सिग्देलको पाँचदिने भारत भ्रमण

धरान । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारतको पाँचदिने भ्रमण पूरा गरी आइतबार नेपाल फर्कनु भएको छ । जनरल सिग्देल भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको आतिथ्यपूर्ण निमन्त्रणमा मंसिर २६ गते भारतको औपचारिक भ्रमणमा जानु भएको थियो । वि.सं. २०८१ साल भाद्र १२ गते बुधबार नेपाली सेनाका प्रधानसेनापति नियुक्त हुनु भएका सिग्देललाई भारत भ्रमण कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हद्वारा सम्मान गरिएको् थियो । उहाँलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उक्त दज्र्यानी चिन्ह प्रदान गर्र्नुभएको थियो ।

वि.सं. २०२७ सालदेखि नेपाली सेना र भारतीय स्थल सेनाप्रमुख एक अर्का देशका मानार्थ महारथी रहने परम्परा रहँदै आएको छ । केही समय अगाडि नव नियुक्त भारतीय सेनाका महारथी जनरल उपेन्द्र द्विवेदीले प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्राणमा नेपालको पाँचदिने भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा उहाँलाई नेपालका राष्ट्रपति रामचन्द्र पाड्यालले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । भारतीय राष्ट्रपति मुर्मुले सुप्रवल महारथी सिग्देललाई दज्र्यानीचिन्ह प्रदान गर्नु अगाडि नेपाली सेनामा उहाँको योगदान, अनुभव र तालिम अनुभवका बारेमा चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया