भारतले आतंकवादीहरुलाई निशाना गरेको हो, युद्ध होइन

धरान । छिमेकी मित्र राष्ट® भारतको पर्यटकीय क्षेत्र जम्बु–कस्मिरको पहलगाम नजिकको वैसरण मैदानमा पाकिस्तान संरक्षित आतंककारीद्वारा अप्रिल २२ अर्थात वैसाख ९ गते मंगलबार एकजना नेपाली सहित २६ जना पर्यटकको निर्मतापूर्वक हत्या पश्चात भारतले आतंककारी विरुद्ध जारी गरेको सिन्धुर अप्रेशनलाई लिएर सामाजिक सञ्जाल लगायत नेपालका सञ्चार माध्यमहरुमा भारतीय गोरखा सैनिकहरुप्रति अफवाह फैलाएकोमा पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुले आपत्ति जनाएका छन् । उनीहरुले वैसाख २५ गते संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघमार्फत एक विज्ञप्ती प्रकाशित गरी आपत्ति जनाएका हुन् । वि.सं. २०५७ सालमा स्थापना भएको महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ वैसाख ९ गते तदनुरुप २२ अप्रिल २०२५ का दिन जम्बु कस्मिरको पहलगाम पर्यटकीय क्षेत्रमा २६ जना निर्दोष पर्यटकहरलाई अति क्रुर हत्याप्रति हामी संयुक्त भूपू महासंघ र पूर्वाञ्चल भारतीय भूपू सैनिक एवम् कर्मचारी कल्याण परिषद लगायत कोशी प्रदेशभरि छरिएर बसेका संगठित भूपू संस्थाहरु अति दुःखित तथा मर्माहत छौं । महासंघको कोशी प्रदेश अध्यक्ष विदुर थापा, महासचिव श्याम तामाङ, केन्द्रीय उपाध्यक्ष किशोर कुमार राई र बरिष्ठ सल्लाहकार भिम बहादुर चौहानद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ दुःखद् घट्नाको घोर भत्र्सना गर्दै यो आतंककारी घट्नाले हाम्रो छिमेकी देश भारत–पाकिस्तान दुई दाजुभाईहरु धमासान युद्धतिर अग्रसर हुँदैछन् । विज्ञप्तीमा भनिएको छ युद्धले विकास गर्दैन युद्धले विनास गर्दछ । हामीले देख्दा भारतले आतंकवादीहरुलाई निशाना गरेको हो र युद्ध गरेको होइन र छैन । तसर्थ भारत देशको अप्रेशन सिन्धुरप्रति हामी नेपाली भूतपूर्व सैनिकहरु पनि नैतिक समर्थन गर्दछौं । हामी भूपूहरु विश्वको कुनैपनि कुनाबाट आतंकवाद फैलाएन, गराउनको निरुत्साहित गरी भूपूहरु विश्वको कुनैपनि कुनाबाट आतंकवाद फैलाउने, गराउनेको निरुत्साहित गरी विश्वभर विगुल फुक्न चाहन्छौं । विज्ञप्तीमा भनिएको छ छिटो भन्दा छिटो भइरहेको गोला बारुद बमबाडीहरु दुवै देशको सुमधुर सम्बन्धको वार्ताद्वारा सम्झौता गरी चाँडै बन्द गरियोस् नत्र हामी भूपूहरु पनि पुरानो झोला तयार गरी तत्पर छौं ।
भारतीय भूपूहरुलाई संक्षिप्त सम्बोधन

यसैबीच भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले पूर्वाञ्चलमा बसोबास गर्ने भूतपूर्व भारतीय सैनिकहरुको प्रतिनिधि मण्डललाई संक्षिप्त सम्बोधन गर्नुभएको छ । कार्यालय परिषरभित्र सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरुलाई सम्बोधन गर्न पाउँदा म धेरै गर्व र सम्मानको अनुभव गर्दछु । तपाईहरु जसले भारतीय सेनामा अद्भूत साहस र अटल समर्पणका साथ सेवा गर्नुभएको छ हाम्रो राष्ट्रको लागि गौरवको विषय हो । उहाँले भन्नुभयो आज म हालैको केही महत्वपूर्ण घटनाहरुको बारेमा औपचारिक र तथ्यात्मक जानकारी प्रस्तुत गर्न चाहन्छु । २०२५ अप्रिल २२ मा भारतले जम्बु–कस्मिरको पहलगाम नजिकको वैसरण मैदानमा एउटा दुःखद् आतंकवादी आक्रमणको सामना ग¥यो । सेनाको पोसाकमा लुकेका आतंककारीहरुले निर्दोष नागरिकहरलाई लक्षित गरी क्रुर हमला गरे । त्यस दर्दनाक घट्नामा २६ जना निर्दोष व्यक्तिहरुको ज्यान गयो, जसमा चितवनका नेपाली नागरिक सुदिप न्यौपाने पनि हुनुहुन्थ्यो । त्यस घट्नामा अन्य १७ जना गम्भीर घाइते भएका थिए । विस्तृत छानविनले उक्त आक्रमण लस्कर–ए–तैयवा र त्यसको सहायक संगठन द रेसिटेन्स फ्रन्टद्वारा गराइएको पुष्टि भएको छ, जसलाई पाकिस्तानको सक्रिय समर्थन प्राप्त थियो । सम्बोधनमा उहाँले त्यस आक्रमणपछि भारत सरकारले तुरुन्तै कुटनैतिक कदमहरु चलोको थियो । जसमा सिन्धु जल सन्धी निलम्बन, सीमा बन्द, पाकिस्तानी नागरिकका भिषा बन्द (रद्ध) र पाकिस्तानी सैनिक सल्लाकारहरु भारतबाट निस्कासित जस्ता कार्यहरु थिए । २०२५ मे ६ मा भारतले ‘अप्रेशन सिन्धुर’ नामको उच्चस्तरीय र सटिक सैन्य कारबाही सञ्चालन ग¥यो । त्यसमा प्रिसिजन गाइडेड मिसाइलहरु प्रयोग गरिएको थियो । भारतले त्यस कारबाहीमा पाकिस्तानको कुनैपनि नागरिक संरचना, जनसंख्या केन्द्र वा सैन्य ठाउँहरुमा आक्रमण नगरी केवल आतंकवादी तालिम शिविरहरु र सरचनाहरुलाई लक्षित ग¥यो । त्यसमा १ सय भन्दा बढी लस्कर–ए–तैयवा र जैश–ए–मोहम्मदसँग सम्बन्धित आतंककारीहरु समाप्त गरिए । सम्बोधनमा उहाँले भन्नुभयो भारत एउटा जिम्मवार राष्ट्रको रुपमा बुझ्दछ कि आतंकवाद केवल भारतको समस्यामात्र नभई सम्पूर्ण विश्वको शान्ति र स्थिरतामाथिको खतरा हो । पाकिस्तानको भूमिबाट सञ्चालन भइरहेको आतंकवादी सञ्जालहरुलाई नष्ट गर्न भारतले उठाएका कदमहरु केवल हाम्रो राष्ट्रिय सुरुक्षाको लागि मात्र नभई दक्षिण एसिया र विश्व समुदायको सुरक्षामा पनि योगदान गर्दछ । वैसरण हत्याकाण्डपछि पाकिस्तानले लगातार सीमापार युद्धविराम उल्लंघन गर्दै नागरिक वस्तीहरुमा तोप आक्रमण गरिरहेको छ । भारतले यस्ता उत्तेजनाका बाबजुद पनि धैर्यता र विवेक प्रदर्शन गर्दै आफ्नो जवाफ केवल आतंककारी संरचनाहरुमा सीमित राखेको छ । अप्रेशन सिन्धुर प्रतिको पाकिस्तानी प्रतिकारमा जब भारतका धेरै सहरहरुमा आक्रमण गरियो, भारतले केवल आफ्नो जवाफ पाकिस्तानको वायु सुरक्षा पूर्वाधारमा सीमित खाख्दै सर्वोच्च संयमता प्रदर्शन ग¥यो । यस अवसरमा म भारतीय सेनाका गोरखा रेजिमेन्ट र अन्य युनिटहरुप्रति उच्च गर्व व्यक्त गर्न चाहन्छु । ती युनिटहरु केवल भारतीय सेनाको मात्र होइन, नेपाल र भारतको ंऐतिहासिकता, तालिम र अनुसन्धानमा आधारित एक शक्तिशाली सेना हो, जसले कुनैपनि चुनाँैतिलाई दृढतापूर्वक सामना गर्न सक्षम छ । त्यसैगरि उहाँले भन्नुभयो म तपाईहरुलाई जानकारी गराउन चाहन्छु कि पाकिस्तानले हालसालै भ्रामक प्रचार र झुटो जानकारी मार्पmत भ्रम फैल्याउने काम गरिरहेको छ । भारतीय सेनाको जिम्मेवार पूर्व सैनिकको हैसियतले यस्ता झुटा सूचनामा नपरौं । सत्य तथ्यको आधारमा यस्ता भ्रमहरुको विरोध गर्नु हाम्रो कर्तव्य हो । हामीले हाम्रा पूर्व सैनिकहरु र आश्रितहरुलाई यस्ता भा्रमक सूचनाहरुको् प्रभावमा नपर्न पनि सजग गराउनुपर्दछ । जसरी युद्धमा शर्तकता अपनाउँछौं त्यस्तै सूचना क्षत्रमा पनि सजग र जिम्मेवार रहनु जरुरी छ । गोर्खाली सेनाले भारतका सबै युद्धहरुमा आफ्नो वहादुरी कौीशलतापूर्वक निर्वाह गरी विजय प्राप्त गरेको इतिहास छ । दुस्मनले जस्तोसुकै आक्रमण गरे पनि भारतीय सेना त्यसको सामन गर्न सदैव तत्पर र सक्षम छ र अब दुई देशबीच युद्धविराम भइसकेको छ । हाम्रा सशस्त्र बलहरु भारतको सार्वभौमिकता, शान्ति सुरक्षाको सरक्षण गर्न पूर्णतया प्रतिबद्ध छन् । तपाईहरुको समर्पण, वीरता र बलिदानलाई सदैव राष्ट्रद्वारा सम्मानका साथ सम्झनेछ र कदर गर्नेछ । उहाँले भन्नुभयो आउनुहोस् हामी हाम्रो साझा संकल्पलाई पुन पुष्टि गरौ–शान्ति, सुरक्षा र मातृभूमिको सम्मानको रक्षा गरौं ।
भूपू सैनिक भन्छन् सुनियोजित रुपमा आफवाह फैल्याएको हो
पाकिस्तानसँगको आतंकवादी हमलामा भारतले गोरखा सैनिकहरुलाई मात्र फ्रन्टमा पठाएको भनी सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यममा आएका कुराहरु पूर्ण रुपमा गलत भएको पूर्वाञ्चलमा बसोबास गर्ने भूतपूर्व सैनिकहरु बताउँछन् । भूतपूर्व भारतीय सैनिक सुवेदार मेजर 211 Gr का के.के राई (किशोर कुमार राईं)ले भन्नुभयो यो गलत हो । लडाई लागेपछि सबैको पालो आउँछ । भारत र पास्तिानको बोर्डरको लम्बाई कति छ त्यो हेर्नुपर्छ । त्यो लम्बाईमा उनीहरुलाई भात खुवाउन, आराम गराउन लागेको होइन । कुनै न कुनै जिम्माको हिस्सा सबै आर्मीले पाउँछन् । फ्रन्ट साइडका भारतको ६ वटा बटालियन छन्, अरु पनि हुन्छन् । सबैले अलिअलि चाख्न पाउँछन् । त्यो गर्दा सबै लगभग फ्रन्ट साइडमै हुन्छन् । अनि गोर्खालीलाई मात्र सबैभन्दा अगाडि हालेर बहादुर जवान लडाई करो अप लोग भन्दैनन् । लडाई लागेपछि इन्फ्रेन्ट्री (पैदल सेना) सबैले जानैपर्छ । फस्ट फेस हुन्छ कि, सेकेण्ड फेस हुन्छ कि, थर्ड फेस हुन्छ । लञ्चचाहिँ हुनैपर्छ । बोर्डर लामो इलाका हुन्छ, लामो फेस हुन्छ सबै पल्टनले अलिकति हिस्सा पाउँछन् । दुई चार वटा गोर्खाली पल्टन पनि कतै न कतै त पुग्नै पर्छ । लखनउतिरको पल्टनलाई डाइरेक्ट जम्बु कस्मिर त पु¥याउँदैन । मानिसले यो सबै भ्रम छरेको हो । यसगरि सुवेदार मेजर 311 गोर्खा राइफल्स तथा संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याण महासंघ नेपालका कोशी प्रदेशका बरिष्ठ सल्लाहकार भीम बहादुर चौहान भन्नुहुन्छ भारतले कहिल्यै पनि गोर्खा सैनिकलाई मात्र फ्रन्टमा राखदैनन् । लडाईमा जान सबै चाहन्छन् तर पोइन्ट हुनुपर्छ । नेपाली सेना प्रहरी शान्ति सेना गए जस्तो त हो । पल्टन हुन्छ, बिग्रेड हुन्छ, डिप हुन्छ, कमाण्ड हुन्छ । कुनै कमाण्डभित्र गोर्खा बटालियन पर्छ । सबै कमाण्डमा बाँडिएका हुन्छन् । त्यो पनि उसले जान पाउने नम्बर छ कि छैन । छैन भने जान पाउँदैनन । कारगिलको लडाइमा फस्ट लेभेन जिआर भन्ने मेरै गु्रपकोले लडाई लड्न भ्यायो हामीचाहिँ ११ नोम्बरमा थियौ यसो फोटो खिचेर बस्यौ । नम्बरै नआइ लडाई सकियो । त्यसैले यस्ता हल्ला हावामा चलाइएको हो कुनै सत्यता छैन । यसैगरि कर्णल विजयकुमार राई, सुवेदार अम्बर बहादुर आङ्देम्बेले समेत लाहुरे विरोधीहरुले चलाएको हावा हल्ला बाहेक केही नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया