धरान । कोशी प्रदेशकै एक मात्र लाली गुरासको राजधानी तीनजुरे, मिल्के र जल्जले )टिएमजे)को प्रवेशद्वारमा रहेको चोत्लुङ पार्क कोशी प्रदेशकै ४२ औं स्थानको गन्तव्य स्थल बनेको छ । गुरासको राजधानी टिएमजे प्रवेश गर्ने तेह्रथुमको लाली गुरास नगरपालिकाको बसन्तपुरमा बनेको यो पार्क लिम्बू सँस्कृतिलाई झल्काउने ढुंगैढुगाबाट बनेको पार्क हो । कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरहँदा पर्यटक भित्र्याउन यस्ता भौतिक संरचना आवश्यता पर्दछ, यो पार्क पर्यटक तान्ने एक माध्यम बनेको छ । कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरँदा टिएमजे क्षेत्रलाई केन्द्रविन्दु बनाएर तेह्रथुमको तीनजुरेमा उद्घाटन कार्यक्रम गर्दैछ । लाली गुरासको राजधानी भनिएर चिनिएको यो क्षेत्रमा लाली गुरास फुलेको समय चैत्र वैसाख र हिउ पर्नै सिजन पुषमाघमा आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गर्छन । लाली गुरास फुलेको समय होस् वा हिउ परेको बेला हो यहाँ आउने पर्यटक एक पटक लाली गुरास नगरपालका बसन्तपुरमा रहेको चोत्लुङ पार्कको भ्रमण नगरी कोही पनि फर्कदैनन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भिषण राईले चोत्लुङ पार्कले लिम्बु जातिको सँस्कृति झल्काउने काम गरेको बताउनुभयो । यहाँ ढुगैढुगाले बनेका संरचनामात्र यहाँ रहेको संग्रालयले ऐतिहासिकता झल्काउने काम गरेको बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि नगरपालकाको यो एउटा सानो प्रयास भएपनि यसकै माध्यमबाट पर्यटक आउने र नगरपालिकाको आयश्रौतको माध्यम बनेको बताउनुभयो । यो पार्क लालीगुराँस नगरपालिकाकाका मेयर अर्जुनबाबु माबुहाङले पहिलो कार्यकालमा निर्माण गर्नुभएकौ हो । दोस्रो कार्यकाल समेत नगरपालिकाको मेयर बन्नु भएका मावुहाङका अनुसार पार्क निर्माण गर्न नगरपालिकाको ३० लाख, नयाँ शहर आयोजनाको ८० लाख र स्थानीय जनताको ५० लाख गरी कुल एक करोड ६० लाख रुपैयाँ भन्दा लगानी भएको छ । यस क्षेत्रलाई जैविक तथा वनस्पतिक अध्ययनको केन्द्रको रुपमा विकास गर्ने योजनासहित लिम्बु जातिको ऐतिसिकता झल्काउन सहयोग पुगोस् भन्नै अभिप्रायले यो पार्क निर्माण गरिएको मेयर मावुहाङले बताउनुभयो । उहाँले लिम्बु इतिहासमा ढुंगाको महत्व जन्मेदेखि मृत्युसम्म रहने भएकोले पनि यो पार्क निर्माणमा ढुगा प्रयोग गरिएको बताउनुभयो । यो क्षेत्र धनकुटा, तेह्रथुम र संखुवासभाको संगम स्थल हो । पछिल्लो समय चोत्लुङ पार्कले आन्तरिक पर्यटक ताने पनि वाह्य पर्यटक पनि यो पार्कले तान्ने गरेको मेयर मावुहाङले बताउनुभयो । उहाँका अनुसार चोत्लुङ पार्कमा नयाँ वर्ष, गुराँस फुलेको समय र हिमपात भएको वेला पर्यटकको घुइँचो बढ्दा यहाँको होटल तथा रेष्टुराँहरु ख्चाखच भरिने गरेका छन् । वास्तवमै कोशी प्रदेशले पर्यटन बर्ष मनाइरदा चोत्लुङ पार्कमा भ्रमणमा आउनेहरुबाट पनि के स्पष्ट हुन्छ भने पर्यटक तान्ने भौतिक संरचना निर्माणमा जोड दिनुपर्छ । यस्ता खालका संरचना निर्माण गर्न सकेको खण्डमा भौतिक संरचना निर्माणमा सरकारले ध्यान दिन सके पर्यटन बर्षले अझ धेरै सार्थकता पाउनेमा दुई मत छैन ।
