युरेका आवासीय माविको ३१ औं बार्षिकोत्सव तथा पुरस्कार वितरण

धरान । युरेका आवासीय मावि धरानले आफ्नो स्थापनाको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहबीच सम्पन्न गरेको छ । विद्यालय प्रांगरणमा आयोजित उक्त कार्यक्रमको प्रमुख अथिति धरान उपमहानरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा रहनु भएको थियो । विद्यालयले आÏनो ३१ औं बार्षिकोत्सवका अवसरमा विद्यालयका अध्ययनरत कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाफल समेत प्रकाशित गरेको थियो ।


विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै ८ सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको समारोहमा विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत, रिडर्स क्लबद्वारा कक्षा ८ का विद्यार्थी साक्षी वाग्लेको नाटक, म्युजिकल क्लबद्वारा कर्णप्रिय गीत प्रस्तुत गरिएको थिए । विद्यालयका संस्थापक एवम् निर्देशक चन्द्रदिप लामा, सुदिप एल्मो लगायतको उपस्थितिमा आयोजित समारोहमा झण्डै २ सय जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल कुरन चेम्जोङ्गले दिनुभएको जानकारी अनुसार सिनियर, जुनियर, स्टुडेन्ट अफ द इयर लगायतमा विद्यार्थीहरुलाई पुरस्कार वितरण सँगै स्करलरसीप प्रदान गरिएको थियो । यस पटक युरेका आवासीय माविमा स्टुडेन्ट अफ इयरमा सिनियरतर्फ चिख अग्रवाल र जुनियरतर्फ दिव्या राई घोषित हुनु भएको थियो । प्रिन्सिपल चेम्जोङ्गका अनुसार युरेका आवासीय माविले कक्षा १ देखि कक्षा १० सम्मका दुई सय जना भन्दा बढी विद्यार्थीहरुलाई स्करलरसीप प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया