धरान । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणमा रोक लगाउदै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच भएको झडप पछि पहिचानवादीहरुले अन्दोलनलाई निरन्तता दिँदै आएका छन् । उनीहरु बन्द हड्तालमा उत्रिएका छन् भने् निर्मणाधी कैवलकार परियोजनाको काम नरोकिएसम्म आन्दोलनलाई निरन्तता दिने चेतावनी समेत दिँदै आएका छन् ।
मुक्कुमलुङ संरक्षण संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङलगायतका विभिन्न संघ–संस्थाले केवलकार निर्माण तत्काल रोक्न माग गर्दै आन्दोलित भएको बेला अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले समेत केवलकार निर्माणको विरोध गर्दै निर्माणको काम नरोकिएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले केवलकार निर्माणको विरोध गर्दै धरानमा विरोध सभाको आयोजना गरे । पार्टीको धरान नगर कमिटीले आयोजना गरेको विरोधसभामा पार्टीका कोचिला राज्य समितिका अध्यक्ष तेजनारायण चौधरीले सरकारले विकास निर्माणको काम गर्दा स्थानीयहरुसँग छलफल र सहकार्य गरेर गर्नुपर्ने प्रावधान संविधानमै उल्लेख गरिएको भएपनि बलजफत ढंगबाट निर्माणको काम शुरु गरेको आरोप लगाउनुभयो । उहाँले एउटा व्यक्तिको फाइदाका लागि पाथीभरा मन्दिर आपसासका सबैको रोजीरोटी खोसिने गरी आएको योजना आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


यस्तै पार्टीका सुनसरी सदस्य मदन तामाङले यो आन्दोलर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको चासो बढिरहेको बताउदै पाथीभराको संरक्षणको लागि धरान लगाउत सबैतिर खबरदारी निरन्तर गरिहने बताउनुभयो । यस्तै केवलकार बनिरहँदा त्यहाँका स्थानीय बासिन्दाको रोजीरोटीको विषयमा पनि सरकारले ध्यान दिनुपर्नेमा त्यसलाई वेवास्ता गर्दै राज्य एउटा व्यक्तिको स्वार्थका लागि एकोहोरो ढंगबाट अगाडि बढेको पार्टीकी धरान नगर अध्यक्ष कौशिला चेम्जोङले आरोप लगाउनुभयो । अहिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार रियोजनाविरुद्धको आन्दोलन तीब्र बन्दै गएको छ । उनीहरुले मंगलबारबाट गरेको बन्द हड्ताल जारी राखेका छन् । उनीहरुले जारी राखेको बनदका कारण मेची राजमार्ग र तमोर करिडोर ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआली क्षेत्र प्रभावित बनैको छ । सो अवसरमा कोशी प्रदेश सरकारले वार्ताको आवहान गरिरहेको बेला संघर्ष समितिहरूले सरकार र परियोजना प्रवद्र्धक आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई केवलकार निर्माण रोक्न पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरेपछि उनीहरु अझ आक्रोसित बनेका छन् । यस बीचमा पाथीभरा केवलकारको विरोधमा सक्रिय ‘नो केबलकार समूह’ का अगुवा एवम् पहिचानवादी नेता प्रदीप मादेनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेपछि उनीहरु थप आन्दोलित बनेका छन् ।
