धरान । तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाभित्र रहेका कृषहरुको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । यसै क्रममा नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारसम्म पु¥याउनको लागि कृषि एम्बुलेन्स खरिद गरेको हो । लाली गुरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले कृषकले उत्पादन गरेको सामाग्री बजारसम्म पु¥याउन सहज होस् भन्ने अभिप्रायले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको बताए । उनले भने–‘ हप्तामा एक कृषकको पाँच हजार सम्मको तरकारी सागसब्जी बोक्छ । गृहिणी मार्फत भुक्तान गरिन्छ। गाडी हिंउद, बर्षा प्रत्येक किसानका घरघरमा पुग्छ र मुल्य तिरेर सामाग्री उठाउंछ ।’ उनले अहिले पालिकाका प्रत्येक वडामा सडकको समस्या नभएको बताए । उनले भने–‘एकै पटक एउटा गाडीले सबै वडामा भ्याउँदैन, तालिका मिलाएर हप्तामा एक पटक एक वडामा गाडी पुग्छ, त्यहा पुगेर एक जना कृषकको ५ हजार बराबरको कृषि सामाग्री बजारसम्म ल्याइदिन्छ ।’

उनले कृषकहरुलाई अर्गानिक उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह समेत गरेका छन् । उनल कृषकरुलालाई सामाजिक सञ्जालमार्फत भनेका छन् –‘ विकासे मल, किटनाशक ओषधी लगाएको तरकारी, फलफुल बिक्दैन । त्यसैले विकासेमल , किटनाशक ओषधी नलगाएको अर्गानिक कृषी सामाग्री सागसब्जी, फलफुल, तरकारी उत्पादन गरौं । पालिकाले सञ्चालनमा ल्याएको अर्गानिक मल र विषादी बनाउने प्रशिक्षण अभियानमा लागौं । पालिकाले कडाईकासाथ युरिया, डिएपि र किटनाशक ओषधीप्रयोगमा बन्देज लगाएको यहांहरुमा विधितै छ ।’ पालिकाले कडाईकासाथ युरिया, डिएपि र किटनाशक ओषधीप्रयोगमा बन्देज लगाएको यहांहरुमा विधितै छ । नगरपालिका क्षेत्रभित्र अर्गानिक कृषि उत्पादन अभिवृद्दि गर्ने उद्देश्यले “नगरको खुशी, रैथाने कृषि“ नामक अभियान समेत अगाडि बढाइएकौ नगरप्रमुख मावुहाङले जानकारी दिए । उनले जैविक मलको मात्रप्रयोग गरी आफ्नै करेसाबारी परिसरमा कृषकद्वारा उत्पादित सागसब्जी र फलफूललाई लालीगुरास नगरपालिका लगायत तराई मधेशका विभिन्न स्थानमा पु¥याउने भएकोले अर्गानिक कृषि क्षेत्रको रुपमा लाली गुरास नगरपालिकालाई चिनाउन कृषकहरुलाई अनुरोध समेत गरेका छन् । यस विषयमा नगरपालिकाले चौथो नगरसभबाट पारित गरेको समेत उनले जानकारी दिए । यस विषयमा लालीगुराँस नगरपालिकाको अगुवाईमा यही मिति २०८१ साल चैत्र ३१ गते नगरपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा कृषक, कृषि सहकारी, कृषि समुह लगायत सरोकारवालासँग एक दिवसीय अन्तर्किया गोष्ठी आयोजना समेत गरिएको थियो । सो अन्तरक्रियामा नगरपालिका क्षेत्रभित्र रासायनिक मल र विषादि प्रयोगमा नल्याउन,े खेतबारीमा परम्परागत जैविक विषादी एवम् प्राङ्गारिक मलको मात्र प्रयोग गर्ने, र कृषि एम्बुलेन्स खरिद गर्ने विषयमा छलफल भएको थियो । अर्गानिक कृषि उत्पादन गर्ने स्थानीय तहको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यस नगरपालिकाको पहिचान स्थापित गरी कृषि पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले अर्गानिक कृषि उत्पादनमा जोड दिएको उनले बताए ।
