नन फाइलिङको नाममा पत्र काट्नु गल्ति भएको आन्तरिक राजस्व विभागका प्रमुखको स्वीकारोक्ति

धरान । आन्तरिक राजस्व विभाग काठमाण्डौ ललितपुरले २० बर्ष अगाडिको नन फाइलिङको नाममा व्यवसायीहरुलाई पत्र काटेकोप्रति गल्ति भएको स्वीकारेको छ । विभागले २०६४ सालदेखिमात्र राजस्वको रेडर्क राख्ने काम डिजिटल प्रविधिमार्फत भएको भएपनि ०५८ सालदेखिको रकम बक्यौता बाँकी रहेको भन्दै आन्तरिक राजस्व कार्यालयले व्यवसायीहरुलाई काटेको पत्र कार्यालयको सरासर गलत भएको स्वीकारेको हो । यस विषयमा व्यवासयीहरु खुलेर प्रतिवादमा उत्रन नसक्दा सुनसरी उद्योग वाणिज्य संघले सहजीकरणका लागि आन्तरिक राजस्व कार्यालयमा हेल्थ डेस्क नै राखेर व्यवसायीहरुलाई सहजीकरण गरिरहेको थियो । पछिल्लो समय यसै विषयमा आन्तरिक राजस्व विभागका प्रमुख मदन दाहालको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्य, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायत व्यापारी व्यवसायीहरुको छलफलमा आन्तरिक राजस्व विभागका प्रमुख दाहालले कार्यालयले मेनिअल सिस्टम हुदादेखिको बाकी बक्यौता देखाएर पत्राचार गरेकोप्रति कार्यालयको गल्ति भएको स्वीकार्नुभएको हो ।


सो अवसरमा बोल्दै सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले आन्तरिक राजस्व कार्यालयले कर क्लियरेन्स गरेर बार्षिक रुपमा व्यवसाय नविकरण गर्नेहरुलाई पनि कर कार्यालयले पत्र काट्नु सरासर गलत भएको भएपनि समयमै कर तिर्नुपर्छ भन्ने कुरा व्यवसायीमा प्रवाह भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । कार्यालयले यस विषयमा आवाज उठाए पनि सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले व्यवसाय र कर कार्यालयसँग समन्वय गरेर समधान गर्ने विषयमा भने राम्रो पहल नगरेको आरोप व्यवसायीहरुले लगाइरहेको बेला आन्तरिक राजस्व विभागले नै डिजिटाइल भइसकेपछि कर तिरेका व्यवसायीहरुको हकमा पत्र काट्नु अनावश्यक भएको स्वीकार गरेको थियो । नियमित कर तिरिरहेका व्यवसायीहरुलाई समेत २० बर्ष अगाडिदेखिको बाँकी बक्यौता देखाएर पत्र काटेपछि कतिपय व्यवसायीहरु व्यवसाय बन्द गर्ने सोचमा समेत पुगिसकेका थिए । यसै विषयमा अर्थविद् एवम् सुनसरी उद्योग बाणिज्य सघका सल्लाकार कृष्ण अग्रवालले उद्योगी व्यवसायीहरुको समस्यामा राज्य अनविज्ञ रहेको तर कर असुल्ने कुरामा अगाडि रहेको भन्दै व्यवसायिक प्रवद्र्धनमा राज्य चुकेको गुनासो पोख्नुभयो । उहाँले व्यवसायीमा नीतिगत कुराको अभाव, आन्तरिक राजस्व कार्यालयले व्यवसायिक समस्याका विषयमा अनविज्ञ हुदा राजस्व कार्यालय र व्यपारी व्यवसायीबीच मतभेद पैदा हुने भएकोले आगामी दिनमा यस्ता समस्या आउन नदिन दुवै पक्षबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सुझाव दिनुभयो । आन्तरिक राजस्व कार्यालय धरानले यस वास्तविक नविकरण नगरेका व्यवसायीहरुको डाटा नै नराखी ११ सय भन्दा बढी व्यवसायीहरुलाई राजस्व नविकरण गर्न सम्बन्धित वडा कार्यालयमार्फत पत्राचार गरेको थियो । यस विषयमा व्यापारी व्यवसायीहरुले राजस्व कार्यालयप्रति रुष्ट व्यक्त गर्दै आएको बेला आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल धरान आएर कार्यालयको गल्ति भएको स्वीकारेपछि यसमा समन्वय गरेर अगाडि बढ्न्े निष्कर्ष निकालेका छन् । सो अवसरमा बोल्दै महानिर्दैशक दाहालले कार्यालयको सरासर त्रुटी रहेको भन्दै आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्यलाई सच्याउन निर्देशन दिनुभयो । बर्षेनी कर तिरेर ‘क्लिन चिट’ पाएकाहरुलाई समेत कार्यालय प्रमुख आचार्यले पत्र काटेपछि धरानका व्यापारी व्यवसायीहरुले आचार्यको नियत ठीक नभएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने मनसाय समेत बनाएको बेला विभाग नै आएर आफ्नो त्रुटी भएको स्वीकार गरेपछि अहिले यो विषय सामान्य भएको छ । व्यवसायीहरुले आगामी दिनमा कर कार्यालयले समय समयमा गर्ने गरेको कर आतंक सधैका लागि बन्द गर्ने वातावरण सिर्जना गर्न विभागसँग माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया