नेपालको सबैभन्दा असल छिमेकी राष्ट्र भारतको ७६ औ गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न

धरान । नेपालको सबैभन्दा असल छिमेकी राष्ट्र भारतको ७६ औं गणतन्त्र दिवस धरानमा समेत भव्यताका साथ मनाइएको छ ।
भारतीय राजुतावास पेन्सन वितरण कार्यालय धरानमा ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको हो । कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनौजियाले परिषरमा भारतीय झण्डोत्तोलनसँगै बीर सहिदहरुको स्मारकमा श्रद्धापूर्वक माल्यार्पण गर्नु भएसँगै नेपाल र भारतको राष्ट्रिय गीत प्रस्तुत गर्दै उपस्थित अतिथिहरुबीचमा शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा बोल्दै प्रभारी अधिकारी मेजर कनौजियाले भन्नुभयो आजको दिन भारतको इतिहास परिवर्तनमा अत्यन्तै महत्वपूर्ण र एउटा मोड हो । यसै दिनमा भारतको संविधान लागू भएको थियो । इस्वीसंवत १९५० जनवरी २६ देखि भारत एक सम्प्रभुता, समाजवादी, धर्म निरपेक्षक र लोकतान्त्रिक गणतन्त्र बन्यो । यस दिनलाई भारतीय लोकतन्त्रको शक्तिको प्रतीक समेत मानिन्छ । २६ जनवरी १९५० मा गणतन्त्र स्थापना भएपछि देशको संविधान लेखनमा डा भिमराव अम्वेडकरको सबैभन्दा ठूलो हात रहेको थियो । त्यसैले म उहाँले दिएको योगदानको कदर गर्दै यसै मञ्चबाट नमन गर्दछु । आजको दिनले हामीलाई स्मरण गराउँछ कि स्वतन्त्रता र लोकतन्त्रका लागि हाम्रा पूर्वजहरुले कति संघर्ष गर्नुभएको थियो । त्यसैले हामीले हाम्रा वीर जवान र नागरिकहरुलाई उनीहरुको असाधारण बहादुरी र योगदानको हृदयदेखि नै धन्यवाद दिनै पर्दछ ।
उहाँले भन्नुभयो हामी सबैलाई अवगत नै छ भारतमा गणतन्त्र स्थापनाका लागि नेपालबासी भारतीय सैनिकहरुको समेत अत्यन्तै महत्वपूर्ण योगदान रहेका छ । आजको दिन हामीले उहाँहरुको त्याग र बलिदानलाई स्मरण गर्नपर्छ । म उहाँहरुको त्याग र बलिदानलाई आत्मसात गर्दै उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यही कुरालाई मध्यनजर गर्दै नेपालमा बसोबास गर्नुुहुने भूतपूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवालाई सेवा दिने अभिप्रायले नेपालमा पेन्सन वितरण कार्यालयको स्थापना गरी उनीहरुको सर्वाङ्गिर्ण हितका लागि कल्याणकारी कार्यसँगै उहाँहरुको जीवनमा भैपरि आउने समस्याको निवारण गरिने गरिएको छ । पेन्सन वितरण कार्यालयले हाम्रा १५ हजार भन्दा बढी भूतपूर्व सैैनिक तथा तिनका आश्रित परिवारलाई पेन्सनमात्र वितरण नगरी बाह«ै महिना मेडिकल सेवा पनि प्रदान गर्दै आइरहेको छ । पूर्वी पहाडी जिल्लाहरु भोजपुर र इलाममा इसिएचएस पोलिक्लिनिकको स्थापना गरिएको छ । साथै मौसमी क्याम्प गरिएको समयमा (ःःग्) मोवाइल मेडिकल युनिट लैजाने प्रस्ताव रहेको छ । मेजर कनौजियाले भन्नुभयो हाम्रो पेन्सन वितरण कार्यालयले कोशी प्रदेशमा रहेका १४ वटै जिल्ला, मधेश प्रदेशका ४ वटा जिल्ला र बागमती प्रदेशका २ जिल्ला सिन्धुली र रामेछापमा रहेका पेन्सनरहरुलाई सेवा प्रदान गर्दै आएको छ । मेजर कनौजियाले भन्नुभयो दुर्गम पहाडी भेगमा सञ्चालित क्याम्पहरु इलाम, भोजपुर, तेह्रथुम, फिदिम, ताप्लेजुङ, ओखलढुंगा, धनकुटा, खाँदबारीसँगै भूपूहरुको वाहुल्यतालाई मध्यनजर गरी २०२३ देखि सोलुखुम्बु, संखुवासभामा पनि क्याम्प सञ्चालचलन हुन थालेको छ् । यसका अलावा तराईका भद्रपुर, विर्तामोड, दमक, दुधे, पथरी, बेलटार, लेटाङ, बेलाबारी, कटारीमा क्याम्पस सञ्चालन हुँदै आएकोमा भूपूपूहरुको बाहुल्यतालाई मध्यनजर गर्दै थप केही स्थानमा सुनसरीको झुक्का र तहरामा पनि मौसमी क्याम्पस सञ्चालन हुन थालेको छ । आधुनिककरणलाई ध्यानमा राखी पूर्वाञ्चलमा बसोबास गर्ने सम्पूर्ण भूपूहरुको डकुमेन्ट्सलाई डिजिटलाइजेसन गरिएको छ । भूपूहरुको जति पनि डकुमेन्ट्स छन् ती डिजिटाइलेसन गरिएकोले अब कहीँ जाँदा पनि सबै डकुमेन्ट बोकेर जानु पर्दैन । यसैगरि पिपिओको हाताभित्र भूपू र तिनका आश्रित परिवारको सुविधानलाई धयनमा राखेर नेपाल एसविआइ बंैंक र एभरेष्ट बैंकको काउन्टरको व्यवस्था गरिएको र आधुनकीकरणलाई ध्यानमा राखी बीर नारी तथा युवा युवतीको भविष्यलाई मध्यनजर गरी स्वरोजगार योजना अगाडि सारेको छ । जस अन्तर्गत कम्प्युटर तालिम, सिलाई बुनाई, व्युटी पार्लरको तालिमबाट धेरैलाई स्वरोजागर बनाइएको छ । साथै नेपालमा सञ्चालित धेरै योजनाहरुमा भारत सरकारको सहयोग रहँदै आएको भन्दै उहाँले भूपू र तिनका आश्रितका लागि भेइकल पार्किङ सेडको समेत निर्माण भएको, शारीरिक र मनोबल उच्च गराउनका लागि हामीले भपूहरुको बीचमा इन्टर भूपू व्याडमिन्टन प्रतियोगिता, इन्टर भूपू भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएका छौं । भूपूहरुकै माग अनुसार एउटा भेइकल भएपनि मिनी बस समेत आइसकेको उहाँले जानकारी दिनुभयो ।


पेन्सन वितरण कार्यालय धरानले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै प्रत्येक बर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो बर्ष १८८ पिन्ट रगत संकलन भएको छ । विराट मेडिकल टिचिङ्ग हस्पिटलको सहकार्यमा ११ जनवरी २०२५ मा महिलाहरुको स्तन क्यान्सर, पाठेघर, मुटुरोग, हाडजोर्नी, आँखाको निःशुल्क शिविर सञ्चालन गरिएको समेत प्रभारी अधिकारी मेजर कनौजियाले जानकारी दिनुभयो । उत्तः कार्यक्रममा बीर नारी तथा वीर पदकधारक १० जनालाई ब्लाङकेट तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भारतीय राजदुतवास रक्षा विभाग काठमाण्डौबाट भारतीय भूपू सैनिकहरुका विविध गतिविधिलाई समेटी प्रकाशित हुँदै आएको ‘भूपू पत्रिका २०२५’ को राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कायालयका प्रमुख इन्द्रकुमार लामा र प्रभारी अधिकारीले संयुक्त रुपमा लोकार्र्पण गर्नुभएकोे थियो । हरेक बर्षहरुमा झै धरानस्थित दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले मनोरन्जत्मक नृत्यहरुले आमन्त्रित सबैलाई मोहित बनाएको थियो । साथै भूपू तथा अन्य आमन्त्रितहरुको मनोरञ्जनका लागि भूपू समितिहरु बीचमा टक अफ वार (रस्साकस्सी), सुई धागो प्रतियोगिता समेत आयोजना गरिएको थियो । टक अफ वार प्रतियोगितामा भूपू समिति तरहरा प्रथम भएको थियो भने भूपू समिति इटहरी दोस्रो भएको थियो । यसैगरि भारतीय भूतपूर्व समितिहरुबीच पौष २२ देखि २४ गतेसम्म भएको दोस्रो इन्टर भूपू समिति भलिवल प्रतियोगिता २०२४ का विजेता धरान ए र उपविजता धरान बी टिमलाई ट्रफीका साथै प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरि पौष २७ गते कार्यालयको परिषरमा आयोजित वृहत रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता जनाउनु हुने उदयपुर भूपू समिति र झापा भूपू समितिका अध्यक्षहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । ा सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी शम्भु सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मी, प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी जयराज सापकोटा, वृटिश गोरखा वेलफयरका श्याम कुमार राई, सशस्त्र प्रहरी बल इनरुवाका प्रमुख समयनन्द बज्राचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिना, कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी विनोद घिमिरे, इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगु, राष्ट्रिय अनुन्धान कार्यालय सुनसरीका प्रमुख तुलसी कट्टेल, एसपी धरानका देवेन्द्र सिंह, ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा लगायत स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थामा आवद्ध समाजसेवी, भूतपूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया