धरान । ३३ बर्ष अगाडि अनाथ बालबालिकाको भविष्य निर्माणमा जुटेको सरस्वती बाल आश्रमका बालबालिका अन्य बालबालिका भन्दा कम छैन । हरेक क्षेत्रमा उनीहरु अब्बल छन् । वि.सं.२०४८ सालमा स्व. कृष्णबहादुर साहीको पहलमा धरान ३ तुर्केमा सञ्चालित यो आश्रमले बालबालिकाको भविष्य निर्माणमा अहिले पनि अहोरात्र खटिरहेको छ । तीन दशक भन्दा लामो समयदेखि सहयोगी दाताहरुसँग सहयोग माग्दै सञ्चालनमा आएका यो आश्रमले हजारौ बालबालिकाको भविष्य निर्माण गर्ने काम गरेको छ । यहाँ अभिभावक गुमाएका, अभिभावकले छोडेकाहरुले आश्रय मात्र पाएका छैनन, उनीहरुरुको शिक्षा, स्वास्थ्यमा समेत उत्तिकै गम्भीर भएर काम गरेको छ । आश्रमले बालबालिकाको वृत्ति विकासका लागि सरस्वती बाल क्लब समेत सञ्चालनमा ल्याएको छ । त्यसको अध्यक्ष १६ बर्षीय अस्मिता रसाइली हुनुहुन्छ । सानै उमेरमा अभिभावक गुमाउनु भएकी रसाइलीले धेरै हण्डर खाएपछि यो आश्रममा आश्रय पाउनु भएको थियो । यो आश्रमबाट हुर्केर अहिले धरानको समिट स्कुलमा १२ कक्षामा अध्ययन गर्दैहुनुहुन्छ । पब्लिक मावि धरान १२ बाट एसइई पास गर्नुभएकी उहाको अध्ययन क्षमतासँगै गायन प्रतिभावको पनि उत्तिकै मन्त्रमुग्धले प्रशंसा नगरिकन सकिदैन । अभिभावकको छाया समेत नदेख्नु भएकी अस्मिताले बर्दियामा बाजेबज्युको साथमा बाल्यकाल विताएको बेला घरको काम गर्दा काका काकीबाट हपहेलित भएपछि ४ कक्षासम्म इटहरीको तहरामा अध्ययन गर्नुभएकी अस्मिताले त्यसपछिका पढाई भने सरस्वति बाल आश्रममा गरेको सुनाउनुभयो । अहिले आश्रमको व्यवहारमा घर भन्दा राम्रो लाग्ने र भविष्यमा राम्रो काम गरेर आश्रमको नाम राख्ने सोच राखेको उहाँले सुनाउनुभयो ।

अहिले यो आश्रमका २५ जना बालबालिका आश्रित छन् । त्यहाँ कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन् । बालबालिकाको भविष्य निर्माणको उद्देश्य राखेर सञ्चालन भएको यो आश्रमलाई सरकारी स्तरबाट कुनै सहयोग छैन । दाताको भरमा जेनतेन सञ्चालनमा छ । दाताबाट सहयोग मागेरै विद्यार्थीको लालनपोषण, शिक्षा दिने काम गरेको आश्रमकी अध्यक्ष रुक्मणि मास्केले बताउनुभयो । आश्रमका रहेका बालबालिकाको लापनपोषण, शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिदै आइएको छ । समय समयमा खेलकुद, हाजिरी जवाफ प्रतियोगिता लगायतका प्रतियोगित्मक कार्यक्रम गर्ने र विजेतालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने कामलाई पनि अश्रमले प्राथमिकतामा राखेको छ । बालबालिकाको वृत्ति विकासलाई ध्यानमा राखेरै आश्रमले प्रत्येक बर्ष बालदिवसका अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस बर्ष पनि भाद्र २२ गतेदेखि २९ गतेसम्म वडास्तरीय बाल क्लब गायन प्रतियोगिता, पर्यटकीय क्षेत्र इपिल्याण्ड भ्रमण, आन्तरिक खेलकुदका कार्यक्रम, स्व. तिर्थराज राई स्मृति नगर स्तरीय बाल अन्तर मावि वतृत्वकला र अन्तिम दिन अर्थात बालदिवसको दिन प्रभात फेरीकोजना गर्न लागिएको कार्यक्रम मूल संयोजक शान्ता अधिकरीले जानकारी दिनुभयो । म सरकारी स्तरबाट भने उपेक्षित भएको छ । धरानका समाजसेवीहरुले विभिन्न दातासँग सहयोग मागेर सञ्चालनमा आएको यो आश्रमका बालबालिका पनि देशकै नागरिक हुन, भविष्यका कर्णधार हुन्, यस्ता बालबालिकालाई सहयोग गर्नु सरकारको दायित्व हो, सरकारले यसतर्फ ध्यान भने दिन सकेको छैन ।
