१८६१ सोनाम ल्होछार धरानमा पनि मनाइयो

धरान । तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६१ धरानमा धूमधामसँग मनाएका छन् । नेपाल तामाङ घेदुङ संघ धरान उपमहानगरको आयोजनामा भएको पर्वमा सबै जातजाति, धर्म सँस्कृति तथा राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । धरानको भानुचौकमा आयोजना गरिएको सो कार्यक्रममा सबैले सोनाम ल्होसारको शुभकामना दिएका थिए । गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिने भएकोले यो पर्व तामाङ समुदायले हर्सोल्लासका साथ मनाउने गर्छन् । सोनाम ल्होछार १२ वर्ष चक्रअन्तर्गत मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी विभाजित छ । यसपटक सर्प वर्षको शुरुआत भएको छ । ल्हो अर्थात् वर्ग (वर्ष) र छार अर्थात् नयाँ भन्ने अर्थमा ल्होछारलाई नयाँ वर्षको रूपमा प्रत्येक बर्ष मनाइने गरिएको तामाङ घेदुङ सघका नगर अध्यक्ष सपन योन्जनले जानकारी दिनुभयो ।


यो उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने भएता पनि तामाङ समुदायमा विशेषगरी पाँच दिनसम्म घरघरमा उत्सव मनाइन्छ । तर पछिल्लो समय यो पर्व सार्वजनिक स्थलमा सबै एकै ठाउँ भेला भएर मनाउने प्रचलन बढ्दै गएको छ । यसले हरेक जातजातिलाई चाडपर्व सबै नेपालीले अपनत्व गर्दै गएको तामाङ घेदुङ संघका नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वका अवसरमा गुम्बाहरूमा पूजा, दज्र्यु गाड्ने, छो प्रसाद वितरण, शुभकामना आदानप्रदान, मान्यजनबाट आशीर्वाद लिने, चेलीबेटी र इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक भोज र साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिने प्रचलन रहेको छ । सोनाम ल्होछारको महत्वलाई मध्यनजर राख्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । पर्वको अवसरमा विहान सघले धरानको भानिचौकदेखि आफ्नो जातिय भेषभुसा डम्फू सहित अन्य जातिका सहभागितामा निकालिएको ¥याली छाताचौक सिहदेबी हुदै पुरानो बजारहुदै पुनः कार्यक्रम स्थलमा आएर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो भने राष्ट्रिय कलाकारद्वय प्रेम लामा र रन्जित लामासमेत बेजोड प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया