दमक (झापा) । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरसँगै निर्वाचन क्षेत्र समेत रहेको झापा जिल्लाको गौरादह नगरपालिका वडा नं. ६ विरवल चौकस्थित चिनियाँ नगरिकहरुले व्यक्तिको जग्गा लिजमा लिएर खेती गर्न शुरु गरेका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गबाट झण्डै २२ किमी दक्षिण नेपाल भारत सीमा नाकाभन्दा १२ किमी उत्तरमा रहेको विरबल चौकमा २५ विघा र वैगुनधुरामा समेत १५ विघा जग्गा लिजमा लिएको चिनियाँ नागरिकले यसैबर्षदेखि खेति गर्न शुरु गरेका हुन् । वैगुनधुराबाट नेपाल भारत सीमा नाका ८ किमी मात्र रहेको छ । चिनियाँ लगानीमा निर्माणाधीन नेपाल चीन इण्डट्रियल फ्रेन्डसीप पार्कबाट बिरबल चौक र वैगुधराको दूरी समान १० किमी रहेको विरल चौकमा व्यवसायी गरि बस्नु भएका राजकुमार ताजपुरियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो लिजमा लिइएको जग्गामा यतिबेला लसुन खेति गरिएको छ भने बाँकी रहेको जमिन खनजोत गरेर छोडिएको छ । उहाँका अनुसार लिजमा लिएको जग्गामा रहेको घरमा चिनियाँ नागरिक र उहाँका एकजना भाषा सहयोगी बस्ने गर्छन् । सधै यही बस्छन् त भन्ने जिज्ञासामा ताजपुरियाले भन्नुभयो हप्तामा दुई तीन यतै देखिनुहुन्छ । विरबल चौकमा मात्र नभएर बैगुनधुरामा समेत जग्गा लिजमा लिएर खेति गर्दै गरेका कारण उता पनि जाने गर्नुहुन्छ । उहाँले हास्दै भन्नुभयो यदाकदा मेरो पसलमा समान किन्न आउनुहुन्छ । नेपाली भाषा नबुझ्ने भएकोले मोवाइलबाट सामानको ट्रान्सलेट गरेर सामान लिनुहुन्छ । यसै सम्बन्धमा गौरादह नगरपालिका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो गत बर्षदेखि चिनियाँ नागरिकले व्यक्तिको जग्गा लिजमा लिएर खेति गर्न थालेका छन् । यही बहानमा गौरादहमा चिनियाँ कृषि प्राविधिकहरु आउने जाने गर्छन् । हाल उनीहरुले लिजमा लिएको जग्गा व्यक्तिका नाममा रहेको रतुवाखोलाको उकाशजमिन हो । आफ्नो परिचय मिस्टर छङ भनेर दिने ती चिनियाँ नागरिकले सिन्धुपाल्चोक घर भएका एकजना तामाङ्ग थरका युवालाई पनि सहयोगीको रुपमा राखेका छन् । विरबल चौकमा किराना पसल गरी बसेका राजकुमार ताजपुुरियाले समेत उक्त कुराको पुष्टि गर्दै भन्नुभयो अक्सर खेतिपातिको् लागि नियमित झैँ बस्ने ती चिनियाँ नागरिकले चिनियाँ र नेपाली दुवै भाषामा कुरा गर्ने तामाङ्ग थरका युवालाई सहयोगीका रुपमा राखेको देखिन्छ । खेतिपातिको काममा तिनै तामाङ्ग थरका युवाले स्थानीयलाई ज्यालादारीमा काममा लगाउने गर्छन् ।


आदिवासी ताजपुरियाको् घना बसोबास भएको गौरादह नगरपालिका वडा नं. ६ का अर्का एक स्थानीयले भने यति टाढा आएर चिनियाँहरुले् जग्गा लिजमा लिएर खेति गरेका देख्दा आश्चर्य लागेको छ । विरवल चौकबाट भारतको सबैभन्दा नजिकको सीमा बजार फुलबडिया हो । फुलबडियामा नेपाली उपभोक्ताहरुकै सबैभन्दा बढी चहलपहल हुने् गरेको छ । चिनिया नागरिक पनि स्थानीयसँगै यदाकदा फुलबडियासम्म पुग्ने गरेको उनले सुनाए । जग्गा कस्को हो ? स्थानीयकै हो कि बाहिरको मानिसको हो त भन्ने जिज्ञासामा उनले भने यो जग्गा काठमाण्डौका एकजना नेवार थरका व्यक्तिको हो । उनको यहाँ प्रसस्तै जग्गा, जमिन रहेको छ । यदाकदा ती यहाँ आउने गर्छन् तर अहिले एक बर्षदेखि उनी आएको देखिएको छैन । चिनियाँ नागरिकचाहिँ कतिजना यहाँ बस्छन् त भन्ने जिज्ञासामा उनले भने नियमित रुपमा एकजना देखिने गरेका छन् । तर कहिलेकाँही सात आठ जनासम्म पनि देखिन्छन् । उनीहरु केही दिनको यहाँको बसाई पश्चात फेरि फर्किएर जान्छन् । चिनियाँहरुले गरेको खेतिका तरिका र नेपाली कृषकले गरेको खेतिको तरिकामा के फरक पाउनुभयो त भन्ने जिज्ञासामा उनले भने भिन्नता त देखिएको छ । हाल चिनियाँहरुले गरेको लसुन खेतिकै कुरा गर्ने हो भने आकाश जमिनको फरक छ । नेपाली किसानहरुले खनजोत गरेर ड्याङ्ग बनाई वा नबनाई लसुन रोप्छन् । तर उनीहरुले लसुनलाई विशेष प्रकारको सेतो प्लाष्टिक्समा लसुनको विरुवा मात्र बाहिर आउने तरिकाले प्वाँल बनाएर खेति गरेका छन् । यसरी खेति गर्दा सदैव आवश्यक चिस्यान रहने र बाली फस्टाउने चिनियाँ प्राविधिकहरुका सहयोगी तामाङ्गको भनाई उद्धृत गर्दै उहाँले सुनाए । तामाङ्गको भनाइएको हवाला दिँदै उनले भने लसुन खेति पश्चात चिनियाँहरुले उक्त जमिनमा अंगुर खेति गर्न लागेका छन् । यसका लागि माटोको परीक्षण, आवश्यक खनजोतको काम भइरहेको छ । यसै सम्बन्धमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसँग चिनियाँ नागरिकले नेपाली भूमि लिजमा खेति गर्न पाउँछन् कि पाउँदनन् ? यस सम्बन्धमा कानुनी प्रक्रिया कस्तो छ भन्ने सम्बन्धमा जिज्ञासा राख्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

