सनातन धर्मको संरक्षणमा विजयपुर अध्यात्मिक मञ्च

धरान । सनातन धर्मको प्रचारप्रसारसँगै धार्मिक क्षेत्रको प्रवद्र्धनमा जुटेका विजयपुर अध्यात्मिक मञ्च आगामी दिनमा सनातन धर्मको संरक्षणका लागि धर्म अनुरागीहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । हिन्दु धर्ममा चाडपर्व, कर्मकाण्डी लगायतका वैद्धिक साँस्कृकित पर्वहरु खर्चिलो बन्दै जादा धर्म परिवर्तन गर्ने होडबाजी पनि उत्तिकै छ । सनातान धर्मको संरक्षण गर्नकै लागि २०४८ सालमा स्थापना भएको यो संस्थाले धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै वैदिक साँस्कृतिक पर्वलाई भड्किलो र खर्चिलो गर्नुहुदैन भनेर स्थापना कालदेखि नै सामुहिक रुपमा निःशुल्क व्रतबन्ध, गुन्युचोली, बेलविवाह लगायतका कार्य गर्दै आइरहेको छ । संस्थाले भर्खरै आफ्नो २३ औं बर्षिकोत्सव र नवौ अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा संस्थामा आवद्ध रहेकाहरुले मञ्चले धेरै काम गरेको भनिए पनि उद्देश्य अनुरुप अझै काम गर्न नसकेको बताएका थिए । संस्थाका सल्लाहकार डा. भरत भट्टराईले वैद्धिक सनातानभित्र रहेका कर्मकाण्डीलाई खर्चिलौ हुन नदिन जुन काम स्थापनादेखि नै मञ्चले गरेको छ, विजयपुरमा भएका मठ मन्दिरमा भएका प्रचारप्रसारमा उल्लेख्य काम गर्न नसकेको बताउनुभयो ।
मञ्चले स्थापना कालदलेखि नै सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको छ । हालसम्म हजारौलाई समावेश गरिसकेको मञ्चलै जनाएका छ । यसका अलावा बालबालिकलाई पनि अध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न यो मञ्चले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीकी संस्थापक अध्यक्ष सरला कायस्थले बालबालिकालाई समावेश गरेर विभिन्न कार्यक्रमको आयोजना गरी अध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न मञ्चलाई आग्रह गर्नुभयो ।

सो अवसरमा मञ्चका नवनिर्वाचित अध्यक्ष पितरुमल अग्रवालले मञ्चले सनातन धर्मको रक्षाका साथै विजयपुरमा रहेका मठ मन्दिरको संरक्षण, धार्मिक पर्यटन भित्र्याउने योजना लगायतका काम गर्न अझै बाँकी रहेको बताउनुभयो । अधिवेशनबाट पितरुमल अग्रवालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्विरौध चयन गरिएको थियो । सो अवसरमा नव निर्वाचिक कार्य समितिलाई कार्यक्रममा सहभागीहरुले सनातनी धर्मालम्बीहरुको हितमा राम्रो र प्रभावकारी काम गर्नका लागि शुभकामना समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया