सूर्यदय विग वुद्धमा पर्यटक बढ्न थाले

धरान । धरान उपमहानगरपालिकाको ४ छोटी मोरङमा निर्माण सुरु भएको सुर्योदय थाउजन बिग बुद्ध विविध कारणले निर्माणको काम रोकिएको छ । बिहार निर्माण भएको खण्डमा धरानको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने भन्दै धरानबासीले काम सुचारु गर्न माग गरेका छन् । यस भन्दा अगाडी धरान४ छोटी मोरङमा दुई वर्ष अगाडि नै चालीस फिट अग्लो भगवान बुद्धको मूर्ति अनावरण भइसकेको छ । ४० फिटको बुद्धको मूर्ति प्रदेश नम्बर १ का प्रमुख पर्शुराम खापुङले अनावरण गर्नु भएको थियो । सो अवसरमा उहाँले ४० फिटको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताउनु भएको थियो । ३५ लाख रुपैयाँमा मूर्ति अनावरण भएपनि जग्गाको विषयमा विवाद बढेपछि बाँकी भौतिक संरचनाको काम रोकिएको थियो । धरानबाट उकालो लागेपछि भेडेटार नजिकै छोटीमोरङ थुम्कीडाँडामा सो मूर्ति निर्माण भएपछि अहिले पर्यटकको आगमनमा वृद्धि भएको छ । महिला सञ्जाल धरानको पूर्व अध्यक्ष शिला बज्राचार्यले बुद्धको मूर्ति निर्माण पश्चात पर्यटक बढेको बताउँदै सम्पूर्ण भौतिक संरचना बनेको खण्डमा पर्यटक बढ्ने भएकोले निर्माण कार्यलाई सुचारु गर्नु पर्ने बताउनुभयो ।


सूर्योदय बुद्ध बिहारका अध्यक्ष प्रदीप थापामगरले धरानको पर्यटन प्रबद्र्धनमा यो बुद्ध बिहारले सहयोग पुग्ने भएकोले नेपाल सरकारबाट स्वीकृति लिएर निर्माण कार्य अगाडि बढाए पनि काम रोकिनु दुःखलाग्दो कुरा भएको बताउनु भयो । धरान हङकङ मञ्च पूर्व अध्यक्ष समेत रहनु भएका थापाले निर्माणमा हङकङमा रहेका धरानबासीको सहयोग रहेको भन्दै उहाँले निर्माण सम्पन्न गर्न सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो । बिग बुद्धको प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ला वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा
मन्त्रिपरिषद्ले १५ बिघा ८ कट्ठाजग्गा सूर्योदय बुद्ध बिहारलाई धार्मिक वन अन्तर्गत उपलब्ध गराउने निर्णय गरेको थियो । निर्माण कार्य रोकिएको प्रति धरानेहरुले पनि दुःख व्यक्तगर्दै चाँडो निर्माण कार्य शुरु गर्न माग गरेका छन् । सोही जग्गामा निर्माण भएको बिग बुद्धको प्रतिमाले बौद्ध धर्मावलम्वीमा खुसियाली छाएको भएपनि अन्य भौतिक संरचनामा रोकावट आएपछि यस्तो काममा राजनीति गर्न नहुने उनीहरुले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया