पूर्वी नेपालको नेपाल–चीन सीमानाका ताप्लेजुङको टिप्तला भन्ज्याङबाट आयात निर्यात शुरु

ताप्लेजुङ । नेपाल–चीन परम्परागत सीमानाका ताप्लेजुङ जिल्लाको टिप्तला भन्ज्याङ २०८१ जेठ १६ गते सञ्चालनमा ल्याएपछि हाल उक्त नाकाबाट व्यवसायिक आयात निर्यात हुन थालेको छ । कोभिडका कारण देखाउदै चीनले एकतर्फी रुपमा २०७६ सालदेखि उक्त नाका बन्द गरिदिएको थियो । तमोर करिडोर क्षेत्रको सुकेपानी सडक खण्डको ट्रयाक केही समय अगाडि खुलेपछि नेपाली ढुवानीका सवारी साधनहरु टिप्तला भन्ज्याङ नाका हुँदै रिउ बजारसम्म पुग्न थालेको ताप्लेजुङ सदरमुकाम फुङलिङका व्यवसायीहरुले बताएका छ् । फुङलिङबाट ओलाङचुङगोलाको दूरी ७५ किमी रहेको छ भने ओलाङचुङगोबाट टिप्तला भन्ज्याङसम्मको दूरी २४ किमी रहेका छ । टिप्तला भन्ज्याङबाट चीनको (तिब्बत) व्यवसायिक केन्द्र रिउ बजारको दूरी २५४ किमी रहेको छ । टिप्तला नाका भएर नेपाली ढुवानीका साधनहरु रिउ बजार पुगेपछि फुङलिङका व्यवसायीहरु उत्साहित भएका छन् । व्यवसायीहरु स्वयम् व्यवसायिक सामान लिनका लागि रिउ बजार पुग्न थालेका छन् भने आफ्नो उत्पादनहरु समेत रिउ बजार पु¥याउन थालेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
ताप्लेजुङ जिल्लाको सीमावर्ती फक्तालुङ गाउँपालिका वडा नं. ७ स्थित रहेको टिप्तला भन्ज्याङ ५ हजार १ सय मिटर उचाइँमा भएको कारणले बाह«ै महिना हिउँले ढाकेको हुन्छ ।
रियु तर्फ के के निर्यात हुन्छ ? के के आयात हुन्छ ?
चीनको सिजाङ प्रान्त अन्तर्गत डिङ्जे काउन्टी (जिल्ला) का रियु बजार यतिबेला सीमावर्ती नेपाली गाउँका व्यवसायीमात्र नभएर ताप्लेजुङ जिल्लाको सदरमुकाम र उक्त जिल्लाको अन्य स्थानका व्यवसायीहरुका निम्ति व्यवसयिक कारोबारका लागि सहज भएको छ । रिउ बजार र ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ बजारको दूरी केवल १२४ किमी रहको छ । हाल टिप्तला भन्ज्याङ नाकाबाट नेपाल तर्फ चोरीको घ्यु, छुर्पी, चौरी–याक, जडिबुटी, काठ, अलची, गलौचा, बाँसबाट बनाइएका घरायसी सामान लगायत निर्यात हुन गरेको छ भने चीततर्फ (रिउ बजार) दैनिक उपभोग्य खाद्यान्न, लत्ता कपडा, आषधि, ुलत्ता चप्पल लगायतका सामाग्री आयात हुने गरेको फक्तालुङ गाउपालिका वडा नं. ७ का वडाध्यक्ष एवम् समाजसेवी छेतेन शेर्पाले जानकारी दिनुभयो । टिप्तला भन्ज्याङ नाका बन्द हुँदा सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको थियो । उनीहरुले हातले बुनेका गलैचाहरु त्यतिकै थन्किएका थिए । लाख भन्दा बढी मूल्यमा बिक्री हुने याक–चौरी, जडिबुटी लगायतका सामान थन्कएका थिए । जीविकोपार्जनको मुख्य उत्पादन त्यसै थन्किएपछि गुजारा गर्न धौ धौ भएको थियो । केही परिवार बसाई समेत सर्न बाध्य भएका थिए । तर अब विस्तारै सीमावर्ती क्षेत्रका स्थानीयहरुको जनजीवन सहज बन्दै गएको शेर्पाले बताउनुभयो ।
नेपालतर्फ छैन भन्सार, इमिग्रेसन कार्यालय


नेपाल–चीन टिप्तला भन्ज्याङ नाका खुले पनि सीमावर्ती क्षेत्रमा हालसम्म भन्सार तथा इमिग्रेशन कार्यालय स्थापना हुन सकेको छैन । उता चीनतर्फ भने व्यवस्थित भन्सार कार्यालय, इमिग्रेशन कार्यालय, पूर्वाधारयुक्त सडक लगायतका संरचना रहेका छन् ।नाकाबाट २४ कमी दूरीमा रहेको ओलाङचुङगोलामा एउटा घरमा भन्सार कार्यालयको बोर्ड झुण्ड्याइएको छ । तर भन्सार कार्यालयमा कोही कर्मचारी छैनन् । काभिड पछि नाका बन्द भएपछि कर्मचराीहरु अन्यत्रै सरुवा भएर गए । तर नाका खुलेको १० महिना बितिसक्दा पनि हालसम्म कोही कर्मचारी नहुँदा आयात गरिएका सामानहरुबाट राजस्व संकलन हुन सकेको छन । तमोर करिडोरको सुकेपानी सडक खण्डको ट्रयाक नखुलेको अवस्थामा स्थानीयहरुले आफ्ना उत्पादन याक तथा चौरीमा बोकाएर रिउ बजार पु¥याउदै आएका थिए । अब त ढुवानीका सवारी साधन चल्न थालेपछि राज्यले भन्सार व्यवस्थित गर्नुपर्ने हो । तर हुन सकेको छैन । हामीले धेरै पटक यस सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरेर आग्रह गरिसकेको शेर्पाले बताउनुभयो । यसका निम्ति प्रमुख जिल्ला अधिकारीले समेत सम्बन्धित निकायमा पूर्वाधार निर्माणका लागि पहल गरिरहेको व्यवसायीहरुले बताएका छन् ।
चीनका उद्योगी व्यवसायीसग सम्बन्ध विस्तार
तमोर सुकेपानी ट्रयाक नखुल्दा र चीनले एकतर्फी बन्द गरेको नाका खुल्नुभन्दा अगाडि ताप्लेजुङको फुङलिङ बजारका उद्योगी व्यवसायीहरुको व्यवसायिक सम्बन्ध भारतका व्यापारी तथा उद्योगीहरुसँग निकट रहेको थियो । ताप्लेजुङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शर्पाका अनुसार अब यहाँका उद्योगी व्यवसायीको निकटता चिनियाँ उद्योगी व्यवसायीहरुसँग बढ्न थालको छ । यस भन्दा अगाडि फुङलिङबाट ७५ किमी उत्तरमा रहेको ओलाङचुङगोला बासीसँग मात्र सदरमुकाम लगायतका जिल्लाका अन्यत्र बजारका व्यवसायीको सम्बन्ध रहेको उनले बताए । ओलाङचुङगोला ३१ सय मिटर उचाइमा रहेको र उक्त स्थानमा ६२ घर परिवार रहेका छन् । यसगरि ताप्लेजुङ जिल्लाको अन्तमि सीमावर्ती गाउँ याङमा ४२ सय मिटरको उचाइमा रहेको र उक्त स्थानमा १० घर परिवार रहेका छ्न । यो दुई गाउँमात्र नभएर विगतमा अर्थात टिप्तला भन्ज्याङ नाका बन्द भएपछि मितलुङ्ग, शिवा, छिरुवा, तापेथोक, लेलेप, सु्केपानी, जंगिन, मौवाटार लगायतका स्थानका बासिन्दाहरु समेत दैनिक उपभोग्य सामानदेखि अन्य अत्यावश्कीय घरायसी सामान खरिद गर्न फुङलिङ बजार नै झर्थे । अब अवस्था बदलिएको बरिष्ठ उपाध्यक्ष शेर्पाले बताउनुभयो । अब फुङलिङका व्यवसायीहरु टिप्तला भन्ज्याङ रिउबाट सामान आयात गर्न थालेपछि सीमावती क्षेत्रका स्थानीयहरु समेत रिउ नै पुग्न थालेका छन् । फुङलिङका उद्योगी व्यवसायीले रिउबाट सामान आयात सस्तो पाइनु नै रहेको बरिष्ठ उपाध्यक्ष शेर्पाको कथन छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट तमोर करिडोर हुँदै विराटनगर जोगबनीको दुरी २५३ किमी रहेको् छ भने काँकडभिट्टाको दूरी २४६ किमी रहेको छ । जबकि टिप्तला नाका हुँदै रिउ सम्मको दूरी १२४ किमी मात्र रहेको छ । जसका कारण चीनको रिउबाट सामान आयात गर्दा ढुवानी लागत कम हुने र उपभोक्ताले कम मूल्यमा सामान पाउने छन् ।
सडक स्तरोन्नति र कालोपत्रे गरिदिने प्रस्ताव
ताप्लेजुङको फुङलिङदेखि टिप्तला भन्ज्याङ सम्मको ९९ किमी सडक कच्ची रहेको छ । सडकको समयमै मर्मत सम्हार हुन नसक्दा बर्षादको समयमा धेरै स्थानमा सडक भत्किने, पहिरोले बगाउने समस्या रहेको थियो । सडकको अस्थालाई मध्यनर गदैै बाह«ै महिना निर्वाध यातायातका साधनहरु चल्न सकून भन्ने उद्देश्यले चीनको डिङजे काउन्टी सरकारले टिप्तलादेखि फुङलिङ सम्मको सडक स्तराननति र कालोपत्र गरिदिने प्रस्ताव विगतमा गरेको थियो । सीमावर्ती द्विपक्षीय नियमित बैठकमा उसले त्यस्तो प्रताव गर्दै आएको छ । चार महिना अगाडि ताप्लेजुङ्ग जिल्लाको प्रमुख अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गएको नेपाली अधिकारी हरुको टोलीसमक्ष डिङ्जे काउन्टी पार्टी कमिटीका सचिव ताओ मिङजुनले त्यस्तो प्रस्ताव गरेका थिए । त्यसभन्दा अगाडिका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाको नेतृत्वमा गएको टोली समक्ष समेत डिङजे काउन्टीका तत्कालिन प्रमुख कुङगाले तत्काललाई १ अर्ब रकम दिने र उक्त रकमबाट टिप्तला भन्ज्याङदेखि ओलाङचुङ गोला सम्मको सडक कालोपत्रे गरिदिने बताएका थिए । तर छलफलपछि प्रमुख जिल्ला अधिकारी निरौलाले प्रस्ताप सकारात्मक भए पनि सरकार–सरकार बीचमा सहमति गरेर अगाडि बढाउँदा उचित हुने तर्क राखेका थिए ।

तपाईको प्रतिक्रिया