एघार सदस्यीय चिनियाँ टोली १० दिने भ्रमणका क्रममा संखुवासभाको किमाथांका पुग्यो जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्ने वातवारण बनाइदिन कोशी प्रदेश सरकारलाई आग्रह

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना चीन भ्रमणका क्रममा विआरआई सम्झौतामा हस्ताक्षर गरेँसँगै चिनियाँ सरकारका प्रतिनिधिहरुको कोशी प्रदेशको दौडाहा शुरु भएको छ । गत हप्ता चीनको मल्टीनेशनल निर्माण कम्पनी (चाइना पावर कम्पनी) र सिने हाइड्रो कम्पनीबाट ११ सदस्यीय चिनियाँ सरकारी टोली विराटनगर आएको थियो । उक्त टोलीको नेतृत्व वाङ झि झाङले गरेका थिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर
विराटनगर आएका उनीहरु होटल विगमा पुगेका थिए । उनीहरुलाई होटल विगमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कानुन तथा आन्तरिक मामला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, पर्यटन तथा वातावरण मन्त्री शदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरङ्गका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई (हाल सरुवा भइसकेको), राजनीतिक दलका नेताहरु, विराटनगरका उद्योगीहरुले स्वागत गरेका थिए । चिनियाँ टोलीलाई स्वागतसँगै होटल विगतमा डिनरसँगै औपचारिक कार्यक्रम समेत आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

सो अवरमा टोलीले नेतृत्व गर्नुभएका वाङ झि झाङले आफूहरु नेपालमा लगानी गर्न इच्छुक रहेकोले सम्भावनाको अध्ययन गर्न कोशी प्रदेशको दश दिने भ्रमणमा आएको बताउनु भएको थियो । खास गरेर जलविद्युत, पर्यटन क्षेत्रमा लगानी गर्ने भएकोले लगानीको वातावरण बनाइदिन उहाँले प्रदेश सरकार,
राजनैतिक दलहरुलाई आग्रह गर्नुभएको थियो । प्रत्युत्तरमा कोशी पदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिनियाँहरलाई लगानीका लागि उपयुक्त वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो । होटलको छाटो औपचारिक कार्यक्रमपश्चात चिनियाँ टोली काठमाण्डौ फर्किएको थियो ।
यसै सम्बन्धमा जिज्ञासा राख्दा मोरङका निवर्तमान प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो उनीहरु चीनको सरकारी कम्पनी चाइना मल्टीनेशनल निर्माण कम्पनीबाट आएका हुन् । हाइड्रो निर्माणका लागि उनीहरुले अध्ययन गर्ने भएका छन् । यसका अलावा पर्यटनमा लगानीका लागि भुगोल समेत हेर्ने भएका छन् । सम्भाव्यता अध्ययन गर्न उनीहरु काठमाण्डौबाट तुम्लिङटार विमान स्थल भएर किमाथांकासम्म जानेछन् । संखुवासभाको खाँदबारी किमाथांका १६२ किमी सडक चीनले विआरआई (वहुउद्देश्यीय विकास आयोजना) मार्फत निर्माण गर्ने सहमति भएकोले पनि चिनियाँ टोली किमाथांका जान लागेको भट्टराईल जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार चाइनाको मल्टी नेशनल निर्माण कम्पनी नेपालको दुरसञ्चार जस्तै ठूलो कम्पनी हो । यिनीहरु काठमाण्डौबाटै संखुवासभा ओहोर–दोहोर गर्छन् । यसभन्दा अगाडि यही कम्पनीले रसुवाको सिक्टामा सिक्टा सिँचाई आयोजनाको हेड बक्स (खोलाबाट पानी तानेर नहरमा फाल्ने) काम गरेका थिए । यसैगरि रसुवामा ७८ मेघावाटको जलविद्युत उत्पादन गरेका थिए । नेपालका धरै खोला नालामा निर्माणको काम गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया