धरान । आम धराने जनताको असहमति रहँदा रहँदै पद र शक्तिको आडमा एसियाली विकास बंंैकको ऋणमा सञ्चालित खानेपानीमा काँग्रेसका पूर्व वाणिज्यमन्त्री मिन विश्वकर्माले करोडौ भ्रष्टाचार गरेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले छानविन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

मेयर राईले माघ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा त्यस्तो उजुरी गरेका हुन् । प्रमुख राईले गरेको उजुरीमा भनिएको छ पूर्व उद्योग तथा वाणिज्य मन्त्री तथा पूर्व सांसद नेपाली काँग्रेसका मिन विश्वकर्माले एक मिडियाको चक्रव्यूह नामको कार्यक्रममा अन्तरर्वार्ता दिँदा १५० करोड एडिबीबाट ऋण अनुदान ल्याएर खानेपानी योजना गरेको भनी बोलेको तर धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखित जानकारी अनुसार ऋण र अनुदान जोडेर जम्मा १, २८,०६,७५६२१ रुपैयामात्र खर्च गरिएको भन्ने बुझेकाले बाँकी रकम रु २१,९३,२४,३७९ रुपैया हिनामिना भएको भन्ने बुझिन्छ । निजलाई लिखितमा सोधिखोजी गरी बाँकीको रकम रु २१,९३,२४,३७९ रुपयाँ के कसरी खर्च भएको हो सो बुझि जानकारी पढाइदिन हुन समेत उनले अनुरोध गरेका छन् । हिसाब किताब नदेखिएको खण्डमा कानुन बमोजिमको आवश्यक कारबाही गरिदिन पनि अनुरोध गरिएको छ ।
