‘नेपाल कसैको रणमैदान होइन’

धरान । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २०३ औं जयन्ति यस बर्ष सर्वत्र भव्य रुपमा मनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, आम सर्वसाधारण, राजनैतिक पार्टी, विभिन्न संघ संस्थाहरुले पृथ्वी जयन्तिलाई राष्ट्रिय एकताको रुपमा मनाएका हुन् । यसै सन्दर्भमा नेपालका राजा ज्ञानेन्द्र वीर विक्रम शाहद्वारा पृथ्वी जयन्तिका अवसरमा देशबासीका नाममा एक शुभकामना सन्देश जारी भएको छ । राजा शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएका छ–जतिबेला विश्व साम्राज्य कसैको अधिनमा थियो, संसारका अधिकांश मुलुक औपनिवेशिकताको नियति भोग्दै थिए । कैयौ साना मुलुक आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए । त्यस्तो समयमा साम्राज्यवादका आँखा अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौति थिएन ।

तितरवितर भएर छरिएको र स–सानो भुगोलमा विभक्त भएको नेपालमा हाम्रो राष्ट्र निर्माताबाट एक सिंगो र सग्लो राष्ट्रको रुप दिइबक्सियो । यो विषय केवल भुगोलको मात्र होइन, विविधिता भिजेको एक सामाजिक समन्वयको कडी पनि थियो । मौसुफबाट देशको आन्तरिक एकता र अविछिन्न राष्ट्रिय एकताका सुत्रहरु पनि दिव्य उपदेश मार्फत हामीलाई बक्सेकोे छ । शुभकामना शन्देशमा भनिएको छ चार वर्ण छत्तीस जातको साझा फूलबारी नै नेपाल भएको स्मरण गराई बक्सदै हाम्रो मौलिक अर्थव्यवस्था, साँस्कृतिक एवम् सामाजिक व्यवहार, राजनैतिक सुरक्षा, न्याय, कुटनीति, राष्ट्रका नीति तथा व्यवहार बारेमा मार्गदर्शन गरिबक्सेको छ । मौसुफको मार्गदर्शनलाई हामीले आत्मसात गर्दै तदनुरुप व्यवहार गर्न सक्यौ भने नेपाललाई अनन्त कालसम्म कसैको छायाँले नभेट्ने् विश्वास हामीले गरेका छौं । नेपालको सुरक्षा र समृद्धिका निम्ति हामीले अरु कुनै देशीद्वारा मिश्रित दर्शन, सिद्धान्त, विचार अनुशरण नपर्ने केवल राष्ट्र निर्माता द्वारा प्रतिपादित सिद्धान्तलाई अवलम्बन मात्र गर्दा हुने ठहर हामीले गरेका छौं । संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलंकित छौंं, गर्भान्वित महससु गर्दछौं । देश रक्षा र समृद्धिको सम्पूर्ण दर्शन वडा महाराजाधिराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवथा रहँदारहँदै हामीमध्येकै कतिपय दाजुभाइ, दिदीबहिनी किन परायाद्वारा सृजित वाद र विवादको चक्रव्यूहमा फसेका हुन् ? हामी सबैले आत्म समक्षा गर्नुपर्ने बेला आएको छ । विश्व राजीतिमा उचारचढाव उत्पन्न हुनु र शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर संसारमा उत्पन्न भइरहेको उतार चढाव र असन्तुलनको स्थितिमा पनि देशलाई सुरक्षित एवम् एकताबद्ध राख्ने ज्ञान हामीलाई दिव्य उपदेशमार्फत प्राप्त छ । त्यसैले सबै देशभक्त नेपालीले दिव्य उपदेशलाई आफ्नो मार्गदर्शन सिद्धान्त बनाउनु उपयुक्त हुने हाम्रो विश्वास छ ।
सबै शक्ति राष्ट्रहरुको नीति र राजनीति राष्ट्रवाद र आर्थिक श्रमनीतिमा कन्द्रित रहेको महसुस हामीले गरेका छौं । विश्वले जुन विचार अनुरुपको राजनीतिक अभ्यास अहिले गरिरहेका छन् हामीलाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक श्रामनीति लक्षित विचारमा केन्द्रित रहन मार्गदर्शन भएको छ । दिनप्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भूराजनीतिक परिस्थितिमा पृथ्वीनारायण शाहको सान्दर्भिकता अझ बढेको हामीले ठानेका छौ । देशको प्रतिष्ठा उच्च राख्न, देशलाई प्रगतिको पक्षमा अघि बढाउन, सबै क्षेत्रका सबै देशबासीलाई सुखी, शान्त र सन्तुष्ट पार्नु हाम्रो राष्ट्रिय धर्म हो । तर वीरता र स्वाधिनता तथा गौरवमय मौलिक मान्यता वहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ ? सोचनीय विषय भएको छ । प्रजातन्त्र भनेको मान्छेको जीवन पद्धति हो । स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको कर्म र मौलिकता दर्शाउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँसबास, कपास, शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रतालाई मात्र हामी पूर्ण प्रजातन्त्र मान्न सक्दछौै । यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझ आम नेपालीको सपनामा सीमित रहेको बुझ्नुपर्छ । राष्ट्रियता सहितका पूर्ण प्रजातन्त्र नै वडामहाराजाधिराजको विचार प्रतिबद्धता हो । नेपाल सबै वर्ग, सबै समूह, सबै क्षेत्रका सबै रितितिथि संँस्कृतिलाई सम्मान गर्दै तिनको संरक्षण गर्दै यो प्रकृतिको सुन्दर भण्डारलाई हामी सबै मिलेर समुन्नत बनाउनु पर्दछ । सन्देशमा भनिएको छ देश सबैको हो । हामी पराधीनता, परनिर्भरता र आत्मग्लानीको दिशाततिर बढ्दै जानु दुःखद् विडम्बना हो । हाम्रो स्रोत र साधन, श्रम र सीप देश विकासमा पूर्ण रुपमा उपयोग भएको छैन । हाम्रो सामाथ्र्य जनशक्ति निरन्तर बाहिरिदै गएको छ । हामी सुनको कमण्डलु थापेर अरुसँग भीख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौै । राष्ट्र निर्माताको स्मरण गर्दा हामीले हाम्रो ध्यान त्यसतर्फ जानैपर्दछ । हाम्रो देशले लिनुपर्ने समृद्धिको बाटो र हामीले अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिका सम्बन्धमा हामी राष्ट्र निर्माताबाट स्पष्ट निर्देशन भएको छ । हाम्रो भौगोलिक र सामाजिक बनौटका आधारमा हामीले यसै अनुरुप आफ्नो मौलिक मूल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्य पद्धति कायम गदै जानुपर्ने हो । नेपाल हाम्रो साझा घर हो र हाम्रो साझा घर नेपाली हो । यस्तो एकताको समन्वयको सही राष्ट्रिय दृष्टिकोण भयो भने नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुँदै जान्छ भन्ने हाम्रो धारणा हो । दुनियाँ जेबाट
राजी हुन्छ र आफ्नो धरातलले जे भन्छ त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोकहितकारी बन्दछ । पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसले हामी सबैमा दिव्य प्रेरणा प्रदान गरुन् ।

तपाईको प्रतिक्रिया