२५ औ बुढासुब्बा गोल्डको तयारी पूरा : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवबाट उद्घाटन गरिने

धरान । २५ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक धरन फुटबल क्लबले जनाएको छ । क्लबले सञ्चारकर्मीहरुलाई जानकारी गराउने उद्देश्यले विहीबार धरान १६ रंगशालामा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिता १९ गते देखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । उहाँले रंगशाला सम्याउने बाहेक प्रतियोगितामा चाहिने सम्पूर्ण तयारी पूरा भएकोे जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले गर्नु हुने भएको छ । उद्घाटन कार्यक्रमलाई बढी तामझाम नबनाई विद्यालयका छात्र र छात्राहरुद्वारा मार्चपासका साथै ८० जना विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गर्ने उहाँले जानकारी गराउनुभयो ।


प्रतियोगितामा चर्चव्वाईज काठमाण्डौ, एनआरटी कलब काठमाण्डौ, विभागी टिम नेपाल पुलिस क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, राजा क्लब इटहरी, आयोजक धरान फुटबल क्लबससँगै भारतको युकेएफसी र भुटानको राष्ट्रिय टिमले भरिपूर्ण आरटिसीएफटी गरी ८ वटा टिमले सहभागिता जनाउने र केही टिम धरान आइसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँले ५ पटक फाइनलमा प्रवेश गर्दा पनि धरान फुटबल क्लबले एक पटक जित हात पार्न नसकेकोप्रति राम्रा टिमहरु भएपनि पराजित भोग्नुपर्ने अवस्था आउनुमा क्लबको ‘ब्याडलक’ भएको बताउनुभयो । सो अवसरमा यस पटक २५ औं गोल्डकप रजत जयन्तिको अवसर परेकोले २५ औंं बर्षको केक काटेर प्रतियोगिताको उद्घाटन गरिनेछ भने पहिलो पटक २०५५ सालमा धरानबाट बुढासुब्बा गोल्डकप प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई क्लबले फाइनलका दिन सम्मान गर्ने कार्यक्रम समेत राखेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सम्मानित हुनेमध्ये क्लबबाट खेल्ने पहिलो.रोमी मोक्तान र शिव राना मगरले मोफसलकै पुरानो र सबैभन्दा ठूलो गोल्डकपको चाम विगतको भन्दा घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनीहरुले बुढासुब्बा गोल्डकको विगतको चाम धेरै भएपनि पछिल्लो समय खस्किदिै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् प्रतियोगितामा प्रथम हुने टिमले नगद १० लाख ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पहिलो पुरस्कारको प्रायोजन धरान बहराइन एकता समाजले गर्ने भएको छ । यस्तै दोस्रो टिमलाई नगद ५ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो टिमलाई हाल पोर्चुगलमा काम गरिरहनुभएका अरुण राईले प्रायोजन गर्नुभएको छ भने प्रत्येक खेलको म्यान दि म्याचको पुरस्कार माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टर धरान १० ले गर्ने भएको छ । सबैको साथ सहयोगबाट चल्दै आएको बुढासुब्बा गोल्डकपलाई थप व्यवस्थित बनाउन २०६१ सालमा सञ्चालन भएको अक्षय कोषलाई व्युताएर चलायमान बनाउने क्लबका महासचिव नविन राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया