यस बर्षको दशैमा नौराथा जानेको भीड घट्यो

धरान । दशैको नौरथामा भीडभाड हुने धरान १४ विजयपुरका मठमन्दिर यस बर्ष सुनसान थियो । विगतमा विहान १२ बजेदेखि नै बृद्ध बृद्धा, युवापुस्ताको भीडका कारण मन्दिरमा खुट्टा टेक्न नसक्ने भीड यो बर्षकौ नौरथामा मन्दिर नै सुनसान बन्दा नौरथाको भीड इतिहास बन्ने र क्यालेन्डरमै सीमित बन्ने हो भन्ने चिन्ता धर्ममा आस्था राख्ने, धरानबासीहरुले चिन्ता व्यक्त गरेका छन् ।
हिन्दुधर्मावलम्बीहरूको महान चाड बडादशैंको घटस्थापनादेखि
धरान दन्तकाली शक्तिपिठ, बुढासुब्बा र पिण्डेश्वर मन्दिरमा नौरथाको मेला नै लाग्थ्यो । विहानैदेखि बृद्ध बृद्धामात्र हैन युवा पुस्ताको भीडले दशैैको रौनकता देखिन्थ्यो । तर केही बर्ष यता यस्तो रौनकता हराएको छ । मन्दिरमा भीडभाड थिएन भने विजयपुरका सडक सुनसान थिए । केही बर्ष यता नौरथामा पुग्ने सर्वसाधारण नगन्य रुपमा थिए् । यसको प्रमुख कारण आर्थिक मन्दी, भर्खरै आएको बर्षाले सडक सञ्जालमा पु¥याएको क्षतिसँगै प्रविधिको विकास भएको धरानका अग्रजहरु बताउछन् । धरान १५ का जयकुमार राई विगतकै जस्तो नौरथा सम्झेर विजयपुरका मठ मन्दिरमा पुग्नुभयो । पूर्व संघीय सांसद समेत रहनु भएका राईले आफू केटाकेटी हुदा देखेको नौरथा र अहिले देखेको नौरथामा आकाश जमिनको फरक पाउनुभयोे । विगतमा मठ मन्दिरमात्र हैन नौरथामा आएको भीडले सडकमा समेत खुटटा टेक्न नसक्ने भीडभाड, साथीभाइसँग जमघट हुने सोच लिएर लामो समयम पछि नौरथा आउनु भएका उहाँ विजयपुरका मठ मन्दिर सुनसान देख्दा नौरथा इतिहास जस्तै लागेको बताउनुभयो । बडादशैंको घटस्थापनाको दिनदेखि नवमीको दिनसम्मलाई नवरात्र अर्थात् नौरथाको रूपमा मनाइन्छ । दशक अघिसम्म नौरथामा अवलोकन गर्न मन्दिर जाने भक्तजनहरूको सिंहदेवीचोकदेखि नै चहलपहल हुने गरेको थियो । प्रविधिको काससँगै युवा पुस्ता विदेशिने क्रम बढ्दै गएका कारण नौरथाको प्रचलन घटेदै गएको हुन सक्ने धरानका अग्रजहरुले आंकलन गरेका छन् । केही बर्ष अगाडिसम्म विजयपुरमा नौरथाको समय अत्याधिक भीड हुदा कुनै अप्रिय घट्ना हुने हो कि भन्ने त्रासले स्थानीय सरकाले समेत विहान १२ बजेदेखि खुल्ला गर्ने मठ मन्दिर ५ बजेबाट मात्र खोल्ने निर्णय गरेर सूचना जारी गर्नुपरेको अवस्था अहिले कथा बनेको स्थानीय प्रेमप्रसाद पौड्यालले बताउनुभयो ।
मन्दिर आसपासमा व्यापार व्यवसाय गर्नेहरुले समेत यस बर्षको नौरथा जस्तो अवस्था इतिहासमै नभएको बताएका छन् । ७ बर्ष अगाडिदेखि विस्तारै कम हुदै गएको नौरथा मेला यो बर्ष त धेरै सुनसान भएको बुढासुब्बा मन्दिरमा २० बर्ष अगाडिदेखि फूलमाला विक्री गर्दै आउनु भएकी सविना क्षेत्री बताउनुहुन्छ ।
यता मन्दिरका पूजारीहरुले भने विगतको बर्षहरुभन्दा आधा भन्दा कम भक्तजनहरु नौरथामा आउने गरेको बताउछन् । दन्तकाली मन्दिरका पूजारी विरेन्द्र खनालले स्थानीय सरकारले चासो नदिएकै कारण नौरथाको चाम घट्दै गएको बताउनुभयो ।

धरान १४ विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने यौजना धरान उपमहानगरपालिकाले अगाडि सारेको छ । तर यस्ता महत्वपूर्ण चाँडपर्वका समयमा चहलपहल हुने विजयपुरको चहलपहल घट्दै गएको छ । सदियौदेखि नौरथाको महत्वलाई झल्काउदै भीडभाड हुने विजयपुर सुनसान हुनु पक्कै राम्रो पक्ष होइन । नौरथाको महत्वलाई जीवन्तता राख्न सम्बन्धित पक्ष नलाग्ने हो भने नौरथा इतिहास बन्ने पक्कै छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया