उट डुलाउदै रकम संकलन गर्दै

धरान । सनातन हिन्दु धर्मालम्बीभित्र रहेको विकृति तथा विसंगति अझै रहेको छ । रकम असुल्ने तरिकामा पनि धेरै बुद्धि पु¥याएको पाइन्छ । केही समय पाँच वटा खुट्टा भएको गाइलाई साक्षत लक्ष्मी भन्दै धरान बजारमा घुमाएकोदृश्यदेखि लिएर उटलाई डुलाएर घर घरमा डुलाउदै रकम उठाउने प्रचलन बढेर गएको पाइएको छ । विहीबार विहान धरान १२ मा तीन जना जोगीले उटलाई डो¥याएर घर घरमा रकम उठाउदै गरेको दृश्य देखियो । मरुभूमिमा मात्र पाइने उट जनकपुर धामबाट ल्यायएको तीनजनाध्ये एक जनाले बजारमा उटलाई तानेर डुलाउने अन्य दुई जना घर घर पसल पसलमा रकम संकलन गर्ने गर्थे । भगवानको नाममा रकम संकलन गरेको बताउने उनीहरुको उटलाई मेची महाकालीसम्म डुलाउने योजना रहेको बताएका थिए ।


पूर्वका धेरै सहरहरुमा घुमाइसकेपछि धरान ल्याइएको उनीहरुले बताए । अग्लो लामो घाटी भएको उटलाई उनीहरुले ओढ्ने, ओछ्याउने, खाने सबै बन्दोबस्त गरी बोकाएका थिए । यसरी बजार घुमाउँदा उट थाकेको जस्तो देखिन्थ्यो । आश्चर्य त के थियो भने उट थाकेर हिड्न नसक्दा एक छिन बस्न दिनुको साटो उनीहरुले उटलाई लठ्ठीले कुट्दै जबरजस्ती हिडाउन खोज्दा उट सिटी सफारीसँग झण्डै जुधेको थियो । त्यही उटबाट रकम संकलन गर्ने त्यही उटलाई वेस्सरी लठीले बजाउने प्रवृत्तिले उनीहरुको धर्मभन्दा पनि जसरी पनि रकम उठाउने उद्देश्य देखिन्थ्यो । एउटा जनावरलाई थाकेको समयमा पनि जबरजस्ती लट्ठीले हिर्काएर हिडाउनु यो सनातन हिन्दु धर्मभित्र पर्छ कि पर्दैन भन्ने कुरा उनीहरुको दानवीय स्वभावले प्रष्ट पारेको थियो ।

तपाईको प्रतिक्रिया