धरान । महिलाहरुलाई सनतनी धर्मप्रति आस्थावान बनाउदै धर्मप्रति उत्प्रेरित गर्ने उद्देश्यले गठन भएको राधेश्याम महिला जागरण समूह धरान सुनसरीको २४ औ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । धरान १२ गीता मन्दिरमा कृष्ण अष्टमीको दिन सम्पन्न अधिवेशनबाट अध्यक्षमा सावित्रा आचार्य चयन हुनु भएको छ । १५ सदस्यीय कार्यसमिति चयन गरिएको सो अधिवेशनबाट दुई जना उपाध्यक्षमा हरिकला ढकाल र मधुलिका थापा, सचिवमा अनुपमा श्रेष्ठ, सह सचिवमा पुनम शर्मा, कोषाध्यक्षमा पुष्पा जैसवाल र सह कोषाध्यक्षमा रेणु प्रधान चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा रजनी आचार्य, कञ्चन चौधरी, निर्मला घिमिरे, मिना साह, रोहिणी भट्टराई, मीना मेहता, मोनिका अग्रवाल र शान्ति श्रेष्ठ चयन भएका छन् । विगतदेखि नै यो संस्थाले महिलाहरुको सक्रियतामा सनातन धर्ममा आस्था राख्ने महिलाहरुलाई एकत्रित गरी महिला जागरण अभियान निरन्तर गर्दै आइरहेको छ ।
