कोशी प्रदेश सरकारले पर्यटन बर्ष २०८२ मनाउने तयारीलाई तिब्र बनायो

धरान । कोशी प्रदेश सरकारले २०८२ लाई ‘पर्यटन बर्ष’ घोषणा गरेसँगै त्यही अनुरुपको तयारी समेत थालेको छ । ‘रमणीय कोशी’ भन्ने नाराका साथ आयोजना हुन लागेको पर्यटन बर्षको तयारीमा कोशी प्रदेश उत्साहित बनेसँगै कोशी प्रदेशमा रहेका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा पर्यटनसम्बन्धी सरोकारवाला पक्ष उत्साहित बनेका छन् । नेपालको अन्य प्रदेशको तुलनामा कोशी प्रदेश पर्यटकीय सम्भवना बोकेको प्रदेशभित्र पर्दछ । सम्भावना बोकेकै कारण यस प्रदेशभित्र अधिक भन्दा अधिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ २०८२लाई पर्यटन बर्षको रुपमा मनाउने तयारीमा लागेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै संयोजकत्वमा विभिन्न समितिहरु निर्माण गरी शुरु गरिएको अभियान अन्तर्गत केही दिन अगाडि आयोजक कोशी प्रदेश सरकारले सुनसरीको कोशी टप्पुमा कोशी प्रदेशमा रहेका स्थानीय सरकार प्रमुख, पर्यटन व्यवसायी तथा पर्यटन प्रवद्र्धनमा लागेका सम्बद्ध पक्षहरुलाई समावेश गराई कोशी प्रदेश पर्यटन बर्ष मूल आयोजक समितिकौ वैठक समेत बसेकौ थियो । पर्यटन बर्षको तयारीमा सरकार आफै लागेका कारण व्यवसायीहरु अझ उत्साहित देखिन्छन् । पर्यटन बर्षलाई सफल बनाउन कोशी प्रदेशले मूल आयोजक समिति, निर्देशन समिति, कार्यक्रम कार्यान्वयन समिति र सचिवालय गरी तहगत रुपमा चारवटा संरचना निर्माण गरेको छ ।


कोशी प्रदेशका पर्यटन व्यवसायी एवम् सरकारले गठन गरेको निर्देशन समितिका सदस्य बासुदेव बरालले नीजि क्षेत्र र सरकारबीच साझेदारी गरेर अगाडि बढ्न सक्ने वातावरण यो पर्यटन बर्षले उत्प्रेरणा जगाउने अपेक्षा लिएको र कोशी प्रदेशको पर्यटन बर्षले नीजि क्षेत्रमा लागेका व्यवसायीहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो । त्यसो त पर्यटन पवद्र्धनमा लागेका कोशी प्रदेशका स्थानीय तहहरुले समेत कोशी प्रदेशले तयारी थालेको पर्यटन बर्षमा पर्यटनका सम्बनिधत पक्षहरु साझेदारी र सहकार्य गरेर अगाडि बढेको खण्डमा भ्रमण बर्षले साथर्कता पाउने बताएका छन् । कोशी प्रदेशकै पर्यटकीय हव मानिदै आएको साँगुरीगढी गाउँपालिकाको भेडेटार तथा आससका क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुने साँगुरीगढी गाउँपालिकाकाका अध्यक्ष जितेन्द्र राइ आंकलन गर्नुहुन्छ । उहाँले गाउँपालिकाले पनि आफ्ना क्षेत्रमा भएका पर्यटकीय स्थलको प्रवद्र्धनमा धेरै कामहरु गर्दै आएको बताउदै कोशी प्रदेशले मनाउन लागेको पर्यटन बर्षले पर्यटनको क्षेत्रमा इँटा थाप्ने काम गर्ने बताउनुभयो । कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि सबै होटो ठाउँ झापाको केचनाकवलमात्र हैन यस क्षेत्रमा धार्मिक पर्यटनसँग जोड्ने आधारको रुपमा ऐतिहासिक मठमन्दिर रहेका छन् । विभिन्न क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि पनि पहिलो चरण अन्तर्गत सुनसरीकौ कोशी टप्पुमा मूल आयोजक समितिको बैठक राखिएको मूल आयोजक समितिका सह संंयोजक कृष्ण साहले जानकारी दिनुभयो । कोशी प्रदेशमा भएका पर्यटकीय क्षेत्र तथा धार्मिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै बढी भन्दा बढी भारतीय पर्यटक भित्र्याउन सकिने भएकोले आर्थिक उपर्जानको मूल आधार नै पर्यटनलाई बनाउन सकिने भएकोले पर्यटन बर्ष २०८२ मनाउन लागिएको मुख्यमन्त्री एवम् मुल आयोजक समितिका संयोजक हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । हुन त नेपाल सरकारले यस भन्दा अगाडि पनि भ्रमणबर्ष मनाएकै हो । तर यो भ्रमण बर्षले पर्यटन प्रवद्र्धनमा खासै उपलब्धी भने भएन । अहिले कोशी प्रदेशले पनि २०८२ लाई पर्यटन बर्षको रुपमा मनाउने जुन तयारी गरेको यसले सार्थकता बनाउन सबै पक्ष गम्भीर लाग्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया