राज्यसत्ता सञ्चालन गर्न नेपालका राजनीतिक दलहरु पूर्ण रुपमा असफल भएपछि राजसंस्था स्थापनाको एक सूत्रीय माग राखी यतिबेला मुलुकैभरि आम सर्वसाधारण नागरिक सडकमा उत्रिएका छन् । देशको प्रमुख सहरहरुसँगै सर्वत्र नागरिकहरु सडकमा उत्रिएर वर्तमान राज्य व्यवस्थाविरुद्ध आक्रोस जे जसरी पोख्दैछन् त्यसलाई वर्तमान शासकहरुले नजर अन्दाज नगरेको वेश । समय छँदै बुद्धिमत्तापूर्वक नागरिकको आक्रोसलाई उचित सम्बोधन गर्नैपर्छ । तिनै नागरिकहरुले आजका कथित शासकहरुलाई सत्तामा पु¥याएका हुन् भने आज तिनै नागरिक सडकमा विरोध गर्दैछन् । नागरिक शक्तिको अगाडि बडे–बडे शासकहरुको समेत दुर्दान्त अन्त्य भएको छ । हुन त नेपालमा दलीय शासकहरुमा के भ्रम छ भने हामी नै शासक हौ, हाम्रो विकल्प अरु केही हुन सक्दैन । यो भ्रमबाट उनीहरुले बाहिर निस्कनै पर्छ । आज तेस्रो पुस्ताका व्यक्तिहरु जो सामान्य हिडडुल गर्न पनि अरुको सहयोगको आवश्यकता पर्दछ, उनीहरुले शासन गरिरहेका छन् । नेपाली नागरिकले विकल्प नहुँदा यिनीहरुलाई नै पटक–पटक मत दिए । जसलाई उनीहरुले आÏनो लोकप्रियताको कडी सम्झिए ।
विगतमा भएको ०६२÷०६३ को आन्दोलनको मर्म विपरीत वर्तमान शासकहरुको अहंमताले मुलुकमा थेग्नै नसकिने संघीयता, राजसंस्थाको वहिर्गमन भएको हो । त्यसबेला सडकमा संघीयताको नारा लागेको थिएन, राजसंस्था उन्मुलनको नारा लगेको थिएन न कि हिन्दु अधिराज्यका विरुद्धमा नारा लागेको थियो । बाह्य आर्थिक प्रलोभन प्रभावका कारण दुरदर्शी विहीन यहाँका राजनैतिक दलहरुले यी कदम उठाए । सधै अरुसँग मागेर, सार्वभौमसत्ता बन्दकी राखेर, ऋण लिएर संघीयता धान्न नसकिने प्रमाणित भइसकेको छ । त्यसै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयतालाई फ्रड या धोका भनेका होइनन् । आज सधै सत्ताको तर निरन्तर चाट्दै आएका र चाटिरहेकाहरु राजतन्त्रका विरुद्धमा विषबमन गरिरहेका छन् । कहिले राजालाई कोठाभित्र बसेर चुनाव लडेर शासन गर्न चुनौति दिन्छन् । सञ्चारको इतिहासमा राजाले चुनाव लडेको कही नभएको सामान्य ज्ञान समेत यिनीहरुमा देखिएन । अर्कोथरिको रुवाबासी छ एकपटक वहिर्गमन भएका राजसंस्था पुन ः स्थापना हुन सक्दैन । त्यसो भए विगतमा विघटन भएको संसद पुनस्थापना भएको इतिहास कहीँ छैन । यिनीहरुकै आग्रहमा
राजाले संसद पुनस्र्थापना गरिदिएको हैन ? बेलायत, कम्पोडियामा पुन ः राजसंस्था स्थापना भएको यिनीहरुलाई हेक्का छैन ? जे होस् मुलुकको वर्तमान कहालीलाग्दो परिस्थितिमा नागरिकको आशा र भरोसा राजसंस्थामै देखिएको छ । यो मुलुकको अस्तित्व रक्षा गर्न पनि राजसंस्था आवश्यक छ । मुलुकको विकास र समृद्धिका लागि पनि राजसंस्था आवश्यक छ । यी यावत वास्तविकता बुझेरै नागरिक सडकमा ओलिएका हुन् । सडकमा ओर्लिएका नागरिकलाई कमजोर सम्झने भुल वर्तमान सत्ता उन्मादमा रमाएकाहरुले बेलैमा बुझे राम्रो । अन्यथा सानो झिजोले मुढा जलाउँछ भन्ने उखान चरितार्थ हुन समय लाग्ने छैन । आज राजा ज्ञानेन्द्रको एउटा वक्तव्यले यिनका मुटुमा ढ्यांग्रो ठोकिएको छ, यिनीहरु विचलित भएका छन् । सर्वत्र
राजाको वापसीको नारा लागिरहेको, सर्वत्र स्वागत गरिएको छ । किन दलका नेताहरु राजाधानी छाडेर बाहिर निस्कन सक्दैनन् ? किन उनीहरुमाथि ढुंगामुढा भइरहेको छ ?