भ्रष्टाचारी ठहर आन्तरिक राजस्व विभागका पूर्व प्रमुख शर्माको विश्वासपात्र आचार्यको गोरस धन्दा बीस बर्ष अगाडिको बक्यौता बा“की छ भन्दै बन्द कक्षमा बोलाई बार्गेनिङ गर्ने गरेको व्यापारीको गुनासो

धरान । विशेष अदालतबाट गत साउनमा ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४१ रुपैयाँ भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्माका अति विश्वासपात्र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्यको गोरस धन्दा मौलाएको छ । आर्थिक ऐन २०८१ को आयकर छुटका नाममा २३ बर्ष अगाडिको बक्यौता बाँकी छ भन्दै धरानका ११ हजार भन्दा बढी व्यवसायीलाई माघ ८ गते एकै पटक सरोकारविहीन स्थानीय निकायको वडा समितिमार्फत पत्र पठाई आचार्यले आतंक मच्चाउने काम मात्र गरेका छै्रनन् टेलिफोनबाट व्यवसायीलाई आफ्नो कार्यकक्षमा बोलाउने, धम्क्याउने, तर्साउने, मानसिक, फाइनान्सियल तनाव दिएर बार्गेनिङ पश्चात बक्यौता बाँकी छैन भन्ने गरेको व्यवसायीको गुनासो छ । विभागका पूर्व महानिर्देशक शर्माकै निकटताको फाइदा उठाएर सेवा अवधिको १५ बर्षमा तीन महिनामात्र मन्त्रालय बसेका आचार्यका सम्बन्धमा अख्तियार र सम्पत्ति सुद्धिकरण आयोगको मनौता समेत अर्थपूर्ण रहेको लाजिम्पाट स्थित विभागका एक कर्मचारीले धरान साप्ताहिकलाई बताए । उनले भने यस भन्दा अगाडि जुन जुन ठाउँमा आचार्य बसे ती ठाउँहरुबाट व्यवसायीहरुको गुनासो आउने गरेको थियो । कार्यालय प्रमुखको रुपमा आचार्य पहिलो पटक धरान जाँदा पनि व्यवसायीहरुको झनै बढी गुनासो आउने गरेको समेत उनले सुनाए ।
कारोबार बन्द भएको २३ बर्ष पछि बक्यौताको चिठ्ठी

आन्तरिक राजस्व कार्यालय धरान
धरानका प्रतिष्ठित चिकित्सक एवम् राजनैतिक विश्लेषक डा. खालिद हुसैन हक भन्नुहुन्छ नामचाहिँ बुद्धिप्रसाद कामचाहिँ कुबुद्धिकै रहेछ । मलाई पनि चिठ्ठी पठाएको छ वडो मजेदारको छ । उहाँले भन्नुभयो २३ बर्ष अगाडि श्रीमतिको नाममा कपडा पसल थियो । २०५९ सालमा त्यो पूर्ण रुपमा बन्द भयो । त्यसबेला राज्यलाई दिनुपर्ने सम्पूर्ण कर, बक्यौता तिरेर उद्योग वाणिज्य संघको पत्र, धरान नगरपालिकको पत्रसहित बन्द गरेको हो । अहिले आएर आय व्यय विवरण पेश नगरेकोले तपाईलाई १५ लाख जरिवाना गरिएको छ । छुट सहित ९० हजार भनेको छ । मैले २३ बर्ष अगाडि विधिवत फर्म बन्द गराइसकें, कारोबारै छैन । आय विवरण पेश गर्ने भनेर उसले भन्यो कम्प्युटरमा फर्म बन्द गरेको छैन । त्यो गल्ति हाम्रो हैन ।धरानका अर्का प्रतिष्ठित व्यवसायी कृष्णकुमार अग्रवालले भन्नुभयो आचार्यको सम्बन्धमा डाइरेक्टर जनरलसम्म मात्र नभएर माथिल्लो निकायसम्म यो कुरा पुगिसकेको छ । उहाँले भन्नुभयो एकैपटक ०५८ सालदेखिको बक्यौता बाँकी छ भनेर चिठ्ठी काट्नु नै हाँस्यास्पद हो । यसमा कार्यालय प्रमुख आचार्यको नियत सफा
देखिएन । यसैगरी धरानका अर्का व्यवसायीले भने ०५८ सालदेखि ०६३ सालसम्म मेनुअल सिस्टम थियो । कार्यालयमै गएर व्यवसायीहरुले आफूले तिुनपर्ने कर तिर्ने गर्थे ।
करदाता सबैको त्यहाँ फाइल छ । २०६४ सालमा सिस्टम शुरु भयो तर पहिलेको मेनुअल सिस्टमलाई अपग्रेड गरिएन । यसैलाई कार्यालय प्रमुख आचार्य अहिले भँजाउदै छन्, उनले भने । ती व्यवसायीका अनुसार २०५८ पछि चार पटक स्किम आइसकेको छ । त्यसबेला फर्म बन्द गर्न ओरिजिनल प्यान दिँदा बन्द हुन्थ्यो । राजस्व कार्यालयले लगत कट्टा गरेन भने त्यो करदाताको गल्ति हैन । चार पटक आएको स्किममा पछिल्लो दुई बर्षको विवरण बुझाएमा त्यसभन्दा अगाडिको नसोधिने भन्ने थियो ।
नयाँ जोगीले धेरै खरानी घस्छ

गुरु चुडामणि शर्मा भ्रष्टाचारको काण्डमा जेल जाँदा चेला बुद्धिप्रसाद आचार्य धरानमा लखनौ लुटको धन्दा मच्चाउदै ।

आन्तरिक राजस्व कार्यालय धरानका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने नयाँ जोगीले आफूलाई अब्बल दर्जाको देखाउन सबैभन्दा बढी खरानी घस्छ । गएको माघपछि उपसचिव नवौ तहमा बढुवा भएर आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बनेका निजले म ट्यालेन्टेड छु भनेर देखाउन खोजेका मात्र हुन् । उनले भने तर सबै कुरा उल्टो भएको छ । व्यवसायीलाई फोन गरेर आफ्नो कक्षमा बोलाउँछन् र कार्यालयका अन्य कर्मचारीलाई बाहिर जान निर्देशन दिन्छन् । जबकि आयकर ऐनले ४ बर्ष पुरानो खातापाता राख्नु पर्दैन भनेको छ । व्यवसायीले २०–२५ बर्ष अगाडिको फाइल राख्न सक्ने कुरा पनि भएन । व्यवसायीको फाइल सुरक्षित राख्ने जिम्मा कार्यालयको हो । उनले सुनाए कतिसम्म बद्मासी भएको छ भने पत्राचार गरिएका अधिकांश व्यवसायीका फाइल गायव पारिएको छ, त्यसमा भएका कागजातहरु समेत गायव बनाइएको छ । फाइल भेटिएका व्यवसायीलाई छोडिदिनुस् रहेछ केही गर्नु पर्दैन भन्छन् । त्यसो भए यत्तिका चिठ्ठी किन काटियो ती कर्मचारीको प्रश्न थियो । उनले थपे यसभन्दा अगाडिका कार्यालय प्रमुखहरुले केही गर्दै गरेनन् सम्म भन्छन् । व्यवसायीले व्यवसाय गर्दा इमान्दारिता पूर्वक राज्यलाई कर तिरेका छन् । कसैले वा कोही मानिस विशेष परिस्थतिका कारण विदेश गए, उसले एप्लिकेशन दिएर वा नदिइ गयो । त्यस्ता कोही भए कार्यालयले पत्ता लगाएर पत्राचार गर्नुपर्छ । व्यापारीले तिर्छन, बक्यौता बताउनुप¥यो । विवरण नै चाहियो भन्नु त उचित होइन उनले भने ।
व्यापारीको प्रतिनिधिमूलक संस्थाले उपस्थिति देखाउन सकेन

दर्ता हुनुभन्दा दश बर्ष अगाडिको मिति राखेर व्यवसायीलाई कर चुक्ता गर्न आतंकित बनाइएको चिठ्ठी ।
उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था सुनसरी उद्योग वाणिज्य संघ तिनै भ्रष्ट कार्यालय प्रमुखको चाकडीमा देखिएको भन्दै धरानका एक व्यवसायीले आक्रोस पोखेका छन् ।
एक व्यवसायीले भने २०२५ सालमा यो कार्यालय धरानमा खुलेको हो । ०२५ सालदेखिको विवरण माग्यो भने व्यवसायीले के गर्ने ? उनले भने मेरो फर्म २०३१ सालमा रजिष्ट्रेशन भएको हो । त्यसबेला देखिएको विवरण माग्यो भने कहाँबाट ल्याउने ? व्यवसायी आतंकित भएको अवस्थामा उद्योग वाणिज्य संघका केही पदाधिकारी रकम बुझाउन यति दिन बाँकी उति दिन बाँकी भनेर चाकडी गरिरहेका छन्, यो आश्चर्यको कुरा हो । अख्तियार र सम्पत्ति सुद्धिकरण आयोगले डाम्नुपर्ने व्यक्तिको प्रवक्ता भएर काम गरिरहेका छन्, यिनीहरुको गतिविधिले कुनै व्यापारी सन्तुष्ट छैनन् ।
करदातालाई आतंकित हुन नदिने
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले धरानका व्यवसायी एवम करदातालाई आतंकित हुन नदिने बताएका अर्का एक व्यवसायीले धरान साप्ताहिकलाई बताए । उनले भने अब म आफै हेर्छु । चैत्र १५ गते विराटनगरमा राजस्व परामर्श समितिको बैठक छ । त्यसमा सहभागी हुन विराटनगर आउँदा उहाँ धरान आउनु हुने भएको छ । ती यवसायीले भने जतिसुकै पत्र आतंक मच्चाए पनि कार्यालय प्रमुख आचार्यले पैसा उठाउन नसके पनि आफ्नो राम्रो जोहो गरे । यसैसम्बन्धमा आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख लभप्रसाद अधिकारीसँग हाम्रो सुत्रले सम्पर्क राख्दा उहाँले भन्नुभयो जसले नियमित कर तिरिरहेको छ उसले पुनः तिर्नै पर्दैन । इटहरीमा आएका फाइल धरानबाटै हो । इटहरीका व्यवसायीमा कुनै प्रकारको चिठ्ठी आतंक देखिएन नि भन्ने सवालमा उनले भने–जसले ०७९÷०८०, ०८०÷०८१ को कर तिरेर कर क्लियरेन्स लिएको छ केही गर्नै पर्दैन । ०५८÷०५९ सालदेखिको विवरण छैन भनेर कुन हैसियतले भन्ने ? जबकी कार्यालयको सिस्टम २०६४ सालदेखिको मात्र छ । ०५८ सालदखिको कर तिरेको छैनस् भनेर चिठ्ठी पठाउनु नै गलत हो उनले हाम्रो सुत्रलाई भने ।
(बाँकी क्रमश : आगामी अंकमा)

तपाईको प्रतिक्रिया