उपलब्ध गराउनुपर्ने अनुदान नपाएको भन्दै सरकारलाई ध्यानाकर्षण

धरान । त्रिभुवन विश्व विद्यालयले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई उपलब्ध गराउनुपर्ने शैक्षिक प्रक्रिया एवम् अनुदानको विषयमा प्राध्यापकहरुले संघीय
सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईर्को ध्यानाकर्षण गराएका छन् । प्राध्यापक संघ क्याम्पस इकाईका सभापति उपप्राध्यापक हेमन्त खनाल र कोशी प्रदेशकी सांसद यशोदा कायस्थले सोमवार काठमाण्डौं पुल्चोक मन्त्री निवासमा पुगेर अनुदान र शैक्षिक प्रक्रियाको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा त्रिवि अनुदान आयोगबाट क्याम्पसलाई प्राप्त हुनुपर्ने एकमुष्ट अनुदान ‘ब्लक ग्राण्ट’ उपलब्ध नगराएको कुरा उल्लेख छ । त्रिविले उपलब्ध गराउनु पर्ने विद्यार्थीहरूको बीएस्सी न्युट्रिशन र डाइटेटिक्स विषयको एकेडेमिक ट्रान्सक्रिप्ट उपलब्ध नगराएको विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।
बिएस्सी न्युट्रिशन र डाइटेटिक्स विषय एनएचपीसीमा दर्ता नहुँदा सम्बद्ध विषयका योग्य जनशक्तिको वृत्ति विकासमा अवरोध विद्यमान रहेकोले यथाशीघ्र दर्ताको लागि पहल गरिदिन मन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया