धरान । भारत सरकारको अरबौ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच बर्षे कार्यकाल समाप्त भएको छ ।मेडिकल व्यवसायी एवम् विराट नर्सिङ्ग होमका सञ्चालक गिरीलाई एमालेका तत्कालीन स्वास्थ्यमन्त्री एवम् ओम्नी काण्डका मुख्य अभियुक्त भानुभक्त ढकालले करोडौ नजराना लिएर नियुक्त गरेका थिए । डा. गिरीको बहिर्गमन सँगै आगामी उपकुलपतिका लागि आन्तरिक दौड शुरु भइसकेको प्रतिष्ठानका एक चिकित्सकले जानकारी दिए । स्रोतका अनुसार नयाँ भिसीको दौडमा आधा दजन व्रिफकेश बोकेर स्वास्थ्य मन्त्रालको चक्कर लगाउन थालिसकेका छन् । यद्यपि, निस्कलंक छवि भएका प्रतिष्ठानका कार्यवाहक उपकुलपतिको जिम्मेबारी सम्हाली सक्नु भएका पूर्व अस्पताल निर्देशक मुटुरोग विशेषज्ञ प्रा.डा प्रहलाद कार्की, नेपाल सरकारका स्वास्थ्य मन्त्रालयको सचिवबाट अवकाश प्राप्त डा.
रोशन पोखरेल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी पूरा गरिसक्नु भएकी प्रतिष्ठानको मेडिकल डिपार्टमेन्टकी प्रमुख प्रा.डा. संगीता भण्डारी लगायतको नाम उपकुलतिमा विशेष चर्चामा रहेको छ ।


सुखद रहेन गिरीको कायकाल

दक्षता भन्दा पनि राजनैतिक प्रभावमा प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति पाएका डा. ज्ञानेन्द्र गिरीको कायकालमा प्रतिष्ठान धरासायी बन्न पुग्यो । कोरोनाको समय अर्थात सन् २०२० अप्रिल ९ तारेखमा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका गिरीले कोराना व्यवस्थापनका लागि प्रतिष्ठानमा सञ्चालित अस्पतालका उपकरणहरु खरिद, औषधी खरिदमा करौडौ घोटाला गर्न भ्याए । यतिमात्र नभएर गाइनो विभागका प्रमुख प्रा.डा मोहनचन्द्र रेग्मीलाई प्रतिष्ठानको कुल सचिवमा रातरात नियुक्त गर्दा ७ करोड नजराना बुझेको चर्चा अझै सेलाएको छैन । एक चिकित्सले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने सिनियर चिकित्सकहरु हुँदाहुँदै सबैभन्दा कनिष्ट चिकित्सक डा. जगत नारायणलाई अस्पताल निर्देशकमा नियुक्ति गरी गतिलो नजराना लिएका थिए । उनका अनुसार प्रतिष्ठानमा चाहिने आवश्यकीय उपकरण खरिदका निम्ति आफ्नै भाई अजय गिरीलाई अघोषित एजेन्ट नै नियुक्ति गरेका थिए । कास र सिनेटको निर्णय विपरीत प्रतिष्ठानको हातामा निर्माण स्थगित भएको भवनको लागि अग्रिम करोडौ रुपैयाँ भुक्तानी दिएर गतिलै आर्जन गरेका थिए । डा. गिरीले प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुलाई मात्र नभएर स्वास्थ्य मन्त्रालयलाई नै गुमराहमा पारी आफनो नामको अगाडि प्रा.डा. समेत लेखेपछि प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन नै गर्नुपरेको थियो । उनी प्राध्यापक नभएको प्रष्ट भएपछि पुनः उनले आफ्नो नामको अगाडि डा. मात्र लेख्न थालेका थिए । उनले शैक्षिक योग्यता ढाँटेको भन्दै अदालतमा मुद्धा परेको र डेढ बर्षसम्म निलम्बनमा परेका थिए ।
एचयुडी खरिदमा करोडौ घोटाला
नेपालमा रहेका आठ स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. गिरीको समय सर्वाधिक चर्चामा रहयो । प्रतिष्ठानको प्रमुख उद्देश्य स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा कुनै ठूलो ख्याति आर्जन गरेर वा आमूल परिवर्तन गरेर चर्चामा आएको थिएन । गिरीको आगमनसँगै प्रतिष्ठानमा मौलाएको विकृति, विसंगति, कमिशन, भ्रष्टाचार नै प्रमुख थिए । सम्पूर्ण पूर्वाधारयुक्त देशकै सबैभन्दा ठूलो र सरकारबाट समेत ठूलो धनराशी अनुदान पाएर पनि प्रतिष्ठान सुक्दै गयो भने कार्यरत पदाधिकारी, कर्मचारी मोटाउदै गए । यिनै कुरालाई लिएर २०७८ साल असारमा प्रतिष्ठान भित्रका चिकित्सकहरु, स्थानीय नागरिकहरुले वृहत आन्दोलन नै गर्नुपरेको थियो ।

आÏनो नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकका अनुसार प्रतिष्ठानमा मेडिकल माफियाहरुको राज छ । बर्षौदेखि उपकुलपति लगायत शिक्षाध्यक्ष, अस्पताल निर्देशक, रजिष्ट्रारलाई प्रलोभनमा पारेर ब्रम्हलुट गर्ने गरेका छन् । मेडिकल माफियाको आर्थिक प्रलोभनमा परेर डा. गिरीले नियुक्त भएको केही दिनमै बोलपत्र नखोली सार्वजनिक ऐन नियम विपरीत करोडौको उपकरण अमानतमा खरिद गरेका थिए । गिरीले आÏना भाई अजय गिरीमार्फत चालीस प्रतिशत कमिशन लिएर हाईडेसिटी युनिट (एच.डि.यु.) को निम्ति पहिलो चरणमा १२ वटा आइटम उपकरणका लागि देखावटी रुपमा बोलपत्र खोले पनि ठक्ेका लाग्ने परिस्थिति नभएपछि ६ वटा आइटम अन्य ठेकेदारसँग महँगोमा खरिद गरेर ५० लाख प्रारम्भिक कमिशन कुम्ल्याएका थिए ।
घोटालामामात्र ध्यान
गिरी उपकुलपति भएपछि अस्पतालको सेवा सुविधालाई भन्दा पनि उपकरण खरिद गरी कमिशन कुम्ल्याउने कार्यमै उनको पाँच बर्षे कार्यकाल समाप्त भएको छ । गिरीले अस्पतालको अनुगमन र निरीक्षण त गरेनन् गरेनन् कलेजहरुको अवलोकन समेत कहिल्यै नगरेको एक प्राध्यापकले बताए । उनले शिक्षा र अनुसन्धानमा कहिल्यै चासो देखाएनन । कुन व्यापारीबाट सिटिस्क्यान खरिद गरेर कमशिन खाने, मातृ शिशु भवनबाट कति कमिशन आउँछ, अस्पताल फार्मेसीको औषधिमा कति कमिशन आउँछ भन्नेतर्फ मात्र गिरी केन्द्रित भए । फार्मेसीको औषधिको टेन्डर निकाल्ने तर व्यापरीसँग कमिशन नमिल्दा प्राविधिक कारण देखाएर रद्ध गर्ने उनको प्रवृत्ति नै बनेको थियो, ती चिकित्सकले भने । उनले भने महिनौसम्म कर्मचारीले तलब पाउने अवस्था नभए पनि सुरापानको लागि गिरीले आफ्नो निवासमा प्रतिष्ठानको खर्चबाट व्यवस्थापन गरेका थिए । उनी भन्छन् राजनीतिक आड र ब्रिफकेशको प्रलोभनमा प्रतिष्ठानको भिसी नियुक्त बन्द गरिनुपर्छ । अन्यथा प्रतिष्ठानले पुन ः गिरी नियुक्ति भोग्नुपर्छ ।

