै पर्ने भए अगाडि पछाडि अगुवा पछुवा लगाएर हिड्नुपर्ने भएको छ । जहाँ गए पनि जनताले कुनचाहिँ चोर आएछ भन्न थाल्या छन् । यतिसाह«ो व्यइज्जति सहेर बस्नु भन्दा त …..।
