१० औ बास्केटवल ट्यालेन्ट हन्ट सुरु

धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा वुधवार देखि १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु भएको छ । बास्केकटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धयश्यले बास्केटवल संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । १० औ ट्यालेन्ट हन्टको प्रशिक्षण धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा सञ्चालन भइरहेको छ । विशेष गरेर एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको छ । ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका उत्कृष्ट विद्यार्थी लाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृत्ति सिफारिस गरिने सुनसरी बास्केटवल ंसंघका अध्यक्ष नारायण सुवेदीले जानकारी गराउनुभयो ।

यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृत्तिमा सिफारिस गरेका थिए । अहिले उनीहरु सोही विद्यालयवाट बास्केटवल खेल्दै अध्यन समेत गरिरहेको अध्यक्ष सुवेदीले वताउनुभयो । संघले अहिले सम्म दुई सय भन्दा वढि खेलाडी विद्यार्थीहरुलाई निः शुल्क छात्रवृत्तिमा अध्यन गराइसकेका छन । प्रशिक्षण क्याम्प तिन हप्ता सम्म चल्नेछ । प्रशिक्षण क्याम्प विहान ६ वजे देखि ८ वजे सम्म चल्ने राष्ट्रिय बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराउनुभयो । राई संगै प्रशिक्षण क्याम्पमा सहभागीहरुलाई राष्ट्रिय बास्केटवल खेलाडी डा. आशा राई, कोशी प्रदेश बास्केटवल खेलाडी सुसन श्रेष्ठ, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिम्वु, युगल लिम्वु, चिरञ्जिवि गिरी लगायतले प्रशिक्षण दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया