इलाम । टि जोन, सनराइज, ल्याक (ताल–पोखरी), ट्रेकिङ जोन, धार्मिक स्थल जस्ता अनुपम प्राकृतिक सुन्दरता रहेकोले पर्यटकीय दृष्टिले महत्वपूर्ण इलाम जिल्ला भारतको वेष्ट बंगालसँगको ५२ किमी सीमामा ३२ वटा साना ठूला क्रस बोर्डर (नाका)हरु रहेका छन् । इलाम जिल्लाको १० स्थानीय निकायमध्ये रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माइ जोगमाइ गाउँपालिका र सन्दकपुर गाउँपालिका वेष्ट बंगालसँग सीमानाका जोडिएका छन् । झापा जिल्लाको बुधबारे (टोक्ला चिया कमान) भन्दा माथिबाट शुरु भएको रोङ गाउँपालिकाको वडा नं. ६ भारतसँग सीमा जोडिएको छ । वडा नं. ६ को सिद्धि दोभान, अमले कुहिना र दुधे चौरीका नाका भएर स्थानीयहरु मेची नदी पार गरेर भारतको खरबनी पुग्छन् । खरबनीसम्म साना सवारी साधन हिउदँको समय जाने गरेको रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले जानकारी दिनुभयो । मेची नदीको बगरै बगर हिडेर खरवनी पुग्छन् तर बर्षादको समयमा मेची नदी तरेर कुनै सवारी साधन जान सक्ैदनन् । यस्तै अर्को हो लोहाघर । यो ठाउँमा जान हिउँद बर्षा दुवै सिजनमा कुनैपनि सवारी साधन जाँदैनन् । पदलै जानुपर्दछ । अध्यक्ष स्याङबोका अनुसार भारतसँगको सीमा जोडिएका कुनै पनि नाकामा चेक प्वाइन्ट छैनन् । जसले गर्दा सीमावर्ती स्थानीयहरु भारतीय बजारमा निर्धक्क किनमेल गरेर फर्कन्छन् । रोङ गाउँपालिका भारतसँग ८ किमी सीमा जाडिएको छ भने नेपाल सरकारले लान्चेपमा बोर्डर आउट पोष्ट (विओपी) राखेको छ । भारतसँग सीमा जोडिएको इलाम जिल्लाको सबैभन्दा ठूलो स्थानीय निकाय सूर्योदय नगरपालिका हो । भारतको वेष्ट बंगालको दार्जीलिङ जिल्लासँग सीमा जोडिएको सूर्यादय नगरपालिकामा अथेन्टीक अफिसियल नाका दुई वटा रहेका छन् पशुपति नगर र माने भन्ज्याङ्ग । सूर्र्यादय नगरपालिकाका आर्किटेक्ट इन्जिनियर सुजन गदालका अनुसार नगरपालिकाको पूर्वी भाग भारतसँग सीमा जोडिएको छ ।

गोरेटो, घोडेटो धेरै होलान् त्यो त ठ्याक्कै भन्न सकिदैन । तैपनि ओपन क्रस बोर्डर भएकोले नाका जोडिएका महत्वपूर्ण स्थानहरु सूर्योदय नगरपालिका वडा नं. ४ को गोदम खोला, सोही वडाको छब्बीसे, लामीधुरा, वडा नं. २ को पुलखोला, दुईमाल हुन् । स्थानीय देवेन्द्र तामाङका अनुसार सूर्याेदय नगरपालिका वडा नं. २ चार माइल, हिले भन्ज्याङ्ग, पाँच माइल, प्यानल, वडा नं. १ को चित्रे डाँडा, माने डाँडा, वडा नं. ४ को छिरुवा, नाकापानी, घाटीसुर, घट्टेखोला, वडा नं. ५ को सुन्तुङ, चर्च गाउँ, नामटार, अठार साले, ठक्कर डाँडा रहेका छन् । उहाँका अनुसार अधिकांश सडक कच्ची रहेका छन् । केही सडक अधकल्चो कालोपत्रे रहेको छ भने केही गोरेटो रहेको छ । सूर्याेदय नगरपालिकाको समालबुङ्ग, छब्बीसे, पशुपति नगर र माने भन्ज्याङ्गमा विओपी रहेका छन । अधिकांश गोरेटो, कच्ची सडक भएका स्थानमा कुनै पनि प्रकारको चेकपोष्ट रहेका छैनन् । सूर्योदय नगरपालिका वडा नं. १, २, ४ र ५ ले भारतीय सीमानाकाहरु छोएका छन् । उता इलाम जिल्लाकै माइ जागेमाईको वडा नं २ भारतको दार्जीलिङ्ग जिल्लासँग सीमा जोडिएको छ । माइ जोगमाई नगरपालिकाका सूचना अधिकारी कुमार बस्नेतका अनुसार झण्डै १० किमी सीमा वडा नं. २ जोडिएको छ । माइ जोगमाईको तुम्लिङ र मेघमा भारतीय सीमासँग जोडिए पनि स्थानीयले दुवै नाकालाई पैदल मार्गको रुपमा प्रयोग गरेका छन् । जोगमाइको जौबारी भएर माने भन्ज्याङ्ग हुँदै पशुपति नगरसम्मको यातायातका साना सवारी साधनहरु भने सञ्चालनमा रहेका छन् । गोरेटो सडक व्यवस्थित र चौडा नभएको कारण माइ जोगमाइका स्थानीयहरु सवारी साधनमा पशुपति नगर निस्केर दार्जीलिङ्ग जाने गरेको उहाँले सुनाउनुभयो । इलामको अर्को महत्वपूर्ण स्थानीय निकाय हो दार्जीलिङ्गसँग सीमा जोडिएको पर्यटकको प्रचुर सम्भावना बोकेको सन्दकपुर । बर्षको झण्डै ६ महिना हिमपात हुने सन्दकपुर सम्म नेपाल र भारत दुवै तर्फबाटसवारी साधनहरु पुग्ने गरेका छन् । इलामको बरबोटेबाट माइपोखरी हुँदै सन्दकपुर पुग्ने गरेको छ भने भारतबाट समेत साना सवारी साधनहरु आउने गरेका छन् । सन्दकपुर गाउँपालिकाको वडा नं. २ बन्दुके (सन्दकपुर), वडा ं. ४ को माइ मझुवा, विखे भन्ज्याङ्ग, कालपोखरी, वडा नं. ५ को कैयाकट्टा, गौरीबासले भारतीय सीमा नाकाहरु छोएका छन् । यसैगरी हिमचुली, फालोटले भारतको विजनबारी, दार्जीलिङ्गलाई नजिक्याएको छ । सन्दकपुरमा २ वटा विओपी रहेका छन् सन्दकपुर र काल पोखरीमा ।
