धरान । वि.सं. २०७१ सालमा स्थापना भएको धरान एकता समाजको आयोजना तथा धरान सरोकार समाज, धरान मिलन केन्द्र र धरान शाक्य समाजको संयोजनमा काठमाण्डौ–ललितपुरको गोदावरी कुण्डमा वृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ । धरान एकता समाजका संरक्षक सन्दिप श्रेष्ठको प्रयासमा धरान सरोकार समाजका महासचिव राजेन्द्र रिमाल, धरान मिलन केन्द्रका अध्यक्ष संगम श्रेष्ठ र धरान शाक्य समाजका अध्यक्ष दिपेन्द्रराज शाक्यसँगै विभिन्न समयमा धरानबाट काठमाण्डौ गई व्यापार–व्यवसाय एवम् स्थायी बसोबास गर्नुहुने धरानेहरुको वनभोज कार्यक्रममा ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


धरान एकता समाजले आफ्नो स्थापना कालदेखि नै धरानमा मात्र नभएर काठमाण्डौ र प्रवासमा समेत सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । विगतमा नेपालमा भएका हेलिकोप्टर दुर्घटना, बाढी पहिरो पीडितको उद्वार, भुकम्प पीडितहरुलाई यथाशक्य राहत पु¥याउने लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ । वनभोज कार्यक्रममा समेत धरान एकता समाजका संरक्षक सन्दिप श्रेष्ठले धरानेहरुको हक, हित र चासोको सम्बन्धमा जे जस्ता नाममा खुलेका संघ, संगठन भएपनि एक हुनुुको विकल्प नरहेको प्रष्ट पार्नुभएको थियो । उहाँकै पहलमा धरानको नाममा खुलेका चारैवटा संस्था यसपटक एक ठाउँमा उभिएका थिए । यसैगरि धरान सरोकार समाजका महासचिव राजेन्द्र रिमालले काठमाण्डौमा आएर विभिन्न पेशा, व्यवसाय, अध्ययन गरी बसेकाहरुलाई अप्ठेरो पर्दा तत्कालै कम्तिमा एकसय जना भेला हुने परिस्थितिको निर्माण गर्न सबैसँग आग्रह गर्नुभएको थियो । जहिल्यै पनि जहाँ भएपनि, जस्तोसुकै परिस्थितिमा भए पनि एकजुट होऔं । अन्य सयममा आ–आÏना संस्थाहरु आ–आÏना ठाउँमा छन् र मिल्न सक्ने जति एउटै व्यानरमा एकताबद्ध हौ, रिमालले भन्नुभयो । उहाँले जोड दिँदै भन्नुभयो हामी एउटै व्यानरमा आउन सक्ने अवस्था नभएपनि एक अर्कालाई सहयोग गरौं, सहकार्य गरौ, धरानको नाममा जसले कार्यक्रम गरेपनि आÏनै हो भनेर सहयोग गरौ ।





